निर्णय नं. ६१८ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१८ - लेनदेन भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/१२/१० २८०२ निर्णय नं. ६१८ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री झपट सिं रावल सम्वत २०२६ सालको देवानी फु.नं ५६ फैसला भएको मिति : २०२७।१२।१०।३ निवेदक : का.जि.न्हृ्योखा टोल बस्ने कुलबहादुरको सकार गर्ने पूर्णबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : ऐ पुरानो भन्सार दफदर बस्ने विमला प्रभा गुभाजुनी समेत मुद्दा : लेनदेन (१) तत्काल प्रचलित अ.बं. ९९ नं.: पछि अर्को नालेस गर्न नपाउने किसिमले दावी खारेज भए गरेको नदेखिएमा–अन्याय भए जति कलममा पछि एकैपटक नालेस दिएमा–९९ नं.ले नालेस नलाग्ने भन्न नमिल्ने । पहिलो प्रश्नको हकमा तत्काल प्रचलित अ.बं.९९ नं.मा फिरादपत्र दिंदा उही मानिसका नाउँमा एउटै नालेस दिए हुने अर्थात साँवा र व्याज जग्गा र बाली समेतमा नालेस दिनु परेको अन्याय भए जतिको कलममा एकै पटक नालेस दिनु पर्ने प्रष्ट व्यवस्था भएको र वादीले पहिले नालेस गरेको मुद्दामा मोटर र सो मोटर बनाउन भनी लगेको रूपैयाँ समेतमा एकै चोटी नालेस गर्नुपर्ने भनी का.दे.इ.अ.बाट ०१८।८।२१।४ मा खारेजी फैसला गरेकोमा वादीले पुनरावेदन नगरी चित्त बुझाई पुनः यो नालेस दर्ता गरेको देखिएकोले त्यसतर्फ अरू विवेचना गरिरहनु परेन । त्यसरी खारेज भएकोमा अर्को नालेस लाग्छ लाग्दैन भन्नेतर्फ वादीले पहिले नालेस गर्दा मोटरको हकमा छुट्टै नालेस दिई ऐनबमोजिम गरी माग्नेछु । रु.१३०० को हकमा निजबाट दिलाई भराइपाउँ भन्ने दावी लिएको र उक्त अ.बं.९९ नं.मा त्यस किसिमको वादी दिन नपाउने भनी खारेज गरेबाट अन्याय भएको कलम जतिमा एकै पटक दावी नलिएको उक्त नालेस अदालतले दर्ता नगरी उक्त अ.बं.९९ नं.ले लाग्न नसक्ने व्यहोरा जनाई मौकैमा दरपिठ गरी फिर्ता दिएको भए पक्षले दुबै कुरामा एकैपटक दावी लिई तत्काल अर्को नालेस दिनपाउने थियो । तर अदालतको गल्तिले सोअनुसार दरपिठ गरी फिर्ता नदिई सो नालेस दर्ता गरिदिएको र पछि खारेज गर्दा ऐनले दर्ता हुन नसक्ने नालेस अदालतकै भूल गल्तीले दर्ता भएको भन्ने कुरालाई स्वीकार गरी नालेस दर्ता गर्दा राखेको कोर्टफी वादीलाई नै फिर्ता दिने, ऐनले दर्ता नहुने नालेस दर्ता गरेमा हाकिमलाई रु.२५ जरीवाना गर्नेसमेत गरी दरपिठ किसिमकै खारेजी भए गरेको समेत देखियो । पछि अर्को नालेस गर्न नपाउने किसिमले दावी नै खारेज भए गरेको नदेखिएकोले मोटर र मोटर बनाउन भनी लगेको रूपैयाँसमेतमा एकैपटक दावी लिएको यो नालेस उक्त अ.बं.९९ नं.ले लाग्न सक्ने भन्न मिल्ने देखिदैन । (प्रकरण नं. ११) (२) तत्काल प्रचलित साहु आसामीको ३८ नं.: कुनै माल वा वस्तु (जस्तो मोटर) मरमत वा बनाई फिर्ता गर्ने शर्तमा सो मरमत गर्न रूपैयाँसमेत लिए दिएमा–व्यापारसम्बन्धी लेनदेन कारोवार गरेको भन्न नमिल्ने कारण सो कुरामा ३८ नं.को हदम्याद नलाग्ने । दोस्रो प्रश्नको हकमा प्रतिवादीले बनाउन भनी लिएको वादीको मोटर बनाई बिक्री गरिदिने वा त्यसबाट कुनै किसिमको मुनाफा उठाई दुबैले बाँडी खाने शर्तमा मोटर बनाउन लिए दिएको भन्ने कुरा भए व्यापारसम्बन्धी लेनदेन कारोवार गरेको भनी तत्काल प्रचलित साहु आसामीको ३८ नं.बमोजिम २ वर्षको हदम्याद लगाउन मिल्ने थियो । यसमा त्यस्तो नभई वादीको मोटर बनाई वादीलाई नै फिर्ता दिने गरी बनाउनेसम्म शर्तमा मोटर र सो मोटर बनाउन रूपैयाँसमेत लिए दिएको भन्ने भएको यस्तो कुरालाई व्यापारसम्बन्धी लेनदेन कारोवार गरेको भन्न नमिल्ने हुँदा उक्त साहु आसामीको ३८ न