निर्णय नं. ६२९ - राजकाज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२९ - राजकाज भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०१/०३ २०९३ निर्णय नं. ६२९ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२७ सालको फौ.फु.नं. ६९३ फैसला भएको मिति : ०२८।१।३।६ प्रतिवादी : पूर्व ३ नं.ओखलढुड्डा छहरे घर भई हाल केन्द्रीय कारागारमा थुनामा रहेका केशवराज कोइराला समेत विरूद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : राजकाज (१) राजकाज (अपराध तथा सजाय) ऐन, २०१९ को दफा ६ (१) : कसैको वचन वा कार्यले (जस्तो झगडा वा नाराबाट) श्री ५ प्रति घृणा द्वेष उत्पन्न गरे गराएको नदेखिएमा–उक्त बचन वा कार्यले मौसुफप्रति घृणा वा द्वेष फैलाएको भन्न नहुने । अञ्चलाधीशज्यूले गर्नुभएको फैसलामा चित्तबुझेन भन्नेसमेतको एउटै पुनरावेदनपत्र केशवराज कोइराला, वोधप्रसाद उपाध्याय समेत ७ जनाले सर्वोच्च अदालतमा चढाएको रहेछ । पुनरावेदक बन्दीहरूलाई झिकाई रोहवरमा राखी पुनरावेदकतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र विपक्षीतर्फको अतिरिक्त सरकारी विद्वान अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहससमेत सुनी निर्णयतर्फ हेर्दा धनुषा जिल्लाका प्रहरी अधिकृत तथा जवानहरूको प्रतिवेदन श्री ५ महाराजधिराजको ५१ औं शुभजन्मोत्सव मनाइरहेको सिलसिलामा जानकी मन्दिरको मुख्यद्वार अगाीड सभाको कार्यक्रम चलीरहेको बखत हुल जमात हात हातमा कालो झण्डासमेत लिई नाराहरू लगाई अशान्ति मच्चिए पनि कालो झण्डा लिई नारा लगाउने व्यक्तिहरूलाई हामीले पक्राउ गरेबाट शान्ति कायम हुनसकेको भन्ने र यसप्रकारको खलबली हुलदड्डा अशान्ति मच्चाई बाधा विरोध उत्पन्न गरेकोबाट श्री ५ महाराजधिराज सरकारप्रति अप्रत्यक्ष रुपले घृणा द्वेष फैलाउने प्रयाससमेत गरेको भन्ने बोली परेको रहेछ । अभियुक्तहरूको बयानमा नारा लगाएको कालो झण्डा रातो झण्डा प्लेकार्डहरू लिएर उभिएको नारा लगाएको प्रमाणित हुन्छ । जन्मोत्सवको उपलक्ष्यमा सभा भएको जनसमूहमा यी अभियुक्तहरूसमेत भेला भई झण्डा लिई नारा लगाएकोबाट राजकाज (अपराध तथा सजाय) ऐनको दफा ६ (१) ले भनेको कसूर हुने देखिदैन । त्यस्ता झण्डा वा नाराबाट घृणा द्वेष फैलाएको भन्नलाई त्यस्ता कार्यहरू कसैले गरे गराएको हुनुपर्दछ । यस्तो प्रदर्शनबाट अरु कसैले घृणा द्वेष गरेको देखिदैन । उस माथि यिनी अभियुक्तहरूले गरेको झण्डा प्रदर्शन नाराहरूमा श्री ५ प्रति हुन जाने वा हुनसक्ने घृणा द्वेषको वचन वा कार्य देखिदैन । त्यस्तो घृणा द्वेष गर्न गराउन नसक्नेमा अभियुक्तहरू उपर लगाएको आरोप प्रमाणित हुनसक्दैन । तसर्थ अभियुक्त वोधराजसमेतले अप्रत्यक्षरुपले श्री ५ महाराजधिराज सरकार प्रति घृणा द्वेष गरेको ठहर्छ भन्ने अञ्चलाधीशको फैसला बदर भई उक्त फैसलाले लाग्ने गरेको सजाय लाग्दैन । (प्रकरण नं. ९) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : फैसला न्या.श्री हेरम्बराज १. २०२७ साल जेष्ठ ३० गते ६ का दिन राष्ट्रनायक श्री ५ महाराजाधिराज सरकारको ५१ औं शुभजन्मोत्सव मनाउन सभाको आयोजना भई कार्यक्रम चलीरहेको बखत अन्दाजी ६ बजेको समयमा केही विद्यार्थीहरूको हुल जमात नगीच पुगी विद्यार्थी विद्यार्थी एक हो, तानाशाही मुर्दावाद इत्यादि नाराहरू लगाउँदै गई रहेको अवस्था मौकैमा तिनीहरू मध्ये राम गिरी, महन्थ ठाकुर, आनन्दप्रसाद ढुंगाना, हरिहर विरही, महेन्द्र कुमार मिश्र, केशवराज कोइराला समेतलार्इं मात्र पक्राउ गर्नस