निर्णय नं. ८१६७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१६७ - कर्तव्य ज्यान भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०१/३० ७८५० निर्णय नं. ८१६७ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला मुद्दा नं. २०६५.CR.००२९, ०१६८ फैसला मितिः २०६६।१।३०।४ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः सल्यान जिल्ला गर्पा गा.वि.स.वडा नं. २ च्यान टाकुरा घर भै कारागार सल्यानमा थुनामा रहेको जितबहादुर बुढाथोकी विरुद्ध प्रत्यर्थी वादीः कृष्णबहादुर खत्रीको जाहेरीले नेपाल सरकार प्रत्यर्थी वादीः कृष्णबहादुर खत्रीको जाहेरीले नेपाल सरकार विरुद्ध पुनरावेदक प्रतिवादीः सल्यान जिल्ला गर्पा गा.वि.स. वडा नं. २ बस्ने जितबहादुर बुढाथोकी शुरु फैसला गर्नेः मा.जि.न्या.श्री महमद जुनैद आजाद पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री राजेन्द्र राज पन्त मा.न्या.श्री तेजबहादुर के.सी § आफूले गरेको कार्यले मानिसको मृत्युको परिणाम निम्त्याउँदैन भन्ने तर्फ कर्ता सचेत भै सो कार्यतर्फ लक्षित रहेको अवस्थामा दुर्भाग्यबश मानिसको मृत्यु भएमा त्यो भवितब्य हुने कानूनी मनसाय देखिँदा भवितव्य हत्यालाई सांयोगिक घटनाको रुपमा लिइन्छ । संगोगवश मानिसको मृत्यु हुने हुनाले यस्तो हत्यालाई मनसाय प्रेरित हत्याको रुपमा हेरिदैन र मनसाय तत्वको अभावको कारण यस्तो वारदातलाई अपराधिक गाम्भीर्यता घटाउने परिस्थितिको रुपमा लिइन्छ । मनसाय तत्वको अभावका साथै भवितव्यको घटनामा आवेशपूर्ण परिस्थितिलाई पनि वर्जित गरिन्छ । आवेशपूर्ण स्थितिमा पीडित (मृतक) उपर कर्ता आक्रमक अवस्थामा रहन्छ, जुन भवितव्यमा नहुने । (प्रकरण नं.४) § फौजदारी विधिशास्त्रमा मनसायप्रेरित हत्या हुन प्रतिवादीले मार्ने मनसाय राखेको हुनै पर्ने, मार्नु पर्ने खास उद्देश्य (Motive) भई त्यसको लागि तयारी र योजना जस्ता कुराहरू रहनुपर्ने मानिए पनि सवै परिस्थितिमा सवै मनसायप्रेरित हत्यामा योजना र तयारी हुनैपर्छ भन्ने अवस्था पनि रहदैन् । तथापि प्रतिवादीमा आफूले गरेको कार्यले मानिसको मृत्युको परिणाम निस्कन्छ भन्ने ज्ञान भई त्यो परिणामको पूर्वानुमान लगाएको साथै त्यो परिणाम निस्कियोस् भन्ने इच्छा राखेको हुन्छ । तर कानूनले आत्मरक्षा वा प्रतिरक्षाको परिस्थितिको व्यवस्था गरेको छ, जसलाई वैध प्रतिरक्षाको उपस्थिति Presence of valid defense मानिन्छ, त्यो अवस्थामा केही गर्दा जुल्मीको मृत्यु भएमा त्यो मनसायप्रेरित हत्याको अपवाद स्वरुप देखा पर्ने । (प्रकरण नं.८) § मारौ भन्ने मनसायसहित प्रतिवादीले मृतकलाई कुटपीट गरेको पुष्टि हुने प्रमाण मिसिलमा मौजुद नदेखिएको अवस्थामा प्रतिवादीले मृतकलाई ज्यान मारौँ भन्ने मनसायले नै कुटपीट गरेको र मृतकको मृत्यु भएको ठहराउनु न्यायसंगत नहुने । (प्रकरण नं.११) § आवेशप्रेरित हत्या पनि प्रतिवादीले आफूले आँफैलाई नियन्त्रण गर्न नसकी उत्तेजित भै आफ्नो कर्तव्यबाट हुने परिणामको ख्यालै नगरी पीडित उपर आक्रमण गर्दा त्यो आक्रमणको कारणबाट पीडितको मृत्यु भएको अवस्था हो । तथापि प्रतिवादीलाई उत्तेजित पार्ने काम पीडित अर्थात् मृतकबाटै हुनुपर्ने । § पीडितको कारणबाट उत्पन्न हुने आवेशको अवस्था त्यो हदसम्मको हुनुपर्ने मानिन्छ, जुन अवस्थामा सामान्य सुझबुझ भएको मानिस (Reasonable Person) समेत उत्तेजित हुन्छ र आफ्नो उत्तेजित अवस्थालाई नियन्त्रण गर्न सकिरहेको हुँदैन । यस्तो उत्तेजना पीडितको क्रियाकलापबाट अचानक (Sudden) उत्पन्न भई प्रतिवादीले त्