निर्णय नं. ६३१ - उत्प्रेषणको आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३१ - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/११/१३ २००७ निर्णय नं. ६३१ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत ०२६ सालको रिट नम्बर ४८१ आदेश मिति : २०२७।११।१३।५ निवेदक : सिरहा जिल्ला प्र.महिसोथ मखनाहा गा.पं.वार्ड नं.५ बस्ने वकिल मियाँ विरुद्ध विपक्षी : जि.भू.सु.का.सिरहाका भूमिसुधार अधिकारी श्री डिल्मीराम ढकालसमेत विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ (१) भू.स.ऐनको दफा ३१ (क) र अ.बं. ८२ नं. : भू.स.ऐनको दफा ३१ (क) अन्तर्गतको मुद्दा सरकार वादी मुद्दा भई भू.सु.अधिकारीले हेर्न नमिल्ने–अ.बं.८२ नं.बमोजिमको उजुर बिना निजले मुद्दा खडा गरी निर्णय दिन नहुने । यसमा कुनै पक्षको रीतपूर्वकको उजुरी भू.सु.अधिकारीको कार्यालयमा परेको देखिन्न । २ नं.सर्भे गोश्वाराको ०२५।१२।२८ को पत्रको आधारमा भू.सु.अधिकारीले पक्षहरूको बयान लिई कारवाही किनारा गरेको देखिन्छ । भू.सु.ऐनको दफा ३१(क) अन्तर्गतको मुद्दा सरकार वादी भई भू.सु.अधिकारीले हेर्नपाउने होइन । तसर्थ अ.बं.८२ नं. बमोजिमको उजुरी नै नभई सर्भे गोश्वाराको पत्रको आधारमा भू.सु.अधिकारीले मुद्दा खडा गरी गरेको निर्णयलाई कानूनी त्रुटिपूर्ण गरेको निर्णय भन्नु पर्ने हुँदा उत्प्रेषणको आदेश जारी गरी ०२६।५।१९ गतेको निर्णय बदर गरिएको छ । (प्रकरणनं. ८) निवेदक तर्फबाट : अधिवक्ता श्री कुशुम श्रेष्ठ विपक्षी भू.सु.कार्यालय तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी लाल मण्डक समेतको तर्फबाट : अधिवक्ता श्री गणेशराज शर्मा उल्लेखित मुद्दा :  आदेश न्या.श्री वासुदेव शर्मा १. कुनै कसैको उजुर बेगर नाप जाँच ऐन, ०१९ अन्तर्गत नाप जाँच गर्दा सो अधिकारीले वास्तविक जोताहा को हो भनी अधिकारी समक्ष लेखोट पठाएको रहेछ । सो लेखोटको आधारबाट म निवेदक र श्रीलाल एवं लक्ष्मी समेतलाई म्याद पठाई झिकाई प्राप्त म्यादमा म निवेदक र विपक्षीहरू समेतको बयान लिएको थियो र बयान समेतको आधारबाट विपक्षीहरू मोही ठहर्छ भन्दै फैसला गरियो । उजुरी अदालती बन्दोवस्तको ७५ र ७६ को ढाँचामा वा ९१ नं. अनुसार ठाडो निवेदन दिएमा बुझी दिने आदेशसमेत भएमा ऐ को १२७ र १२८ तथा १३२ नं. अनुसार वादीको कुरा सुनाई प्रतिवादी वा फिराद दावीमा प्रतिउत्तर दाखिल गर्ने कानूनी व्यवस्था भएको वादीतर्फबाट उजुर परी कारवाई हुने भएमा अदालती बन्दोवस्तको ९३ र ९४ नं.अनुसार इतलायनामा पठाई सो म्यादमा हाजिर हुन आएमा समेत माथि निवेदनको प्रकरण ३ मा उल्लेख प्रतिवाद गर्ने कानूनी व्यवस्था हो । उपरोक्त कानूनी व्यवस्थाको प्रतिकूल गर्नु प्राकृतिक नियमको साथै कानूनको अबहेलना गर्नु हो । कानूनको बर्खिलाप उजुर नपर्दै उजुरी बयान नलिदै म निवेदकलाई समेत म्याद दिई झिकाई उजुरी वेगरको बयानको आधारबाट मात्र मेरो बयान लिनु स्वतः गैरकानूनी हो । महम्मद सहिद र एहसानुल हक समेतले आफ्ना आर्जन कमाइबाट जग्गाधनी भरतप्रसाद सिंहसँग ०२१ सालमा राजिनामा गराई लिई दर्ता तिरो भोग गरी नापी हुँदा हाल सर्भे नापीमा कि.नं.३२ र म निवेदकले जय मंगल सिंहका नाउँबाट सोहीअनुसार राजिनामा गराई लिई हाल सर्भेमा कि.नं.३६ नापी गाई भोग तिरोसमेत गर्दै आएको छु । आफ्नो आफ्नो खरीदी जग्गाको वचत समेत तिर्दै भोग गर्दै आएको छु । ऐनको दफा ३० अनुसार लगत प्रकाशित गर्ने कार्य र नाप जाँचको सिलसिलामा स्थायी जोताहाको निस्सा समेत लिएको छु र विपक्षी श्रीलाल र लक्ष्मी समेतले मेरो हकको जग्ग