निर्णय नं. ६२६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०३/०६ २०५४ निर्णय नं. ६२६ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री राजा इश्वरीजङ्ग बहादुर सिंह सम्वत् २०२७ सालको रिट नम्बर ९६३ आदेश भएको मिति : २०२८।३।६।१ निवेदक : नेपाल सेन्थेटिक इन्डष्ट्रिज कम्पनी (प्रा.) लिमिटेड विरुद्ध विपक्षी : श्री ५ को सरकार, उद्योग विभाग काठमाडौं । विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) कुनै कम्पनीले इजाजतपत्र पाएअनुसार काम गर्न कुनै कुराको लागि गरेको मागलाई बेवास्ता गर्नाको साथै गरे बिराएको भए सो कुराको सफाई पेश गर्ने मौका नदिई उक्त इजाजतपत्र बदर नहुने । निवेदक कम्पनीले गरे बिराएको कुरा भए सो बारे कुरा पेश गर्ने मौकासम्म पनि नदिई कम्पनीतर्फबाट प्राप्त गरेको इजाजतअनुसार कार्यसञ्चालन गर्ने सिलसिलामा कच्चापदार्थ विदेशबाट झिकाउने विषयलाई लिई माग गर्दै आएको कुरालाई बेवास्ता गरी त्यसको विपरित निवेदकको कानूनअनुसार प्राप्त गरेको इजाजतपत्रलाई नै खारेज गर्ने गरेको विपक्षी श्री ५ को सरकार उद्योग वाणिज्यमन्त्रालय, उद्योगविभागको मिति ०२७।८।१८ को आदेश कानूनी आधारबिहिनको देखिन आएकोले सो आदेश अमान्य हुँदा उत्प्रेषणको आदेश द्वारा विपक्षीको उक्त आदेश बदर हुने ठहर्छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : का.मु. सरकारी वरिष्ठ अधिवक्ता श्री जोगेन्द्रप्रसाद श्रीवास्तव उल्लेखित मुद्दा : आदेश न्या.श्री वासुदेव शर्मा १. निवेदक कम्पनीका सञ्चालक श्री हाजि महोमद इसाले सिन्थेटिक मेटालिक यार्न उद्योग खोल्न पाउँ भन्ने निवेदनपत्र उद्योग विभागमा दिई कानूनअनुसार उद्योग खोल्न पाउने इजाजतपत्र २०२४।९।१६ मा र सो इजाजतपत्रमा भएको निर्देशनानुसार कम्पनी दर्ता भएको प्रमाणपत्र २०२४।९।१७ मा प्राप्त गरेका छौं र उक्त इजाजतपत्र अनुसार निवेदक औद्योगिक व्यवस्था ऐन, २०१८ को दफा २ (क) अनुसारको कम्पनी भई औद्योगिक काम गरी आएको हो । उक्त इजाजतपत्र र कम्पनीको प्रमाणपत्रको प्रतिलिपी यसै साथ संलग्न छ । औद्योगिक व्यवसाय ऐन, २०१८ को दफा २ (क) र कम्पनी ऐनबमोजिम नेपालमा नेपाली नागरिकसमेतको शेयरमा खडा भएको यो कम्पनी हुनाले कानून व्याख्यासम्बन्धी ऐनकोअनुसार निवेदक कम्पनी कानूनी व्यक्ति तथा नेपाली नागरिक सरह हुँदा यसलाई नेपालको संविधानको धारा ११ को उपधारा २ को खण्ड (ङ) र नेपाल नागरिक अधिकार ऐन, २०१२ को दफा ६ अनुसार औद्योगिक व्यवसाय गरी सम्पत्ति आर्जन गर्ने भोग गर्ने तथा बेचबिखन गर्न पाउने समेतको व्यापार व्यवसाय गर्ने स्वतन्त्रताको हक प्राप्त छ । निवेदक कम्पनीले औद्योगिक विकास ऐन, २०१८ अनुसार प्राप्त इजाजतपत्रमा उल्लेख गरेअनुसार सम्पूर्ण काम गरी आएका छौं । हेटौडा औद्योगिक क्षेत्रमा जमिन प्राप्त गरी लाखौं रुपियाँ खर्च लगाई कानूनले बताए अनुसारका कारखाना घर आदि बनाई उत्पादन शुरु गरिआएका छौं कच्चा पदार्थको लागि चाहिने कच्चा माल झिकाउन आफैले कमाएको बोनसबाट लाइसेन्सको लागि वाणिज्य विभागमा निवेदन गर्दा उद्योग विभागको सिफरिश चाहिन्छ भनी उद्योग विभागमा लेखापढी गरेको थियो । अतः उत्पादनको मासिक प्रगति रिपोर्टसमेत दिइआएका छौं । यसरी कानूनअनुसार काम गरी औद्योगिक व्यवसाय चलाई आएका अवस्थामा निवेदक कम्पनीसँग कुनै खोज खबर तथा सोधपुछ नगरी कम्पनीले पाएको इजाजतमा तोकिएको शर्तानुसार काम कारवाही नगरेकोबाट खारेज गरिएको हुँदा नेपाल सेन्थेटिक इण