निर्णय नं. ८१७० - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१७० - उत्प्रेषण समेत भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६५/१०/१९ ७३५१ निर्णय नं. ८१७० २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६३ सालको रि.नं WO– ०६६२ आदेश मितिः २०६५।१०।१९।१ विषयः– उत्प्रेषण समेत । निवदेकः जिल्ला वारा डुमरवाना गा.वि.स. वा.नं ९ वस्ने शीवराज पाण्डेको छोरा वर्ष ६८ को नेत्रराज पाण्डे विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहदरवार, काठमाडौँ समेत § कानूनको रीत पुर्याई निवेदकको जग्गाको स्वामित्व कारखानाको नाममा सरेपछि र निवेदकको नामको लगत कटृा समेत भएपछि उक्त जग्गा निवेदकले बिक्री गरेसरह भई निवेदकको दावी गर्ने हक नै पुग्न नसक्ने । (प्रकरण नं.९) § जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४(ग) बमोजिम गरेको लिखत बमोजिमको काममा प्रयोग नगरेमा मात्र साविक जग्गावालालाई फिर्ता गर्न सकिने सो बाहेक अन्य अवस्थामा एक पटक प्राप्त गरिसकेको जग्गा फिर्ता हुन नसक्ने । (प्रकरण नं.१९) § जग्गा प्राप्ति ऐन, २०३४ अन्तर्गत जग्गा प्राप्त गर्दा राज्यले Eminent Domain को अधिकार अन्तर्गत व्यक्तिको जग्गा प्राप्त गर्दछ । यसरी जग्गा प्राप्त गर्दा साविक जग्गाधनीले उक्त जग्गा प्राप्त गर्दाको अवस्थाको प्रचलित किनवेचको मोल र अन्यत्र वसाई सराई गर्दाको मूल्य समेत क्षतिपूर्ति पाउने । § जग्गा प्राप्ति ऐन, २०३४ को दफा १६(२) को खण्ड (क)(ख) र (ग) को व्यवस्थाअनुसार निवेदकले जग्गा प्राप्त गर्दाको समयको प्रचलित मोल जग्गा प्राप्त गर्दा घर, पाताल, टहरो आदि भए सो र बसोबास वा कारोवारकालागि अन्यत्र सर्दा लाग्ने वा लागेको खर्च वा नोक्सानीवापत समेत क्षतिपूर्ति पाएको र पाउने हुँदा जग्गा प्राप्तिको परिणाम किनवेच सरह नै हुने । § चिनी कारखानाले पनि जग्गा प्राप्त गरी कारखाना स्थापित गरी सञ्चालन गरिसकेको र कारखाना बन्द भएपछि उक्त जग्गामा नेपाल सरकारले विशेष आर्थिक क्षेत्र स्थापना गर्ने हुँदा निवेदकलाई जग्गा फिर्ता हुन नसक्ने । (प्रकरण नं.२०) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरू श्रीप्रसाद पण्डित, शिवप्रसाद सिग्देल, वालमुकुन्द श्रेष्ठ र सुदर्शन तिवारी विपक्षी तर्फबाटः विद्वान उपमहान्याधिवक्ता श्री शरद खड्का अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १९(२) § जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३, ४, ५, ६, १६(२) को खण्ड (क)(ख) र (ग), ३३, ३४, ३४(२) आदेश न्या.बलराम के.सी.: नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :– आमाको मृत्यु पश्चात् हाल म निवेदकको हक हुन आएको जि.वारा गा.वि.स. डुमरवाना वडा नं.६ को क्रमशः किनं १, ५, ६, ७, ८, १५, १६, ३४, ३७, ४३, ४५, ६१, ७२, ७४ गरी जग्गा कित्ता १४ को जम्मा क्षेत्रफल ज.वि.८–९–० जग्गा तत्कालीन जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम चिनी कारखाना लिमिटेडलाई उखुबाली विकास कार्य सञ्चालनका लागि तत्कालीन श्री ५ को सरकारले अधिग्रहण गरेको र बीरगन्ज चिनी कारखाना प्रा.लि. लाई निजीकरण ऐन, २०५० बमोजिम तत्कालीन श्री ५ को सरकारले नेपाल राजपत्र २०५९।११।१६ मा सूचना प्रकाशित गरी खारेज गरिसकेको हुनाले कारखानालाई विपक्षी बनाइएको छैन । जुन कामको लागि जग्गा अधिग्रहण गरी लिएको हो, सो काममा प्रयोग नगरेमा साविक जग्गाधनीलाई