निर्णय नं. ८६८२ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६८२ - उत्प्रेषणयुक्त परमादेश भाग: ५३ साल: २०६८ महिना: पौस अंक: ९ फैसला मिति :२०६८/०५/२१ ४९२५ ने.का.प. २०६८, अङ्क ९ निर्णय नं. ८६८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६६–WO–१०६१ आदेश मितिः २०६८।५।२१।४ मुद्दाः– उत्प्रेषण, परमादेश समेत । निवेदकः चीनको ल्हासा बस्ने राहदानी नं. GI 6525233 बाहक चाइनीज नागरिक निगाको कानून व्यवसायी अधिवक्ता पूर्णप्रसाद राजवंशी विरुद्ध विपक्षीः काठमाडौँ जिल्ला अदालत § अदालतलाई विश्वास लाग्ने कुनै पनि सुरक्षण अदालतमा दाखिल गरेको अवस्थामा मात्र वारेसद्वारा पुर्पक्ष गराई पाउने अधिकार मुद्दाको पक्ष रहेको विदेशी नागरिकलाई प्राप्त हुने हुँदा अदालती बन्दोबस्तको ६६ नं. अनुसारको सुविधा वा अधिकार कानून व्यवसायीलाई प्राप्त हुने अधिकार नभई मुद्दाको पक्ष रहेको विदेशी नागरिकलाई प्राप्त हुने हकभित्र पर्ने । (प्रकरण नं.५) § अदालतले पक्षलाई प्रष्टसँग वारेस राख्न अनुमति नदिएको मुद्दामा पक्ष स्वयं उपस्थित नभई निजको अनुपस्थितिमा निजको प्रतिनिधित्वको लागि उपस्थित भएको कानून व्यवसायीबाट मुद्दाको पक्ष स्वयंले बुझाउनु पर्ने बिगो, दण्ड, जरीवानालगायतका रकमहरू असूल गर्न नसकिने कानूनी अवस्थामा कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २२(१) अनुसार आफ्नो पक्षको तर्फबाट मुद्दा हेर्ने अड्डा अदालतसमक्ष उपस्थित हुन पाउने कानून व्यवसायीको अधिकारको दायरा र प्रकृतिको बारेमा विवेचना गर्दा फैसला कार्यान्वयनको सन्दर्भ र वारेसबाट मुद्दाको पुर्पक्ष गराई पाउने हकसम्बन्धी नेपाल कानूनको व्यवस्थासँग उक्त दफा २२(१) को तादम्यतालाई पनि हेर्नुपर्ने । § अन्तिम फैसला हुँदा मुद्दाका पक्षबाट असूल गर्नुपर्ने बिगो, जरीवानालगायतका दण्ड सजाय असूल हुन नसक्ने परिस्थितिको सिर्जना हुने वा वारेसद्वारा मुद्दाको पुर्पक्ष गराउने अधिकार प्रयोग गर्न चाहने मुद्दाका पक्षले पूरा गर्ने शर्तहरूको बारेमा अदालती बन्दोबस्तको ६५ तथा ६६ नं. मा गरिएको व्यवस्थालाई निष्क्रिय पार्ने किसिमबाट कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २२(१) मा गरिएको व्यवस्थाको व्यापक परिभाषा र अर्थ गर्न नमिल्ने । § कानून व्यवसायीलाई मुद्दाका पक्षको तर्फबाट उपस्थित हुने सम्बन्धमा दिएको अधिकार कानून व्यवसायीलाई प्राप्त सम्पत्तिसम्बन्धी हक जस्तो व्यक्तिगत हक नभई कानूनद्वारा निर्धारित दायराभित्र रही सञ्चालन हुने पेशासम्बन्धी अधिकार मात्र हो । यसैले यस्तो अधिकार प्रयोग गर्ने गराउने नाममा अन्य प्रचलित कानूनमा गरिएको व्यवस्थालाई निष्क्रिय वा शून्य गराउन नसकिने । (प्रकरण नं.८) § फौजदारी मुद्दामा विदेशी प्रतिवादीले अदालती बन्दोबस्तको ६६ नं. अनुसारको प्रक्रिया पूरा गरी वारेसबाट मुद्दाको पुर्पक्ष गराई पाउने अनुमित प्राप्त नगरेको अवस्थामा फौजदारी मुद्दाका प्रतिवादीले न्यायालयबाट पाउने उपचारको हक वारेसमार्फत् उपभोग गर्न पाउने अवस्था नहुँदा कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २२(१) अनुसार आफ्नो पक्षको तर्फबाट उपस्थित हुने हक समेत प्राप्त नहुने । (प्रकरण नं.९) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान अधिवक्ता पूर्णप्रसाद राजवंशी विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता राजनारायण पाठक तथा विद्वान उपन्यायाधिवक्ता हरिप्रसाद रेग्मी अवलम्बित नजीरः सम्बद्ध कानूनः § अदालती बन्दोबस्तको १७, ६५(१), ६६ नं § विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा