निर्णय नं. ८४६ - मुनाफाको हिस्सा दिलाई वर्किङ पार्टनर कायम गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४६ - मुनाफाको हिस्सा दिलाई वर्किङ पार्टनर कायम गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०६/०१ २०४२ निर्णय नं. ८४६ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १८० फैसला भएको मिति : २०३१।६।१।३ निवेदक : विराटनगर नगरपञ्चायत वडा नं.२ बस्ने सागर मल संथालिया विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने सत्यनारायण धनावत मुद्दा : मुनाफाको हिस्सा दिलाई वर्किङ पार्टनर कायम गरिपाउँ (१) वादीले विगो खुलाउन नसक्नेमा अदालतले बाध्य गराई अनुमानित विगो लेखी निवेदन दिएको भरमा मुद्दा हदमाथिको गराई निर्णय गर्ने प्रश्न उपस्थित नहुने । नालिस दावी भई वादीले विगो खुलाउन सक्ने स्थिति छैन भने अदालतबाट विगो भरिपाउने ठहर फैसला हुनुको अभावमा पुनरावेदन दिँदा पनि वादीले विगो किटान गरी खुलाउन नसक्ने प्रष्टै छ । विगो नखुलेको मुद्दामा कोर्टफी ऐन, २०१७ को दफा ६ को खण्ड (ख) अनुसार शुरू कोर्टफी रू.१०। लाग्ने र वादीले आफ्नो पुनरावेदनमा सोअनुसार शुरूमा रू.१०। लाग्ने हुँदा त्यसको सयकडा १५ ले पुनरावेदन गर्दा लाग्ने कोर्टफी रू.१।५० दाखिल गरेको छु भन्ने उल्लेख गरेको ठीकै भएकोमा कोशी अञ्चल अदालतले त्यसलाई मञ्जुर नगरी विगो खुलाउन बाध्य गराई वादीले निवेदनपत्रमा करीब रू.२,००,०००। भनी अनुमानित विगो खुलाई दिएकोलाई कायम मानी सो विगोको हिसाबबाट कोर्टफी लिएको नै कानूनअनुरूप नभएकोले प्रस्तुत मुद्दामा सो विगो खुलाई कायम मानी त्यसबाट हदमाथिको गर्न मिल्ने नमिल्ने प्रश्नै उपस्थित हुन सक्दैन । त्यसकारण यस सम्बन्धमा नजीरको रूपमा उल्लेख गरिएका विभिन्न मितिका फुल बेञ्चबाट विभिन्न मुद्दामा प्रतिपादित भएको सिद्धान्तको नजीर मोल विगो खुलाउन सक्ने अवस्थै नभएको यस मुद्दामा लाग्न सक्ने देखिँदैन । (प्रकरण नं. १६) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली, अधिवक्ता कृष्णकुमार वर्मा विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे उल्लिखित मुद्दा :  फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको ०२७।८।१९।६ को फैसला दोहर्‍याइपाउँ भनी वादीको निवदेन परेकोमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई दोहरिएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : सत्यनारायण धनावतले शर्त करारनामा लिखत ०१९।१२।२२।५ मा गरिदिएको सो लिखतअनुसार सत्यनारायण धनावतसँग धनावत मैच फेक्ट्री धनावत बिँडी फैक्टरीको मुनाफाको चार आना हिस्सा माग्दा आलटाल गरी नदिई वर्किङ पार्टनर मान्न इन्कार गरी ०२१ भाद्रदेखि कामबाट हटक गरेकोले वकिलमार्फत सूचना पठाएकोमा वर्किङ पार्टनर पनि होइन । चार आना हिस्साको कागज पनि गरिदिएको छैन भनी सत्यनारायण धनावतले जवाफ दिएकोले धनावत मैच फेक्टरी तथा धनावत बिँडी फैक्टरीको वर्किङ पार्टनर कायम गराई र धनावत बिँडी फैक्ट्रीको लाइसेन्स प्राप्त गरेको २० साल आषाढ महिनादेखि आजसम्मको हरहिसाव प्रतिवादी सत्यनारायणबाट खिची चारआना हिस्सासमेत दिलाई भराइपाउँ भन्ने समेत वादी । ३. धनावत बिँडी फैक्टरीमा भाइ शंकरलाल १ रतनलाल १ मोतिलाल १ र मसमेत ४ जनाको पूजिँ लगाई हिस्सेदार भएको उद्योग विभाग