निर्णय नं. ६१४ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१४ - डाँका भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०१/२० २४८५ निर्णय नं. ६१४ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री राजा ईश्वरी जङ्गबहादुर सिंह न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०२५ सालको फौज्दारी पुनरावेदन नम्वर ६९६ फैसला भएको मिति : २०२८।१।२०।२ पुनरावेदक : प. १ नं.धादिङ्ग धैरेती बस्ने बुद्धिवलको छोरा सदर कारागार वन्दी भई बस्ने रिफेल भन्ने दलबहादुर लुंगेली मगर विरुद्ध विपक्षी : ऐ धादिङ्ग रातीवारी बस्ने रणकुमारी वोहारनी क्षेत्रीनीको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका (१) पोल गर्नेले पोलाई बस्नेलाई झुठ्ठा दोष लगाई बयान गर्ने गरी आएको देखिएमा–अरू सर्जमिन प्रमाणबाट पनि पोलाई बस्नेले कसूर गरेको तथ्य प्रमाण नदेखिएमा–निज पोलाई बस्नेले कसूर अपराध गरेको नठहर्ने । पोल गर्ने खड्गबहादुरले वादी श्री ५ को सरकार प्रतिवादी निजै खड्गबहादुरसमेत भएको चोरी मुद्दामा पनि निज रिफेल भन्ने दलबहादुरलाई पोल गरेकोमा मुद्दा फैसला हुँदा झुठ्ठा पोल गरेको ठहरी रिफेल भन्ने दलबहादुरले सफाई पाई ०२४।१०।२९।३ मा धादिङ्ग जिल्ला अदालतबाट फैसला भएको र वादी सनमान खड्का प्रतिवादी निजै खड्गबहादुरसमेत भएको डाँका मुद्दामा पनि रिफेल भन्ने दलबहादुरलाई खड्गबहादुरले पोलेकोमा रिफेल भन्ने दलबहादुर नठहरी सफाई पाई ०२४।१०।१ गते धादिङ्ग जिल्ला अदालतबाट फैसला भएको देखिएकोले निज खड्गबहादुरले यो पुनरावेदक प्रतिवादी रिफेल भन्ने दलबहादुरलाई मुद्दामा फसाउँन झुठ्ठा दोष लगाई बयान गर्ने गरिआएको रहेछ भन्ने देखिएको र अरू सर्जमिन प्रमाणबाट पनि प्रतिवादी पुनरावेदन गरिआएको रहेछ भन्ने देखिएको र अरु सर्जमिन प्रमाणबाट पनि प्रतिवादी पुनरावेदक रिफेल भन्ने दलबहादुर लुंगेली मगरउपर कसूर गराउनको तथ्य प्रमाण देखिन नआई शंकासम्म गरेको देखिन्छ । शंका गर्दैमा कसूर अपराध गरेको ठर्हछ भनी निष्कर्षमा पुग्ने प्रमाण पुग्यो भन्न नमिल्ने हुँदा निज प्रतिवादी पुनरावेदक रिफेल भन्ने दलबहादुर लुंगेली मगरले डाँका चोरी गरेको ठहर्दैन । (प्रकरण नं. २५) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षी तर्फबाट :  उल्लेखित मुद्दा :  फैसला न्यायाधीश श्री झपट सिंह रावल १. २०११।५।१० गतेको रात र ऐ १२ गतेको रात मेरा घरमा डाँका गरेकोले विवरण खुलाई तालुकदार वीरबहादुरलाई जाहेर गरेकोमा तालुकले खोजी पक्रेमा भीमबहादुर दमाई, कृष्णबहादुर मगर, हस्तबहादुर मगर, वालकृष्ण कामी, चन्द्रबहादुर मगरलाई पक्राउ गरी केही माल समेत बरामत भइ आएकोले इलाकामा जान बाटो टाढा डाँडा काँडा हुँदा स.पु.गो. मा दरखास्त परेको ११।५।१० गते र ऐ १२ गतेको रातसमेत कुकुर भुकेकोले झ्याल खोली हेर्दा मानिस बसीरहेको डाँका गर्न आएको भनेकोले छोरी ठूली कान्छीले खुकुरीले हानी रगतपक्ष भइ गएपछि फेरी १२।१३ जना आई उत्तरपट्टिको बन्दी झ्याल खोली डाँका गरी लगेको बलरामेसमेत जना ६ पक्री दाखेल गरेको छु अरू को–को भई डाँका गरेको हो निजहरूबाट खुलाई बिगो भराई पाउँ भन्नेसमेत रणकुमारीको कागज र अदालतमा बयान रहेछ । २. साहिलो हवल्दारको छोरा काहिलो कान्छो भनेको मेरो काहिलो दाज्यू र कान्छो भाइ रिफेल भन्ने मेरो कान्छा बाबुको छोरा माने मगरसँग भेट हुँदा सो १० गते डाँका गर्न जाँदा नगदी फेला नपरेबाट १२ गते रिफेल १ मेरो कान्छो भाइ १ साने १ जेते घर्ती १ भिमबहादुर १ बलराम १ हस्तबहादुर १ म समेत जम्मा ८ भई डाँका गर्न गई वादी रणकुमारीका दावीबमोजिम डाँका गरी वनमा लगी भागबण्डा गरिलिएको हो भन्ने, १