निर्णय नं. ६३३ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३३ - लेनदेन भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०२/०७ २१४१ निर्णय नं. ६३३ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री राज ईश्वरी जङ्गबाहुर सिंह सम्वत २०२६ सालको देवानी फु.नम्बर ५७ फैसला भएको मिति : २०२८।२।७।६ निवेदक : का.जि. नैकाप वानेटार बस्ने सोमकुमारी खड्का क्षेत्री बिरूद्ध विपक्षी : ऐ ऐ नैकाप मध्यचागुटार बस्ने चिरंजिबी गौतम मुद्दा : लेनदेन (१) फैसलाबमोजिम घर जग्गा छाडी नदिएमा–कानूनबमोजिम नालेस गर्नु पर्नेमा–सो गरेको नदेखिएमा–उक्त घर जग्गा छाडी दिएको छैन भन्ने जिकिर पुग्न नसक्ने । प्रतिवादीको उपरोक्त जिकिरको सम्बन्धमा हेर्दा लिखत बदर मुद्दामा ०१७।१२।१७।५ मा फैसला भई यो मुद्दा परी सकेपछि निज प्रतिवादी सोमकुमारीले ११ सालदेखि १७ साल तकको बाली बिगो भराइपाउँ भनी उक्त मुद्दा फैसला भएको ०१७ सालसम्मको बालीको हकमा मात्र दावी लिई चिंरजिवीउपर ०१८।११।१५ मा नालेस गरेकोमा ०१५।१६।१७ साल बर्ष ३ सम्मको बाली बिगो रु.२२८। भरी पाउने ठहरी बाग्मती अञ्चल अदालतबाट ०२४।१०।११।५ मा फैसला भएको रहेछ । लिखत बदर मुद्दामा फैसला भएको ०१७।१२।१७।५ यता फैसलाबमोजिम आधा जग्गा साहुले आफूलाई छाडी नदिएको भए त्यसतर्फ पनि निज सोमकुमारीले कानूनबमोजिम नालेस गर्नुपर्ने गरेको नदेखिएकोले वादीले जग्गा छाडी दिएकै छैन भन्ने जिकिर मुनासिव देखिदैन । (प्रकरण नं. १५) (२) तत्काल प्रचलित साहु आसामीको २२ नं. : अपुताली खाने सन्तान अरू नै छन् भन्ने सबूत पुर्याउन नसकेमा–निजले अपुताली खाएको प्रष्ट भई जसको अपुताली खाएको हो उसको साहु तिर्नपर्ने । छोरा कृष्णेको अंशबण्डा भई अपुताली परी मैले खाएको नहुँदा मैले ऋण तिर्नु नपर्ने भन्ने जिकिरका हकमा छोरा कृष्णे मेरो एकाघर सगोलको होइन, निजको अपुताली खाने सन्तान अरूनै छन् भन्न त्यस कुराको सबूत पुर्याउन नसकेकीले छोरा कृष्णेको अपुताली खाने प्रतिवादी सोमकुमारी नै भएकी प्रष्ट हुन्छ, तत्काल प्रचलित साहु आसामीको २२ नं. अनुसार अपुताली खाएपछि साहु तिर्दिन भन्न नपाउने हुँदा छोरा कृष्णेको ऋण प्रतिवादी सोमकुमारीले नै तिर्नुपर्ने देखिन्छ । (प्रकरण नं. १६) (३) कुनै निर्णय प्रमाणको निम्ति प्रस्तुत गरेमा–उक्त निर्णय ठिक बेठिक भन्ने निर्णय दिन नमिल्ने । ऋणरकम निश्चितमा भूमिसम्बन्धी ऐनअन्तर्गत भूमिसुधार कार्यालयले गरेको निर्णय पुनरावेदन अथवा कुनै उजुरीको तहबाट ठिक बेठीक जाँचिन आएको नभई अदालतमा परिरहेको मुद्दाको प्रमाणको लागिसम्म आएको यस स्थितिमा उक्तनिर्णय प्रमाणमा लिन मिल्ने नमिल्ने सम्म कुरा अदालतबाट विचार हुनसक्ने हो, उक्त निर्णयको औचित्यमा हेरी मान्य हुने नहुनेसमेत कुराको अदालतले कुनै निर्णय गर्न कानूनले मिल्ने देखिंदैन । (प्रकरण नं. १७) निवेदक तर्फबाट : अधिवक्ता श्री सुधानाथ पन्थ विपक्षी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल उल्लेखित मुद्दा : फैसला प्र. न्या.श्री रत्नबहादुर १. प्रतिवादी सोमकुमारीको छोरा कृष्णे खड्काले मसँग रु.१७२७। लिई ठानेटार खेत १०।१३।२।७ मिति ०१४।९।२० गते भोगबन्धकी प्राप्त दिएकोमा निज सोमकुमारीले उजुर गर्दा आधा सदर आधा बदर हुने ठहरी फैसला भएकोले आधा कपाली भएको रु.८६३।५० र जग्गा भोग गर्न नपाएको ०१७।८।१ गते यताको ब्याज समेत आसामी कृष्णे मरी अपुताली खाने सोमकुमारीबाट भराई पाउँ भन्ने वादी । २. वादीले मलाई आधा जग्गा दिएकै छैन, छोरा कृष्णेको कुनै अंश बण्डा भई अपुताली