निर्णय नं. ८५० - लिखत जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५० - लिखत जालसाजी भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०८/२८ २६५० निर्णय नं. ८५० ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०२९ सालको फौ.फु.नं. ३५ फैसला भएको मिति : २०३१।८।२८।६ निवेदक : वैतडी जिल्ला श्रीकोट मौनाकोट बस्ने नारद जोशी विरुद्ध विपक्षी : ऐ.ऐ. मौनाकोट बस्ने जयानन्द जोशीसमेत मुद्दा : लिखत जालसाजी (१) पक्षले जालसाजीमा सजाय गरी जालसाजी लिखत बदर गरिपाउँ भनी दावी लिई फिराद गर्छ भने जालसाजीको ठहर निर्णय नगरी हकबेहकको प्रश्न हुनाले दिन नहुने जग्गा दियो लियो भन्ने देवानी मुद्दा लाउनुपर्छ । जालसाजीमा दावी लाग्दैन भनी खारेज गर्न मिल्ने नदेखिने । वादीको फिराद दावी हेर्दा मेरो हकभोगको जग्गा प्रतिवादी मिली जालसाजी गरी राजीनामा पास गरिदिएकोले जालसाजीमा सजाय गरी जालसाजी खडा गरेको लिखत बदर गरिपाउँ भन्ने समेत वादीले दावी लिएको देखिएको र कीर्ते कागजको ३ नं. ले पनि कसैले आफ्नो हक मेटिने गरी जालसाजी व्यवहार गर्छ भने असर पर्ने व्यक्तिले जालसाजी गरे भनी जालसाजीमा फौजदारी मुद्दा गर्न पाउने नै देखिएकोले पक्षले जालसाजीमा सजाय गरी जालसाजी लिखत बदर गरिपाउँ भनी दावी लिई फिराद गर्छ भने जालसाजी गरी राजीनामा गरेको हो होइन भन्ने ठहर निर्णय नगरी हकबेहकको प्रश्न हुनाले दिन नहुने जग्गा दियो लियो भन्ने देवानी मुद्दा लगाउनुपर्छ । जालसाजीमा दावी लाग्दैन भनी खारेज गर्न मिल्ने देखिँदैन । अतः देवानी मुद्दा चलाउनु पर्ने भनी खारेज गर्ने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । डिभिजन बेञ्चको ०२८।१२।४ को फैसला बदर गरी दिएको छ । प्रस्तुत मुद्दामा डिभिजन बेञ्चले इन्साफतर्फ कुनै ठहर निर्णय गरेको नदेखिनाले अञ्चल अदालतउपर प्रतिवादीको परेको पुनरावदेनमा कानूनबमोजिम जो जे बुझ्नु पर्ने बुझी ठहर निर्णय गरिदिनु भनी तपसीलको कलममा तपसीलबमोजिम गरी तारिखमा रहेका वादी प्रतिवादी दुवै पक्षलाई तारिख तोकी न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ अनुसार सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत नेपालगञ्जमा मिसिल नियमबमोजिम पठाइदिनु । (प्रकरण नं. १७) निवेदक तर्फबाट : अधिवक्ता गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा :  फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगीबमोजिम मुद्दा दोहरिएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : महानन्दका नाममा दर्ता भएको कि.नं.५० रू.२।४० को अ‍ैरी काफ्ले खेतसमेतका पाखो खेत जग्गा मेरो हकभोग चलनको भई निजहरूका नाममा दर्ता भए पनि जिल्ला थितिबमोजिम मैले भोगचलन गरी आएकोमा विपक्षी महानन्दले तिरो बुझी रसिद गरी दिएका ०२१ सालको मालपोत बुझी रसिद गरी नदिएको महानन्द र कौसल्ला मिली रगि पुग्नेलाई साक्षी राखी रू.३,०००। को विगो हाली मेरा हकभोगको लेखिएको जग्गाको राजीनामा खडा गरी ०२०।२।१३ मा रजिष्ट्रेशन पास गराएको रहेछ । जालसाजी राजीनामा खडा गरी पास गराएको हुनाले सजाय गरी जालसाजी खडा गरेको राजीनामा लिखत बदर गरिपाउँ भन्ने समेत वादी नारदको फिरादपत्र । ३. वादी महानन्द, पूर्णानन्द, जयानन्द दर्ताको जग्गा खाने होइन । मानदेवका सन्तान प्रजापति, ठगी दर्ताबाट खाने हो मेरो पेव