निर्णय नं. ८४५ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४५ - लिखत बदर भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/०५/२१ २१८५ निर्णय नं. ८४५ ने.का.प. २०३१ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२८ सालको दे.फु.नं. १८५७ फैसला भएको मिति : २०३०।५।२१।५ मा पुनरावेदक : का.जि.धुम्बाराही का.न.पं.वडा नं.२३ बस्ने समुन्द्रबहादुर पाण्डे क्षेत्री विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने कृष्णकुमारी पाण्डे क्षेत्री, ऐ.बस्ने श्यामप्रसाद उपाध्याय चापागाईं मुद्दा : लिखत बदर (१) हकवालाको मञ्जूरी लिन पर्ने लिएको छैन भने त्यस्तो व्यवहार ऐनले स्वतः बदर हुनेमा अचल सबै सुक्रिबिक्री गरेकोमा सोउपर उजूर परेपछि त्यसभन्दा पछाडि खरीद गरेको आर्जन बिक्री गरेको आर्जनमा समावेश गरी खण्ड बाँकी छ । हकदारको मञ्जूरी नभए पनि लिखत कायमै हुन्छ भन्दा ऐनले गरेको व्यवस्थाको प्रतिकूल हुने । पुनरावेदक समुन्द्रबहादुर र झिकाई आएकी प्र.कृष्णकुमारी र श्यामप्रसादको वा. दोरकेश्वरलाई रोहवरमा राखी पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री कृष्णकुमार वर्मा र विपक्षतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको बहससमेत सुनियो । कृष्णकुमारीसँग श्यामप्रसादले गराई लिएको लिखत ४ भागको १ भाग बदर गराइपाउँ भन्ने वादी दावा पुग्न सक्ने हो हैन ? यस कुराको निर्णय दिनु पर्ने देखियो । कृष्णकुमारीले श्यामप्रसादलाई बिक्री गरेको जमीन कृष्णकुमारीले अंश पाएको जग्गा नहुँदा सो बिक्री गरेको कुरामा समेत स्त्री अंशधनको ऐन नलाग्ने, लेनदेन व्यवहारको ८ नं. को ऐन लाग्ने घरको मुख्य मानिस कृष्णकुमारी नै हुँदा निजले गरेको व्यवहार कायमै हुने भन्ने प्रतिवादी पक्षका अधिवक्ताको तर्कलाई सना सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चलअचल आफू खुस गर्न पाउने र सोबाहेक अरू अचलको आंशिक रूपमा हकवालाको मञ्जूरी लिनु पर्ने कुरासमेत स्त्री अंशधनका महलको १ र २ नं. ले प्रष्ट व्यवस्था गरेको छ । बिक्री गरेको जग्गा लोग्नेका हकको हो भन्ने कुरामा र उजूरवाला ३ पुस्ताको भतिजा नाताको हो भन्नेकुरामा प्र.कृष्णकुमारी कायमै हुनाले लोग्ने मरेका कारणबाट आफ्नो हक हुन आएको अचल सम्पत्ति जम्मे हक छोडी दिंदा हकदारको मञ्जुरी लिन पर्नेमा उक्त ऐन लाग्न नसक्ने भन्ने अधिवक्ताको तर्क युक्तिसंगत भन्न सकिएन । ऐनबमोजिम बाँकी राख्न पर्ने अचल बाँकी छ छैन भन्ने तर्क मोहियामा कमाएको जग्गा गुठी जग्गा छ भन्ने हकलाई ऐनले आफूले सुक्रिबिक्री गर्न पाउने हकको जमीन नभएकाले त्यसलाई बाँकी राखेको भन्न मिलेन भनी जिल्ला र अञ्चल दुवै अदालतले मानेका छन् । कृष्णकुमारीले सो जग्गा बिक्री गरेपछि २७ सालमा अर्को जग्गा किनेको त्यसको मूल्यांकनबाट ऐनले बाँकी राख्न पर्ने अचल बाँकी हुन आउने हुँदा बिक्री गरेको कायमै हुने भन्ने अञ्चल अदालतको तर्कलाई आफूसँग भएको अचल आफू खुस गर्न पाउने हो, हकवालाको मञ्जूरी लिनपर्नेमा लिएको छैन भने ऐनले त्यस्तो व्यवहारले मान्यता प्राप्त गर्न नसकी स्वतः बदर हुने ऐनले व्यवस्था गरिराखेको छँदाछँदै भएको अचल सबै बिक्री गरेको सोउपर उजूर परेपछि त्यसभन्दा पछाडि खरीद गरे भनेको आर्जनलाई बिक्री गरेको आर्जनमा समावेश गरी खडै बाँकी रहेकै छ । हकदारको मञ्जूरी नभए पनि सो लिखत कायमै हुन्छ भनी दिँदा ऐनले गरेको व्यवस्थाको प्रतिकूल हुन जाने हुनाले कृष्णकुमारीले आफ्नो पूरै अचल श्यामप्रसादलाई बिक्री गर्दा हकदारको मञ्जूरी पनि ३ खण्डसम्म आफू खुस गर्न पाउने हुँदा त्यतिसमेत बिक्री गरेको ऐनले सदर हुने हुँदा बिक्री गरेको ज