निर्णय नं. ४८३१ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८३१ - लागू औषध भाग: ३५ साल: २०५० महिना: चैत्र अंक: १२ फैसला मिति :२०५०/०९/१९ ३७६३ निर्णय नं. ४८३१ ने.का.प. २०५० (ग) अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह २०४९ सालको फौ. पु. नं– ४५२ २०४९ सालको फौ. पु. नं– ४१६ फैसला मिति: २०५०।०९।१९।२ मुद्दा : लागू औषध । पुनरावेदक, वादी: प्र.ज.श्याम सुन्दरको जाहारीले श्री ५ को सरकार । विरुद्ध विपश्री, प्रतिबादी: ल.पु.न.पा.वडा नं.२ बस्ने अग्नी कुमार भट्टचन समेत । विरुद्ध विपक्षी, वादी: प्र.ज.श्यामसुन्दर भट्टराईको जाहेरीले श्री ५ को सरकार । (१) बरामदी मुचुल्का हेर्दा अन्दाजी २५ ग्राम ब्राउन सुगर र अन्दाजी ६० ग्राम अफिम बरामद भएको देखिन्छ । यति सानो परिमाण बिक्री ब्यापारको प्रयोजनको लागिनै हो भनी यकिन गर्न मिल्दैन । निजले कसैलाई बिक्री गरेको र निजबाट कसैले खरीद गरेको मिसिल संलग्न कागजबाट देखिन नआएकोले बिक्री बितरणकै लागि संचय गरेको भन्न नमिल्ने । (प्र.नं.२८) (२) केवल सहअभियुक्तले पोलेको आधारमा कसूरदार ठहर्याउन नमिल्ने । (प्र.नं.२८) (३) जवरजस्तीसंग साविती गराएका भनी अदालतमा इन्कार भए पनि प्रमाण गुजार्न सकेको नदेखिदा जिकिर पुग्न नसक्ने । (प्र.नं.२८) पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री शभु थापा फैसला न्या. सुरेन्द्र प्रसाद सिंह १. पुनराबेदन अदालत पाटनको मिति ०४८।११।१४ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्त ब्यहोरा यस प्रकार छ । २. ल. पु. नं. पा. वडा नं. २ सानेपा बस्ने अग्नि कुमार थकालीले अवैध तरिकाले लागू औषध बिक्री वितरण गरेको छ भन्ने बुझिन आएकाले निज उपर कानून बमोजिम कारवाही होस् भन्ने मिति ०४२।१२।११।२ को श्याम सुन्दर भट्टराइको प्रतिवेदन । ३. अग्नी कुमार थकालीको घरबाट सेतो कागजमा पोका पारी राखेको अन्दाजी २५ ग्राम ब्राउन सुगर अन्दाजी ६० ग्राम अफिम बरामद भएको हो भन्ने समेत मिति २०४२।१२।१२ को बरामदी मुचुल्का । ४. बरामदी मुचुल्का अनुसारको लागू औषध र अग्नी कुमारलाई पक्राउ गरी दाखिला गरेको भन्ने समेत प्र.ना.नि. बसन्त कुमार समेतले जि.प्र.का. ललितपुरमा दिएको प्रतिबेदन । ५. बरामदी मुचुल्का अनुसारको लागू औषध मेरै घरबाट बरामद भएको हो । म पहिले पनि लागू औषध चरेश आदिको व्यापार गर्ने गरी आएकोले उक्त लागू औषध पनि विक्री गर्ने उद्देश्यले घरमा राखी छाडेका थिए हाल २० के. जी. चरेश बुटवल खस्यौलीको लाल बहादुर गौचनको घरमा राखेको छु । काठमाडौ र बुटवलमा धेरैलाई चरेश बिक्री गरेको छु । ४।५ वर्ष अगाडि असनका केविन राणालाई १५ किलो चरेश बिक्री गरेको छु । का. जि. ताहाचल बस्ने घनश्याम अधिकारीलाई धेरै परिणाममा चरेश बिक्री गरेको छु भन्ने समेत अग्नि कुमार भट्टचनले मिति २०४२।१२।१३ मा गरेको बयान कागज र म बसी आएको घर मेरी श्रीमती पदम कुमारी भट्टचनको नाउँमा दर्ता छ भन्ने समेत ऐ. २७ गनेको निजकै ततिन्वा बयान कागज । ६. अग्नी कुमार भट्टचन अवैध लागू औषध बिक्री बितरण गर्ने खालका मानिस होइनन् निजले घरमा बरामदी मुचुल्का अनुसारको लागू औषध किन राखे थाहा छैन भन्ने समेत ब्यहोराको मिति २०४२।१२।१४ को सर्जमीन मुचुल्का । ७. ब्राउन सुगर २० ग्राम अफिम ६० ग्राम भएको भन्ने रत्नराज शाक्यले दिएको मिति ०४२।१२।२४ को तौल प्रतिवेदन । ८. पक्राउ परेका अभियुक्त अग्नी कुमार भट्टचन दशी सहित पक्राउ परेका र निजको साबिती बयानमा वोलेको लाल बहादुर गौचन, कविन राणा र घनश्याम अधिकारीले