निर्णय नं. ८६८३ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६८३ - भ्रष्टाचार भाग: ५३ साल: २०६८ महिना: पौस अंक: ९ फैसला मिति :२०६८/०२/०२ ४६६९ ने.का.प. २०६८, अङ्क ९ निर्णय नं. ८६८३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री तर्कराज भट्ट २०६३– CR–००३५, ०६२ र ००८० फैसला मितिः २०६८।२।२।२ मुद्दा :— भ्रष्टाचार । पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग, विराटनगर उपमहानगरपालिका वडा नं. २ बस्ने चक्रबहादुर कार्की विरुद्ध प्रत्यर्थी वादीः गीता श्रेष्ठको प्रतिवेदन जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग, विराटनगर उपमहानगरपालिका वडा नं ५ बस्ने मोतीलालभक्त खवास विरुद्ध प्रत्यर्थी वादीः गीता श्रेष्ठको प्रतिवेदन जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, कपन गा.वि.स. वडा नं. १ बस्ने रामचन्द्र गड्तौला विरुद्ध प्रत्यर्थी वादीः गीता श्रेष्ठको प्रतिवेदन जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या.श्री भूपध्वज अधिकारी मा.न्या. श्री कोमलनाथ शर्मा मा.न्या. श्री चोलेन्द्र शम्शेर ज.ब.रा. § प्रचलित कानून तथा बैंकले तयार गरेको निर्देशिकाबमोजिम धितोस्वरुप पेश गरेको जग्गा सम्बन्धित व्यक्तिको नाउँमा दर्ता छ, छैन ? जुन उद्योगको नाममा ऋण माग गरेको हो सो उद्योग दर्ता छ, छैन ? बुझी जग्गा दर्ता र उद्योग दर्ता भएको देखिए धितो दिएको जग्गा रोक्का गर्न सम्बन्धित मालपोत कार्यालयमा पठाई मालपोत कार्यालयबाट रोक्का गराई जग्गाको स्थलगत मूल्याङ्कन समेत गरी जग्गाको प्रकृति समेत हेरी जाँची जग्गाधनी प्रमाणपूर्जा, चारकिल्ला प्रमाणित, नक्सालगायतका ऋण माग गर्दा भर्नु पर्ने फाराम, पुर्‍याउनु पर्ने प्रक्रिया पूरा गरेपछि लगानी गरेको ऋण असूल हुने भएपछि मात्र ऋण लगानी गर्नुपर्ने । (प्रकरण नं.६) § आफू बैंकको प्रबन्धक भएको अवस्थामा ऋण लगानी गर्दा बैंकको निर्देशन पालना नगरी, पेश भएको धितोको बारेमा छानबीन नगरी, प्रचलित कानूनी व्यवस्थाको विपरीत हुने गरी लापरवाही गरी नक्कली कागज र काल्पनिक ऋणीका नामबाट ऋण प्रवाह गरी आफूलाई फाइदा बैंकलाई नोक्सान पुर्‍याएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर देखिने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू प्रकाश राउत, माधव वास्कोटा, विनोद शर्मा, नरेन्द्रकुमार श्रेष्ठ, राजु आचार्य, अर्जुन खनाल, जगतबहादुर कार्की वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता सरोजप्रसाद गौतम अवलम्बित नजीरः सम्बद्ध कानूनः § भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, २२ फैसला न्या.रामकुमार प्रसाद शाहः विशेष अदालत काठमाडौंको मिति २०६३।३।१२ गतेका फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः— यस बैंकको शाखा कार्यालय खाँदबारीबाट कर्जा कारोबार गर्ने तपसीलमा उल्लिखित ऋणी र बैंकका कर्मचारीहरू परस्परमा मिलेमतो गरी बद्‌नियतपूर्वक कर्जा लिनुदिनु गरी भ्रष्टाचारपूर्ण कसूर गरेकोले कर्जा शीर्षक उद्योग, कर्जा नं. ३८/६२ देखि ३८/८१ सम्म र कर्जा नं. ३८/१४ र ३९/०१ का निम्न ऋणीहरू र निजहरूको तर्फबाट आएका चक्रबहादुर कार्की, प्रबन्धक मोतीलालभक्त खवास, व.स. रामचन्द्र गड्तौला र छानवीनको सिलसिलामा अन्य व्यक्तिहरूको समेत मिलेमतो देखिन आएमा ती व्यक्तिहरूलाई समेत पक्राउ गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारवाही गरी बैंकलाई हानि नोक्सानी भएको सावाँ रु. ३३ लाख र सोको ब