निर्णय नं. ६३० - लिखत पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३० - लिखत पास भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०२/२९ ४२४९ निर्णय नं. ६३० ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री राजा ईश्वरी जङ्गबहादुर सिंह सम्वत् २०२५ सालको दे फु.नं. ८४ फैसला भएको मिति : २०२७।२।२९।५ निवेदक : चीसापानी पालुङ्ग कुईभीर बस्ने बहादुर सिंहको मु.स.गर्ने भिमबहादुर तामाङ्ग विरूद्ध विपक्षी : ऐ पालुङ्ग सोल्टु गाउँ बस्ने इन्द्रबहादुर बस्नेत मुद्दा : लिखत पास (१) राजिनामा गरी दिएको भन्ने कुनै जग्गा र तिरो प्रष्टरूपले दर्तामा मिल्न भिड्न नआएमा–उक्त राजिनामा लिखत रजिष्ट्रेशन पास हुन नसक्ने । उक्त राजिनामा लिखत रजिष्ट्रेशन पास हुनसक्ने नसक्ने के हो भन्नेतर्फ हेर्दा उक्त राजिनामा लिखतमा मेरो नाउँमा दर्ता भएको तिरो रु.।६३ मध्येको पूर्व ठूलो बाटो, पश्चिम ठाडो खोला, उत्तर मानेडाँडो, दक्षिण कृष्णबहादुरको साँध यति ४ किल्लाभित्रको साउनेपाखा भन्ने बारी हल ३ को मेलो मकै बिउ पाथी ।३ जाने कित्ता १ पूर्व बाटो, पश्चिम पूर्णबहादुरको साँध, उत्तर बाटो, दक्षिण बाटो यति ४ किल्ला भित्रको मुसुरे भन्ने बारी हल १ को मैलो बिउ पाथी ।१ जाने कित्ता १ पूर्व मीनबहादुरको गोठमा जाने तेर्सो बाटो यति ४ किल्ला भित्रको देवीथान पाखा बारी हल २ को मेलो मकै बिउ पाथी २ जाने कित्ता १ समेत जम्मा कित्ता ३ माथि लेखिएको तिरोमध्ये रु.।५० को जग्गा राजिनामा गरिदिएको भन्ने उल्लेख भएको पाइयो । कीर्तिपुर मालबाट आएको दर्ता उतार हेर्दा १९९६ र २००६ दुवै सालको घरदरमा प्रतिवादी बहादुर सिंहको नाममा घरबारी १ के जम्मा तिरो रु.।८३ दर्ता भइराखेको देखिन्छ । उक्त राजिनामा लिखतमा उल्लेख भएबमोजिम छुट्टाछुट्टै कित्ताहरू जनाई तिरो रु.।६३ दर्ता भएको देखिन आएन । राजिनामामा तिरोसम्म फरक देखिन गए पनि प्र.बहादुर सिंहको नाउँको उक्त तिरो रु.।८३ दर्ताकै एकै कित्तामध्येको जग्गा कित्ता फोर गरी राजिनामा लिएदिएको भन्ने वादीतर्फका विद्वान अधिवक्ताको बहस जिकिर भएको हकमा दर्ताबमोजिमको कुनै जग्गा दर्तावालाबाट हकछुटाई राजिनामा लिंदा दर्ताबमोजिमकै तिरो उल्लेख भएको हुनुबेगर राजिनामा लिनेको नाममा नामसारी दाखेल दर्ता हुनसक्ने त छंँदैछ, किल्लामा पनि मैले उक्त तिरो रु.।८३ दर्ताको सम्पूर्ण जग्गाको ४ किल्ला खुलाई त्यसमध्ये यो–यो ४ किल्ला भित्रको यो–यो कित्ता भनी उल्लेख गरेको नभई राजिनामा लिएको भनेको ३ कित्तासम्मको फरक–फरक ४ किल्ला उल्लेख गरेको र जग्गाको नाम पनि घरबारी नभनी अरूनै तिनै कित्ताको फरक–फरक लेखिएको समेतबाट तिरो रु.।८३ दर्ताकै एकैकित्ता मध्येको जग्गा कित्ताफोर गरी राजिनामा लिएदिएको भन्ने जिकिर समर्थित हुन पनि नसकेकोसमेत हुनाले तिरो रु.।६३ दर्ता मध्येको भनी उल्लेख गरेको राजिनामाबाट तिरो रु.।८३ दर्तामध्येको जग्गा राजिनामा लिएदिएको कायम हुनसक्ने देखिदैन । तसर्थ उपरोक्त उल्लेख भएबमोजिम जग्गा तिरोसमेत प्रष्टरूपले दर्तामा मिल्न भिड्न नआएको उक्त ०१६।१०।१९।३ को राजिनामा लिखत रजिष्ट्रेशनको ऐनबमोजिम रीत नपुगेको ऐनले रजिष्ट्रेशन पास हुन नसक्ने हुँदा पास गराइपाउँ भन्ने वादी दावी पुग्नै सक्दैन । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट विपक्षी तर्फबाट : अधिवक्ता श्री सुधानाथ पन्त उल्लेखित मुद्दा :  फैसला न्यायाधीश श्री नयनबहादुर १. अन्यायको बहादुर सिंले ०१६।१०।१९।३ मा रु.१७०१। लिई निजका नाउँको तिरो रु.६३ मध्ये पूर्व ठूलो बाटो, पश्चिम ठाडो