निर्णय नं. ८४८ - राजकाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४८ - राजकाज भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०२/१२ २२९१ निर्णय नं. ८४८ ने.का.प. २०३१ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेनद्रबहादुर सिंह माननीय न्यायाधीश विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको पु.नं. ६७५ आदेश भएको मिति : ०२९।२।१२।५ पुनरावेदक : जि. मोरङ कञ्चनवाडी गा.पं.वडा नं.५ घर भई केन्द्रीय कारागारमा कैदमा बस्ने राजेन्द्र विरही अधिकारी विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : राजकाज (१) अभियुक्तले स्वतन्त्र रूपमा आफू खुसी बयान दिएको वा बयानमा भनिएको कुराहरू जस्ताको तस्तै लेख्पढ् भएको हो वा होइन भनी शंका लिनु पर्ने कुनै मनासिव कारण देखिन्छ भने अन्य प्रमाणबाट समर्थित नभएसम्म त्यस्तो साविकको नै आधारमा मात्र अभियुक्तलाई अपराधी ठहराउन न्यायसंगत नहुने । प्रस्तुत मुद्दामा विशेष अदालतले पुनरावेदकलाई दोषी ठहराउन एउटै आधार लिएको देखिन्छ । विशेष अदालतका समक्ष गरेको बयानमा पुनरावेदकले आफू उपरको अभियोग स्वीकार गरेको छ भन्ने निष्कर्षमा विशेष अदालत पुगेको देखिन्छ । अभियुक्तले गरेको साविती बयानमा मात्र आधारित भएर अभियुक्तलाई अपराधी ठहराउन र सजाय दिन नमिल्ने त होइन तर यदि त्यो बयान प्रष्ट छैन अथवा त्यो बयान मैले गरेकै होइन भनेर अभियुक्तले इन्कार गर्दछ वा साविती बयान आफू खुसी दिएको होइन भन्ने जिकिर लिन्छ र मुद्दामा देखा परेका परिस्थितिहरूबाट अभियुक्तले स्वतन्त्ररूपमा आफू खुसी बयान दिएको वा बयानमा भनिएका कुराहरू जस्ताको तस्तै लेखबद्ध भएको हो वा होइन भनी शंका लिनु पर्ने कुनै मनासिव कारण देखिन्छ भने अन्य प्रमाणबाट समर्थित नभएसम्म त्यस्तो सावितीको आधारमा मात्र अभियुक्तलाई अपराधी ठहराउन न्यायसंगत हुँदैन । प्रस्तुत मुद्दामा पुनरावेदकले विशेष अदालतमा गरेको बयानमा प्रहरी कार्यालयमा गरेको बयानलाई स्वीकार गरेको र सो बयानमा राष्ट्रिय वाचनालयको आयोजनामा भएको प्रजातान्त्रिक समाजवाद बिषयको गोष्ठीमा निजले आफ्नो भाषणमा व्यक्त गरेको भनी अभियोग लगाइएका केही कुराहरूलाई स्वीकार गरेजस्तो देखिन्छ । तर श्री ५ वा श्री ५ को सरकारप्रति घृणा, द्वेष वा अपहेलना उत्पन्न गर्ने मनसायले नै व्यक्त गरेको हो भन्ने कुरा निजले स्वीकार गरेको देखिँदैन । ति कुराहरू हडबडीमा भनेको हुँला अथवा हडबडीमा भनेको हुँ भन्नेसम्म उक्त बयानद्वारा स्वीकार गरेको देखिन्छ । यसप्रकारको स्पष्ट अभिव्यक्तिबाट अभियुक्तले अपराधलाई स्वीकार गरेको भन्न मिल्दैन । त्यसमाथि पनि विशेष अदालतको समक्ष ति कुराहरू स्वीकारै गरेको होइन, विशेष अदालतमा रहेका अञ्चलाधीशको धारणा पुनरावेदकका विरुद्ध प्रवृत्त भएकोले आफू खुसी बयान गर्ने वा बयान सही रूपमा लेखबद्ध हुने स्थिति नै थिएन भन्ने निजको भनाई र माथि उल्लेख भएबमोजिम अञ्चलाधीशको धारणा निजका विरुद्ध प्रवृत्त रहेको पनि देखिन्छ । यस स्थितिमा पुनरावेदकको उक्त बयान निजलाई कसूरदार ठहराउन पर्याप्त छ भन्न मिल्दैन । (प्रकरण नं. १२) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ, अधिवक्ता दमन ढुङ्गाना, विपक्षी तर्फबाट : का.मु.सरकारी अधिवक्ता इन्द्रराज पाण्डे फैसला न्या. धनेन्द्रबहादुर सिंह १. ०२८ साल श्रावण २२ गते राधाकृष्ण हाइस्कुलमा नेपाल राष्ट्रिय वाचनालय पोखरी पाकोको आयोजनामा गोप्य तरिकाबाट बसेको कांग्रेसी विद्यार्थीहरूद्वारा प्रजातान्त्रिक समाजवाद बिषय गोष्ठीमा सर्वप्रथम राजेन्द्र विरहीले यस नेपालबाट राणाले जसरी शोषण गरी देशलाई खोक्रो पारे के यहाँबाट शोषण हराएको छ, हराएको छैन राणा