निर्णय नं. ८५४ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५४ - ठगी भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०९/२९ २५६६ निर्णय नं ८५४ ने.का.प. २०३१ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२४ सालको फौ.पु.नं. ५२०।५४१ फैसला भएको मिति : २०२८।९।२९।५ मा पुनरावेदन : का.इ. ठमेल बस्ने भगिरथ नरसिं प्रधान विरुद्ध विपक्षी : का.ई. जुद्ध सडक बस्ने वि.एल.शर्मा भन्ने विश्वम्भरलाल शर्मा, इन्डीयन एयर लाइन्स कर्पोरेशन काठमाडौं स्थित अफिसर इन्चार्ज का.ई.कुपन्डोल बस्ने सत्यदास गुडा मुद्दा : ठगी (क) जुन कामको निमित्त भनी रूपैयाँ लिएको हो सो काम पूरा गरेको नदेखिए पछि धोका दिएको होइन भन्न नमिल्ने । (ख) हिस्सेदारको रूपबाट दिएको रूपैयाँ आफूतर्फबाट दाखिला गरेकोमा बेइमानीको नियतले धोका दिई गफलतमा पारी ठगी गरेको प्रष्ट हुने । अब प्रतिवादी वि.एल.शर्माले वादीबाट लिएको रूपैयाँ वादी दावी बमोजिम गफलतमा पारी ठगी गर्दै जाने कार्य गरेको हो होइन भन्नेतर्फ हेर्दा यिनै वादी प्रतिवादीहरूको हरहिसाब दिलाई पाउँ भन्ने मुद्दाको मिसिलसाथ रहेको वि.एल.शर्मा आगे भई भगिरथ नरसिंहलाई गरी दिएको ०१२।३।२१ को साझा हिस्सेदारको कागजको दफा १ मा आधा आधा हिस्सेदारमा तपाईं भगिरथ नरसिंहलाई पनि कायम गरिएको छ भन्ने समेत लेखिएको देखिन्छ सोही मुद्दाको मिसिलसाथ रहेको मिति ६ नोभेम्बर १९५५ को वि.एल.शर्माले असिस्टेन्ट ट्राफीक मैनेजर इयन्डीयन एयर लाइन्स कर्पोरेशन काठमाडौंलाई पत्र लेखी बोधार्थ वि.एन.प्रधानलाई दिएको सो पत्रमा वि.एन.प्रधान र वि.एल.शर्मा दुवै बराबर हिस्सेदार भएको जनाउ हामीहरूले तपाईलाई दिएको छु हिस्सेदारी स्वीकृति गर्नु भई यस कम्पनीलाई तिरिने सबै आयस्ता वि.एल.शर्मा कम्पनीको नाउँमा क्रश चेकमै पठाइयोस भन्ने समेत लेखिएको देखिन्छ तर सो पत्र एयर लाइन्स कर्पोरेशनमा पठाएको भन्ने देखिन नआई वि.एन.प्रधानलाई बोधार्थसम्म दिएको देखिन आएको छ । उक्त मिसिल सामेल रहेको इन्डीयन एयर लाईन्स कर्पोरेशन काठमाडौंले २९ मार्ग १९५६ मा श्री एम.एन.प्रधानलाई लेखेको पत्रमा तपाईको हिस्सेदारी भएकोबारे तथा वि.एल.शर्मा कम्पनीमा तपाई मार्फत केही रूपैयाँ राखेको बारेमा समेत प्रत्यक्ष तरीकाबाट हामीहरूले खबर नपाएको हुँदा वि.एल.शर्मा उनको कम्पनीसंगको तपाईको निजी कारवाइहरू केही भएको भएमा हामीहरूलाई केही सरोकार छैन भन्ने समेत उल्लेख भएको र प्रस्तुत मुद्दाको वादीको फिरादपत्रमा सो कम्पनीको एजेन्सीको हिस्सेदार भन्न आई.ए.सी.कम्पनीको पूर्व स्वीकृती लिनु पर्ने रहेछ तर सो लिएको रहेछ भन्ने समेत लेखिएको देखियो तर सो बमोजिम वादी हिस्सेदार बन्न आई.ए.सी.कम्पनीको स्वीकृति भएको र लिएको छ भनी प्रतिवादी वि.एल.शर्माले भन्न र सो कुराको प्रमाण पेश गर्न सकेको देखिँदैन । उक्त मिसिल सामेल रहेको मिति ५ जुलाई ५५ को इन्डीयन एयर लाइन्स कर्पोरेशनको कागजमा काठमाडौं जुद्ध सडकको बि.एल.शर्मा कम्पनीबाट धरौटी पच्चीस हजार एक रूपैयाँ सधन्यवाद प्राप्त भयो भन्ने उल्लेख भएको र सो कागजबाट वि.एल.शर्माले वि.एन.प्रधानबाट लिएको रूपैयाँ त्यसमा गाभिएको भन्ने देखिन नआएबाट वि.एल.शर्माले वादी भगिरथ नरसिंसँग जुन कामको निमित्त भनी रूपैयाँ लिएको हो सो काम वि.एल.शर्माले पुरा गरेको भन्ने देखिन आएको छैन जहाँ सो कार्य पुरा गरेको नदेखिएपछि बि.एल.शर्माले वादीलाई धोका दिएको होइन भन्न मिल्ने देखिएन अतः हिस्सेदारको रूपबाट वादीले दिएको रूपैयाँ वि.एल.शर्माले आफूतर्फबाट आई.ए.सी.मा दाखिला गरेको हुँदा प