निर्णय नं. ६२७ - उखडा जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२७ - उखडा जग्गा भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०४/१८ २२०९ निर्णय नं. ६२७ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री झपट सिं रावल न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२७ सालको देवानी फु.नं. १३३ फैसला भएको मिति : ०२८।४।१८।३ निवेदक : जि.कपिलवस्तु तप्पे गौरा मौजे रतनपुर बस्ने गब्बा मुराउ विरुद्ध विपक्षी : ऐ तितिर्खो बस्ने जि. रामदत्त कुर्मिसमेत मुद्दा : उखडा जग्गा (१) उखडासम्बन्धी ऐन, ०२७ को दफा ८ को उपदफा (१) : कबुलियत र रसिदको अभावमा मात्र उखडामा कमाएको होइन भन्न नमिल्ने–सर्जमिनहरूको भनाईको मूल्यांकन गरी उखडामा कमाएको हो होइन भन्ने न्यायिक निर्णय दिएमा–कानूनसङ्गत हुने । प्रतिवादीले उखडासम्बन्धी ऐन, २०२१ लागू भइसकेपछि मात्र सो ०२१ साल देखिको पोत मालमा धरौट राखेको भन्ने प्रतिवादी लेखाई भएको वादीहरूको जग्गा उखडामा कमाएको कबुलियत र ०२१ साल अघिको पोत तिरेको रसिदसमेतको लिखत सबुद प्रतिवादीले पेश दाखिल गर्न नसकेको भन्ने वादीतर्फका अधिवक्ताको बहस जिकिर छ । जग्गा धनी र किसानका बीच उखडामा कमाएको हो या होइन भन्ने विवाद उत्पन्न भएकोमा नगदी पोतमा बोल कबुलअनुसार कमाउन दिए पाएको पनि उखडा हुनसक्ने र यस्तै स्थितिमा उखडासम्बन्धी ऐन, ०२७ को दफा ८ को उपदफा (१) मा सर्जमिन गराउन सक्ने कानूनी व्यवस्था भएको देखिन्छ र तदानुसार सर्जमिन पनि गरिराखेको समेत हुँदा कबुलियत रसिद पेश दाखेल गर्न नसकेको भन्ने कुराले मात्र उखडा ठहर्दैन भन्न मिल्दैन । बुझिएको सर्जमिनहरूकै भनाईलाई प्रमाणमा मूल्यांकन गरी उखडामा कमाएको हो होइन भन्ने कुराको न्यायिक निर्णय दिनु कानूनसङ्गत हुन आउँछ । (प्रकरण नं. १०) (२) सर्जमिनको भनाईमा सामान्य जान्ने थाहा पाउने कुरा खोलिएमा–उक्त सर्जमिन युक्तिसङ्गत देखिने । प्रतिवादी उखडामा जातेको हो भन्ने ती सर्जमिनहरूको भनाईमा यो सालदेखि कमाई आएको भन्ने कुरामा सबैको मुख नमिलेको र यति जग्गा यति मालपोत तिरी कमाई आएको भनी उल्लेख गर्न पनि नसकेकाले त्यस्ता सर्जमिनको भनाईलाई कसरी विश्वास मान्ने भन्ने तर्क उठ्न सक्छ । तर यस्तो तर्क उठाउनुभन्दा पहिले सर्जमिनका मानिसहरूलाई ती कुराहरू यकिन थाहा हुनसक्ने सम्भव छ छैन भन्नेतर्फ पनि ध्यान दिनु जरुरी हुन्छ । यस प्रसङ्गमा विचार गर्दा एकाको जग्गा अर्काले उखडामा कमाएकोमा सालबसाल खनजोत गरी खेत लगाएबाट सर्जमिनको मानिसलाई थाहा हुने सामान्य कुरा हो । उखडा कमाएको जग्गा नाप अंक र जग्गा धनीलाई बुझाउन पर्ने पोतको अंक परचक्रीलाई थाहा हुने कुरा होइन र सामान्य जान्न थाहा पाउने कुरा खुलाई सर्जमिनको लेखाई युक्तिसङ्गत नै हो भन्ने देखिन आउँछ । (प्रकरण नं. १२) निवेदक तर्फबाट : अधिवक्ता श्री इच्छाहर्ष विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णकुमार बर्मा उल्लेखित मुद्दा :  फैसला प्र. न्या.श्री रत्नबहादुर विष्ट १. गब्बा मुराउले उखडाको विवरण फाराम दाखेल गरेको हामीहरूको कित्ता ४ को जग्गा बिगाहा ।।४.३ निजलाई हामीहरूले उखडामा कमाउन दिएको होईन । निजले आफ्नै रैतान नम्बरी जग्गाबाट जीविका चलाई आएको छ । उखडामा कमाई आएको भए कबुलियत पट्टा रसिद पेश गर्नसक्नुपर्ने सकेको छैन । निजको विवरण झुट्टा हो । सो खारेज गरिपाउँ भन्नेसमेत रामदत्त रामवरणको उजुरी । २. मेरो विवरण फारामको जग्गा यिनी जग्गा धनीहरूबाट पाएको ८ वर्ष भयो । साल १ को कची बिगाहा १ को भा.रु.४५ का दरले भा.रु.३१ दिन्थे, रसिद नदिएबाट छैन । ०२१ सालदेखि पो