निर्णय नं. ८४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०७/२० २०१८ निर्णय नं. ८४७ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३१ सालको रि.फु.नं. २३ आदेश भएको मिति : २०३१।७।२०।३ मा निवेदक : मोरंग फोराहाट गा.पं.वडा नं.७ बस्ने तियालाल माझी थारु विरुद्ध विपक्षी : भूमिप्रशासन कार्यालय विराटनगर मोरंग सिघ्राहा गा.पं.वडा नं.१ बस्ने नगटुदास थारु विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ६, ७ को व्यवस्थामा जग्गा नापजाँच ऐनको दफा ६ को उपदफा ४ र दफा ८ ले कुनै बाधा पुर्याएको नदेखिने । यसमा ०३१।३।१२।४ को डिभिजन बेञ्चले उठाएको उपरोक्त तर्क र विद्वान अधिवक्ताहरूको बहस जिकिरसमेतलाई ध्यानमा राखी हेर्दा भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ३ मा मोहीहरूको लगत अनुसूचीको १ को ढाँचामा तयार गर्ने नियम ६ मा अनुसूची २ को ढाँचामा मोहीको लगत प्रकाशन गर्ने नियम ७ मा प्रकाशित गरिएको लगतमा चित्त नबुझ्नेले ३५ दिनभित्र उजूर गर्नुपर्ने समेत र जग्गा नापजाँच (प्रथम संशोधन) ऐन, २०२४ को दफा ६ द्वारा संशोधित मूल ऐनको दफा ६ को उपदफा (२) मा जग्गा नापजाँच हुँदा मोहीसमेत राखी जग्गा नापजाँच गर्ने उपदफा (४) मा उपदफा (२) अनुसार नापीको बखत आफ्नो प्रमाण साथ उपस्थित भई जग्गा दर्ता नगराउने वा प्रतिनिधि पनि नपठाउने जग्गावाला र मोहीलाई जग्गा दर्ता गराउन आउन १५ दिनमा नबढाई दोस्रोपटक सूचना प्रकाशित गर्ने र सो म्यादभित्र दर्ता गर्न आउने जग्गावाला र मोहीलाई निजको हकभोगको प्रमाण भिडेमा रू.५। सम्म जरिवाना गरी सो जग्गा दर्ता गरिने, दफा ८ मा तोकिएबमोजिम दर्ता पूर्जा जग्गावाला वा उसको प्रतिनिधिलाई दिने दर्ता पूर्जा नपाएमा वा दर्ता पूर्जा पाएपछि चित्त नबुझ्ने व्यक्तिले उजूर गर्न सक्ने समेत व्यवथा भएको पाइन्छ, उपरोक्त भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ६, ७ भूमिसुधार लागू भएपछि मोहियानी हकको व्यवस्था गर्न बनेको हो भने जग्गा नापजाँच ऐनको दफा ६ को उपदफा २, ४ जग्गा नापजाँच गर्दा जग्गावाला र मोहीसमेतलाई उपस्थित गराउने र दफा ८ जग्गावालालाई दर्ता पूर्जा पाएपछि चित्त नबुझ्नेले उजूर गर्न सक्ने आदि व्यवस्थाको लागि बनेको देखिन्छ । ति ऐन नियमहरूको भिन्न भिन्न आफ्नो अस्तित्व छ । भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ६ अनुसार मोहीको लगत प्रकाशन भएकोमा चित्त नबुझ्नेले नियम ७ अनुसार म्याद भित्र उजुर नगरे पछि नियम १० अनुसार सो लगतको नै मान्यता हुने व्यवस्था छ । जग्गा नापजाँच ऐनको दफा ६ को उपदफा ४ अनुसार जग्गा नापजाँच हुँदा उपस्थित नहुने मोहीको मोयिहानी हकै समाप्त हुने उक्त ऐनमा व्यवस्था छैन । ऐनको दफा ८ मा उजूर गर्ने जुन व्यवस्था छ, त्यो पनि जग्गाधनी प्रमाणपूर्जा प्राप्त नगर्ने मोहीको लागि हो भन्न मिल्ने देखिँदैन । यसकारण भूमिसम्बन्धी नियमहरू, ०२१ को नियम ६, ७ का व्यवस्थामा जग्गा नापजाँच ऐनको दफा ६ को उपदफा ४ र दफा ८ ले कुनै बाधा पुर्याएको नदेखिँदा प्रस्तुत मुद्दामा ०३१।३।१२।४ को डिभिजन बेञ्चको तर्कअनुसार उपरोक्त ऐन नियमहरूको जटिल कानूनी प्रश्न समावेश भएकै देखिएन, तसर्थ फुल बेञ्चको दर्ता लगत काटी पुनः डिभिजन बेञ्चको लगतमा दर्ता गरी रुल नियमबमोजिम सम्बन्धित डिभिजबेञ्चमै पेश गर्न सम्बन्धित फाँटमा बुझाइदिनु । (प्रकरण नं. ३) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल