निर्णय नं. ६१२ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१२ - डाँका भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/१२/०८ ५०६३ निर्णय नं. ६१२ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री विश्वनाथ उपाध्याय न्यायाधीश श्री ब्रह्मदत्त तिवारी सम्वत २०२४ सालको फैज्दारी पुनरावेदन नम्बर ५७० फैसला भएको मिति : २०२७।१२।८।१ पुनरावेदक : तप्पे ढोलीया मौजे रमवापुर घरभई कपिलवस्तु कारागारमा थुनिएको हिरा पासी विरूद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : डाँका (१) कुनै अभियुक्तले अन्य व्यक्तिउपर समेत पोल गरी गरेको साविति बयान अन्य कुनै स्वतन्त्र र विश्वसनीय प्रमाणबाट समर्थित नभएमा–निज पोलिएको व्यक्ति विरूद्ध प्रमाण लगाउन न्यायोचित नहुने । कुनै मुद्दामा कुनै अभियुक्तले अन्य व्यक्तिहरूका उपरसमेत पोल गरी गरेको साविती बयान अन्य कुनै स्वतन्त्र र विश्वसनीय प्रमाणबाट समर्थित नभएसम्म ती पोलिएका व्यक्तिहरूका विरूद्ध प्रमाण लगाउन न्यायोचित हुँदैन । (प्रकरण नं. १२) (२) मुद्दाको कुनै पक्षले अर्को पक्षलाई आफ्नो हिरासतमा राखी गराएको कागजलाई कुनै अवस्थामा पनि स्वतन्त्र र विश्वसनीय प्रमाण मान्न नसकिने । वादी वा उजूरवालाको रूपमा मुद्दा चलाउने प्रहरीले आफ्नो हिरासतमा रहेका अभियुक्तसँग गराएको साविती कागजलाई स्वतन्त्र प्रमाणको रूपमा मान्यता दिन वा सो कागजले अर्को अभियुक्तद्वारा निज उजुर गरिएको पोल पुष्टि गरेको सम्झन न्याय विवेक र तर्क कुनै पनि दृष्टिकोणबाट मिल्दैन । मुद्दाका कुनै एकपक्षले अर्कोपक्षलाई आफ्नो हिरासतमा राखी गराएको कागजलाई कुनै अवस्थामा पनि स्वतन्त्र वा विश्वसनीय प्रमाण मान्न सकिन्न । यससम्बन्धमा विद्वान सरकारी अधिवक्ताले आपत्ति प्रकट गर्नुहुँदैन । उक्त कुराहरूको खण्डन गर्न खोज्नु भएको छ । मुद्दामा प्रहरीको आफ्नो व्यक्तिगत कुनै स्वार्थ हुँदैन गरे विराएको नभई प्रहरीले त्यसै कसैलाई साविती कागज गराउने आवश्यकता वा प्रयोजन नै हुँदैन । त्यसैले प्रस्तुत मुद्दामा प्रहरीले हिराद पासीसँग गराएको ठाडो कागजलाई निर्णायक प्रमाणको रूपमा मान्यता नदिने हो भने पनि यासिनको साविती बयानमा हिरा पासीका विरूद्ध उल्लेखित कुराहरूको पुष्टि गर्ने समर्थक प्रमाणको रूपमा त्यसलाई मान्यता दिइनु पर्दछ भन्ने विद्वान सरकारी अधिवक्ताको मुख्य बहस जिकिर छ । तर मुद्दामा प्रहरीको कुनै स्वार्थ हुन्छ वा हुँदैन भन्ने कुरा यससम्बन्धमा महत्त्वपूर्ण देखिंदैन निजै प्रहरीले यस्ता मुद्दामा वादी वा उजूरवालाको प्रतिनिधित्व गर्दछ । यसरी एउटापक्षको प्रतिनिधित्व गर्ने प्रहरीले अर्कोपक्ष अभियुक्तलाई आफ्नो हिरासतमा राखी गराएको ठाडो साविती कागजलाई प्रमाणको रूपमा कुनै पनि महत्त्व दिनु न्यायको दृष्टिकोणबाट उचित हुन्छ वा हुँदैन भन्ने कुरा नै यससम्बधमा मुख्यरूपमा विचार गर्नुपर्ने हुन्छ । प्रहरीले प्रत्यक्षरुपमा अभियुक्तलाई कुनैप्रकारको डर, त्रास वा करकापमा पारेको प्रमाणित नभए पनि प्रहरी हिरासतमा छँदा अभियुक्तउपर गर्नसक्ने त्रास र अन्यप्रकारको अनुचित प्रभावको सम्भावनाको विचारबाटै पनि प्रहरीद्वारा यस्ता अभियुक्तबाट गराएको साविती कागज अदालतले स्वतन्त्र प्रमाणको रूपमा मान्यता दिने र त्यसमा भर परी अभियुक्तलाई कसूरदार ठहराउन न्यायोचित हुँदैन । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनील उल्लेखित मुद्दा : फैसला न्या.श्री विश्वनाथ उपाध्याय १. २०२१ साल माघ १६ गते राती नचिनेका २०।२५ जना डाँकाहरू आई डाँका गरे, डाकुको फयरबाट महादेव मगरेलाई गोली ला