निर्णय नं. ६२४ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२४ - जग्गा खिचोला भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०३/३२ २२२१ निर्णय नं. ६२४ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान न्यायाधीश श्री ब्रह्मदत्त तिवारी सम्वत् २०२६ सालको देवानी फु.नं.९२ फैसला भएको मिति : २०२८।३।३२।६ वादी : भ.पु.तचपाल यालाछे बस्ने लोकलक्ष्मी भन्ने कान्छी सुवाल्नी विरूद्ध प्रतिवादी : ऐ.बस्ने गोपाल सुवाल मुद्दा : जग्गा खिचोला (१) अरूको हकको जग्गालाई आफ्नो हकको भनी दावी गर्नेले अरुको जग्गामा खिचोला गरेन होला भन्न नमिल्ने । तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम आफ्नो हक नपुग्ने जग्गा मेरो भनी दावी गर्ने वादी गोपालले जग्गामा खिचोला गरेन होला भन्न ठहराउन नमिल्नेसमेत हुँदा वादी दावी बमोजिम खिचोला गरेकै ठहराएको शुरू भ.पु.इ.अ. को सदर गरी तत्कालीन भ.पु.जि.अ.ले ०१७।११।१३।६ मा छिनेको इन्साफ मुनासिव ठहर्छ । (प्रकरण नं. ११) वादी तर्फबाट :  प्रतिवादी तर्फबाट : अधिवक्ता श्री नारायणप्रसाद श्रेष्ठ उल्लेखित मुद्दा :  फैसला प्र.न्या.श्री रत्नबहादुर १. बुद्धिकुमारका नाउँमा मोहिया दर्ता भएको निजले मलाई ०१५।९।२३।४ मा रजिष्टेशन पास गरी दिई मेरा भोग चलन हुन आएको भ.पु.मालमा तिरो गर्नुपर्ने ३९ नं.मौजे लुकुं डोलन. नं.६५ को खेत ५३१ मा गहुँ बालीलाई आलु, गहुँ, प्याज, बकुल्ला, तोरीसमेत लगाई राखेको जग्गा मध्ये आधी २।।–।। मा ०१५।१०।२९ गते बिहान अं.१० बजे अन्याई आई हटक गरेकाले खिचोला मेटाई पाउँ भन्नेसमेत लोकलक्ष्मी भन्ने कान्छी सुवालनीको वादी । २. सोमध्ये आधी बुद्धिकुमार आधी बाबु महिला बाबुले तिरो बुझाई आएको माहिला बाबु र बाबु मरी मेरा हक भई तिरो बुझाई भोग गरी आएको मेरा हक भोगको जग्गामा खिचोला गर्नुपर्ने कारणै नभएको दाताको हकै नपुग्ने हुँदा वादीको झुठ्ठा दावीबाट अलग गरिपाउँ भन्नेसमेत प्रतिवादी । ३. वादी बुद्धिकुमार प्र.यिनै प्रतिवादी गोपाल समेतको जालसाजी मुद्दामा जालसाज गरी तिरो फोरिएको ठहराई ०१५।११।२०।३ मा यसै अड्डाबाट फैसला भइसकेको र उक्त मुद्दामा दर्ता विषय भ.पु.माल बुझेमा वादीका दर्ता बुद्धिकुमारको नाउँमा दर्ता भएको भन्ने उतार पठाई दिएको सो दर्ता बदर गरेको छु भन्न नसकेकोले वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने भक्तपुर अदालतको ०१६।८।१।२ को फैसला । ४. उक्त फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा वादी बुद्धिकुमार प्रतिवादी गोपाल भएको यसै जग्गाको तिरो फोरी जालसाजी रसिद लिए दिए भन्ने मुद्दा शुरूले जालसाजी ठहराएको सदर ठहरी र वादी गोपाल प्र.बुद्धिकुमारसमेत भएको जग्गा खिचोला मुद्दा पनि वादी गोपालको जग्गा हक नठहरि शुरुको सदर ठहरी आजै फैसला भएको र उक्त जग्गामा अपिलाटको पनि हक छ भन्नेतर्फ कुनै पक्का सबुद पेश दाखेल गर्न नसकेकोबाट इन्साफ भ.पु.अ.को मनासिव ठहर्छ भन्ने जिल्ला अदालत भक्तपुरको ०१७।११।१३।६ को फैसला । ५. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत गोपाल सुवालको पुनरावेदन । ६. पूर्व बाटो पश्चिम रैकर उत्तर सेवा बिर्ता दक्षिण सोही मध्येकै रैकर यति ४ किल्ला भित्रको रोपनी २।।–।।२ मा प्रतिवादी गोपालले खिचोला गरे भनी यो पिफरादपत्र दायर गरेकोमा आजैका मितिमा यसबेञ्चबाट किनारा भएको दे.फु.नं.१४२४ को मिसिलबाट यिनै वादीसमेतले खिचोला गरेको ठहराई फैसला भएको हुनाले प्रतिवादी गोपालले गरेको हटक खिचोला मेटाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । प्रतिवादीले खिचोला गरेको ठहराएको शुरू