निर्णय नं. ६२८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०३/३२ २०७५ निर्णय नं. ६२८ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री विश्वनाथ उपाध्याय २०२६ सालको रिट नम्बर ६३० आदेश भएको मिति : २०२८।३।३२।६ निवेदक : जि.क.त.विजवा मौजे धर्म पनिया बस्ने राममुरत उपाध्याय विरूद्ध विपक्षी : श्री जि.क.त.सिक्री मौजे पिप्रा बस्ने गया नाउ समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भू.सं.ऐनको दफा ४४ को उपदफा ३ र मुलुकी ऐन, अ.बं.को १९७ नं. : उपरोक्त उपदफा र नम्बरले पुनरावेदनको व्यवस्था गरेकोले कृषि ऋणसम्बन्धी निर्णयमा पुनरावेदनको म्याद दिन नपर्ने । गैरकृषि ऋण ठहराएकोमा पुनरावेदनको म्याद दिनुपर्ने दिएन भन्ने निवेदकको निवेदन जिकिरतर्फ कानूनी व्यवस्था के रहेछ भनी हेर्दा भू.स.ऐनको दफा ४४ को उपदफा ३ मा यस परिच्छेदको प्रयोजनको लागि कुनै ऋण कृषिसम्बन्धी ऋणको होइन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले स्थानीय पञ्चायतको प्रतिनिधि राखी आवश्यक देखेमा सर्जमिनसमेत गरी त्यसको निर्णय गर्नेछ र त्यस्तो निर्णयमा कसैको चित्तनबुझेमा त्यस्तो निर्णय भएको मितिले ३५ दिनभित्र निजले तोकिएको अदालतमा अपील गर्नसक्नेछ भन्ने व्यवस्था भएकोले अधिकारीले गरेको निर्णयमा त्यसउपर पुनरावेदन गर्ने व्यवस्था भएकै देखिन्छ । फैसलामा पुनरावेदनको म्याद दिनुपर्नेमा दिएको छैन भन्ने कुराका हकमा सो कुरा फैसलामा उल्लेख नगरे पनि चित्तनबुझे पुनरावेदन गर्न भूमिसम्बन्धी ऐनको दफा ४४ को उपदफा (३) र मुलुकी ऐन अदालती बन्दोवस्तको १९७ नं.ले पाउने नै देखिदा त्यस सम्बन्धमा निवेदकको जिकिर तर्क सङ्गत देखिएन । (प्रकरण नं. ५) (२) भू.सं. (दोस्रो संशोधन) ऐन, २०२५ को संशोधित मुल ऐनको दफा ४५ को खण्ड (घ) : यो खण्डअनुसार ऋण निश्चित नगरी साल सालको आयस्ता साल सालै सावामा कट्टी गरी ऋण निश्चित गर्न नहुने–ऋण निश्चित गर्न निवेदन गरेमा–मोहियानी कायम गर्न नहुने । ०२५ साल कार्तिक ९ गतेको प्रकाशित राजपत्र भूमिसम्बन्धी ऐन, (दोस्रो संशोधन) २५ को दफा ४५ को खण्ड (घ) को सट्टा अर्कै खण्ड (घ) राखी त्यसमा थैलीको सयकडा १० भन्दा बढी आयस्ता पाउने गरी भोगबन्धकीमा भोग गरेको भए पाए जति सबै आयस्तालाई नगदीमा परिणत गरी सयकडा १० भन्दा बढी ठहरिन आएको रकम सावाँमा कट्टा भएको मानिनेछ भन्नेसमेत उल्लेख भएको प्रष्टछ । त्यस्तोमा उपरोक्त उल्लेख गरिएबमोजिम ऋण निश्चित गर्नुपर्नेमा सालसालको आयस्ता सालसालै सावाँमा कट्टी गरी ऋणनिश्चित गरिएको र ऋण निश्चितको निवेदन परेको निवेदन मोहियानी हककायम गरी भू.सु. अधिकारीले गरेको निर्णय ऐनकानूनले नहुँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं. ६) निवेदक तर्फबाट : अधिवक्ता श्री इच्छाहर्ष विपक्षी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल उल्लेखित मुद्दा : आदेश न्या.श्री बब्बरप्रसाद १. विपक्षी अधिकारीज्यूले ऋण निश्चितको निर्णय गर्नु भन्दा अगावै भूमिसम्बन्धी नियम ३० बमोजिम १२ नं.को फाराम साहुले भरेको छ छैन भरेको नभए भू.स.ऐनको दफा ५१ बमोजिम साहुको लिखत कानूनीमान्यता लोप हुने भनी निर्णय गर्नुपर्नेमा सो कुराको विचारै नगरी उल्टो मैले १४ नं.फाराम भरेकालाई पर्ने छैन भनी फैसलामा लेखी साहुको कानूनीमान्यता लोप भएको लिखतलाई मान्यता दिई कानून बाहिर गैरकानूनीको खिलाफ गरी भए गरेको हुनाले र अधिकारीज्यूको इजलासमा भएको नै हुनाले अधिकारीज्यूको सहीछाप पनि छैन, यो हामीहरूक