निर्णय नं. ६२३ - उत्प्रेषणको आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२३ - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०३/०९ २०६५ निर्णय नं. ६२३ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२६ सालको रिट नम्बर ६६६ आदेश भएको मिति : २०२८।३।९।४ मा निवेदक : ल.पु.ई. बुंगमती गा.पं.वार्ड नं.४ अन्तर्गत सत टोल बस्ने नन्दलाल महर्जनको वा. ल.पु.पूर्ण चण्डी दला टोल बस्ने हरिशेखर श्रेष्ट विरूद्ध विपक्षी : ल.पु.भूमिप्रशासन कार्यालयका प्रशासक श्री ढुण्डीराज उपाध्यायसमेत विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ (१) एकपक्षले ऋण भने पनि अर्कोपक्षले राजिनामाको लिखत पेश गरेमा–भूमि प्रशासकलाई ऋण रकम निश्चित गर्ने अधिकार नहुने । उक्त भूमि प्रशासकको निर्णयमा जग्गा भोगबन्धकी दिएको हो, रजिष्ट्रेशन पास मैले गरी दिएको छैन, मसँग निस्सा प्रमाण केही छैन, निज साहुसँग उक्तबारेको कागजपत्र झिकाई उक्त जग्गा बारेको प्रमाण अड्डैबाट हेरी पाउँ भन्ने निवेदकको निवेदन तथा सनाखत बयान भन्नेसमेत लेखिएको देखिएबाट निवेदकले विपक्षीबाटै भोगबन्धकीको लिखत झिकाई ऋण निश्चित गरिपाउँ भन्ने दावी लिएकोमा घरायसी राजिनामा पेश भएको देखिएको भन्ने मिसिलमा पेश भएको कागजकोसम्म उल्लेख गरी राजिनामा हो होइन भन्ने कुनै ठहर गरेको नदेखिएकोले राजिनामाको लिखत विपक्षीबाट पेश भएकोले ऋण रकम निश्चित गर्न नमिल्ने भन्ने अभिप्राय प्रकट गरी खारेज गरेको देखिएकोले ऋण भन्ने एक पक्ष भई अर्कोपक्षबाट राजिनामाको लिखत पेश भएबाट यस्तामा ऋण रकम निश्चित गर्ने अधिकार पनि भूमि प्रशासकलाई नभएकोबाट भूमि प्रशासकले आफूलाई भएको अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएबाट प्रस्तुत रिट निवेदन खारेज हुने ठर्हछ । फायल नियमबमोजिम गरी बुझाइदिनु । (प्रकरण नं. ७) निवेदकतर्फ :  विपक्षी तर्फबाट : का.मु.अतिरिक्त सरकारी अधिवक्ता श्री भरतप्रसाद उल्लेखित मुद्दा :  आदेश न्यायाधीश श्री धनेन्द्रबहादुर १. निज न्हुछेलालसँग मैले रु.३४२। कर्जा लिई घर पाताल जग्गा भोगबन्धकी तमसुक लेखि दिएकोमा सो भोगबन्धकी तमसुक झिकी ऋण निश्चित गरिपाउँ भनी मैले ल.पु.भू.सु.का मा उजुर गरेको थिएँ । निज विपक्षले ४ थाना फार्छे तमसुकको नक्कल ४ थान फार्छे तमसुकको नक्कल दाखेल गरेकोले ऋण निश्चित गरिरहन नपर्ने भएकोले मुद्दा खारेज गर्ने भनी भूमि प्रशासन कार्यालय, ललितपुबाट ०२५।६।२८ गते मुद्दा खारेज गरी पर्चा दियो । मैले भोगबन्धकी लिएको छु, ऋण निश्चत गरिपाउँ भन्ने मेरो उजुर भएकोमा बन्धकी होइन फार्छे हो भनी विपक्षले फार्छेपत्र दाखेल गरेपछि वादी र प्रतिवादीको मुख मिलेन । यस्तो मुख नमिले पछि अ.बं.७८ नं.ले तुरून्तै वादी प्रतिवादीलाई उक्त लिखत सुनाई सद्दे कृर्ते छुट्याउन पर्ने, त्यसरी सद्दे हो वा कीर्ते के हो भनी कुराको छान विनै नगरी त्यस्तो कागजको भरले फार्छे भनी ऋण निश्चित गर्न नमिल्ने भन्न नहुने । भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको ऐन, ०२५ ले थपेको दफा ४५ (क) ले पनि सद्दे कीर्ते तहकिकात गर्नुपर्ने भू.प्र.कार्यालयलाई नै अधिकार दिएको र उपरोक्त दफा ४५ ले पनि आवश्यक छानविन गर्नु भन्ने लेखेको छ । त्यसरी छानविन गर्दा दफा ५२ ले विशेष अदालतलाई दिएको अधिकार अपनाउन पर्ने र दफा ६३ ले उक्त ऐनमा व्यवस्था नभए जति कारवाई गर्न प्रचलित ऐनबमोजिम गर्नुपर्ने, हुनाले उपरोक्त अ.बं.७८ नं.बमोजिम मुख नमिल्नासाथ लेखिएबमोजिम सद्दे कीर्ते छुट्याई तुरून्त कारवाई गर्नुपर्ने, तारेख गुजारी बसे