निर्णय नं. ८४९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०८/२१ २१५८ निर्णय नं. ८४९ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको रिट फु.नं. १८ आदेश भएको मिति : २०३१।८।२१।६ मा निवेदक : काठमाडौं नगरपञ्चायत वडा नं.९ इन्द्रचोक बस्ने दानबहादुर सिंह विरुद्ध विपक्षी : निर्देशक श्री ५ को सरकार उद्योग वाणिज्य मन्त्रालय उद्योग विभाग का.न.पं.वडा नं.९ चोखाछे गल्ली इन्द्रचोक बस्ने मोहनमान महर्जन ऐ.ऐ.बस्ने काजीमान सिंह, कास्की जि.पोखरा गणेशटोल बस्ने लक्ष्मीप्रसाद पालिखेल विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) म्यानेजिङ एजेण्टको बर्खासीमा कम्पनी ऐन, २०२१ को दफा ८२, ८३ लागू हुने, उक्त दफाहरूको रीत नपुगेको बर्खासी कानूनको रीत नपुर्याई गरेको निर्णय भई कानूनी मान्यता दिन नमिल्ने । यसमा प्राइभेट कम्पनीको मेनेजिङ एजेण्टलाई हटाउने बारेमा कानूनमा रहेको व्यवस्था कस्तो रहेछ भनी हेरेमा कम्पनी ऐन, २०२१ को परिच्छेद ५ मैनेजिङ एजेण्ट भनी बनेको देखिन्छ तर सो परिच्छेदबाहेक ३ मा रहेको कम्पनीको परिच्छेद कम्पनीको सभा र कामकाज भनेका दफाहरूबाट पनि मेनेजिङ एजेन्टलाई हटाउन सकिने हो वा होइन भनी निश्चय गर्नुछ । दफा ८२ अनुसार मैनेजिङ एजेन्टलाई सञ्चालक समितिले सम्बन्धित विभागको स्वीकृति लिई बर्खास्त गर्न सक्ने देखिन्छ । दफा ८३ ले दफा ८२ बमोजिमको प्रस्तावउपर विचार गर्न साधारण सभा बोलाउन अनुरोध गरी कम्तीमा २ जना सञ्चालकले सञ्चालक समितिलाई लिखित सूचना दिनुहुन्छ तर यस उपदफामा लेखिएको कुनै कुराले यस ऐनका अन्य दफा वा नियमावलीबमोजिम साधारण सभा बोलाउनमा कुनै बाधा पारेको मानिने छैन भन्ने लेखेको देखिएकोले साधारण सभा बोलाउन भनी परिच्छेद ३ कै दफाहरूको रीत पुर्याए हुने तर मैनेजिङ एजेण्टको बर्खासी बारेमा भने दफा ८३ कै रीत पुर्याउनु पर्ने भन्नुपरेको छ । सोबमोजिम सञ्चालक समितिलाई सूचना प्राप्त भएपछि त्यसको प्रतिलिपि मैनेजिङ एजेन्टलाई दिई विशेष साधारण सभा बोलाउनु पर्छ भनी दफा ८३ को उपदफा (२) मा व्यवस्था गरेकोले बर्खास्त गर्नुपर्ने भनी प्रस्ताव पेश भएको एजेन्टलाई सूचनाको प्रतिलिपि प्राप्त हुने हुनाले निजले आफ्नो सफाइको सबूतहरू सभामा पेश गर्ने मौका पाउने देखिन्छ । त्यस्तो रीत नपुर्याएकोमा प्राकृतिक न्यायको सिद्धान्तमा विरोध पर्यो भन्ने उजूर पनि पुग्न सक्दैन । सामान्य भन्दा विशेष बलियो हुने सिद्धान्त रहेकैले मैनेजिङ एजेन्टको बारेमा भनी खास तवरले ऐनमा व्यवस्था रहेको परिच्छेद ५ र बर्खासी निमित्तको ८२, ८३ दफा लागू हुने देखिन्छ । उक्त ऐनको रीत पुर्याई मैनेजिङ एजेन्टलाई हटाएको भन्ने कुरामा ०२९।१।२६ को निर्देशकज्यूको अध्यक्षतामा ७५ प्रतिशत शेयरवालाहरूको उपस्थितिमा निम्नलिखित प्रस्ताव तथा विशेष प्रस्ताव रही निर्णय भएको देखिएको, त्यस्तो निर्णय गराउन विशेष प्रस्ताव पेश गर्न सञ्चालक २ जनाले सूचना गरेको नदेखिएको र मैनेजिङ एजेन्टलाई प्रतिलिपि पठाएको पनि नदेखिएकोले दफा ८३ को रीत पुगेको नदेखिएको हुँदा कानूनको रीत नपुर्याई गरेको निर्णयलाई कानूनी मान्यता दिन मिल्दैन । उक्त निर्णय बदर हुन्छ र उद्योग विभागको ०२९।२।१३ को पत्रबमोजिम गर्नु भनी उद्योग विभागको नाममा प्रतिशेधको आदेश जारी हुनेसमेत ठहर्छ । रिट निवेदन खारेज गर्ने ठहराएको ०३०।७।१३।२ को डिभिजन बेञ्चको निर्णय मिलेको देखिएन । यो आदेश प्रतिपक्षी