निर्णय नं. ६२५ - उत्प्रेषणको आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२५ - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०४/२० २०३३ निर्णय नं. ६२५ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत २०२७ सालको रिट नम्बर १०४६ आदेश भएको मिति : २०२८।४।२०।५ मा निवेदक : जि.कपिलवस्तु मालपारा गा.पं.वार्ड नं.३ बस्ने शुकदेव कुर्मीसमेत विरूद्ध विपक्ष : जि.भू.सु.का.कपिलवस्तका भू.सु.अधिकारी श्री डिल्लीराम ढकालसमेत विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ (१) अ.बं.५१ नं.तथा १७९ नं. : यी दफाहरूको विपरीत फैसला गरेमा–उक्त फैसला बदर हुने । त्यसतर्फ हेर्दा अ.बं.५१ मा वादी र प्रतिवादीलाई तारेख दिंदा एकै दिनको तारेख मिलाई तोक्नुपर्ने र अ.बं.१७९ नं.मा श्री ५ को सरकार वादी हुने मुद्दाबाहेक अन्य मुद्दामा दुवै थरी झगडीयाले तारेख गुजारेमा सो मुद्दा डिसमिस हुन्छ भन्ने कुरा उक्त ऐनले बताएको पाइन्छ । प्रस्तुत केशमा जिल्ला भूमिसुधार कार्यालय कपिलवस्तुका भूमिसुधार अधिकारीले उल्लिखित अनुसार अ.बं. ५१ नं. तथा अ.बं. १७९ नं.को विपरीत गरी गरेको डिसमिस फैसलालाई कपटपूर्ण तथा कानूनी त्रुटिपूर्ण निर्णय गरेको रहेछ भन्ने कुरासमेत स्वसिद्ध हुन आएकोले लेखिएअनुसार जिल्ला भूमिसुधार कार्यालय कपिलवस्तुका भूमिसुधार अधिकारीले मिति ०२६।९।१०।१ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुनेठहर्छ । (प्रकरण नं. ७) निवेदक तर्फबाट : अधिवक्ता श्री शुशीलकुमार सिन्हा विपक्षी सन्तराम र अगनुतर्फबाट : अधिवक्ता श्री गणेशराज शर्मा उल्लेखित मुद्दा :  आदेश न्या. श्री वासुदेव १. हाम्रो जग्गाहरूको १ नं.अनुसूची भरी ४ नं.जो.अ. निस्सा हामीले पाएको र हाम्रो अंश भागको जग्गामा समेत कसैलाई कुनै शर्तमा कमाउन नदिई आफैंले कमाई आएकोमा विपक्षीहरूमध्ये सन्तराम अहिर म सत्यदेवको भागको जग्गामा र अगनु अहिरले म सुकदेवको जग्गामा जाली जो.अ. निस्सा बनाई सर्भे नापीमा पेश गरेको हुँदा जाली फर्जि जो.अ.नि.बदर गरिपाउँ भनी विपक्षीहरूको नाउँमा हाम्रो उजुर जि.भू.सु.कार्यालय कपिलवस्तुमा परेकोमा भू.सु.कार्यालयले हाम्रो उजूरीमा सकार गराई अड्डाले चाहेको बखत तपाईहरूलाई अड्डैबाट झिकाउने छ भनी मौखिक सुनाइ तारेखमा नराखी कारवाही पर्नु भएकोमा मिति ०२७।९।१० मा निवेदकहरू तारेखमा नरही गैर भई पुर्पक्ष नगरेकोले अ.बं.१७९ नं.बमोजिम डिसमिस फैसला गरी दिए भनी कानून विपरीत डिसमिस फैसला गर्नुभएको हामीले कसैलाई कुनै शर्तमा कमाउन नदिई आफ्नै जोतको र आवाद गरी भोग जो.अ.नि. समेत प्राप्त गरेको जग्गामा म सत्यदेवको जग्गामा अगनु अहिरले र सुकदेवको जग्गामा सन्तराम अहिरले सर्भे नापी भएको बखत जाली जो.अ.निस्सा बनाई पेश गरेकोले अड्डा दुनियाँलाई झुक्याई फर्जि बनाएको कागजबाट मोही बन्न पाउने होईन, जाली फर्जि जो.अ.नि. बदर गरिपाउँ भनी हाम्रो उजुरी भू.सु.कार्यालयमा परेकोमा भू.सु.कार्यालयले हाम्रो सकारनामा गराई अड्डाले तपाईहरूलाई बुझ्नु परेमा झिकाउने छन् भनी मौखिक सुनाइ हामीलाई झिकाउँदै नझिकाइ बुझ्दै नबुझी आफ्नो सफाई र बहस पैरवी पेश गर्ने मौकासमेत नदिइ हामीलाई तारेखमा नराखेकोमा तारेखमा नरही गैरभई पुर्पक्ष नगरेको भन्ने मिसिलमा नभएको गलत प्रमाण लेखी मुद्दा डिसमिस फैसला गर्न पाउने अधिकार विपक्षी भू.सु.अ.लाई कुनै कानूनले प्रदान नगरेको हुँदा गर्नुभएको डिसमिस फैसला अनाधिकार गैरकानूनी त्रुटिपूर्ण भएको प्रष्ट हुँदा बदर हुनुपर्ने प्रष्ट छ । यस्तो अड्डाका कर्मचारीको गल्तीले पक्षले ऐनब