निर्णय नं. ८५५ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५५ - जग्गा खिचोला भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०९/०५ २३४६ निर्णय नं. ८५५ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०२९ सालको दे.फु.नं. १४३ फैसला भएको मिति : २०३१।९।५।६ मा निवेदक : डोटी सावल लुंसाकोट गाउँ पञ्चायत वार्ड नं.२ वखते गाउँ बस्ने तारानाथ ओझा समेत विरूद्ध विपाक्षी : ऐ.ऐ. खडगाडा गाउँ बस्ने कालो वोहरा समेत मुद्दा : जग्गा खिचोला (१) हद माथि वा मुनिको छुट्याउँदा वादीले नालेसमा खुलाई कोर्टफी दाखिल समेत गरेको विगोलाई नै कायम मान्न पर्ने, पहिले नै कोर्टफी राखेकोमा पछि खुलाएको विगोबाट हदमाथिको गर्न नमिल्ने । यसमा यो मुद्दा अञ्चल अदालतले छिने उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने नलाग्ने हदमुनि या माथि के रहेछ भन्ने तर्फ हेर्दा सेती अञ्चल अदालतको ०२६।४।२० को फैसलामा विगोबाट हदमाथिको हुँदा पुनरावेदन लाग्ने भनी म्याद दिएको आधारमा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता हुन आएको देखिन्छ विगो के कति रहेछ भन्नेतर्फ हेर्दा प्रस्तुत नालेसमा वादीले दावीको जग्गाको आज भोलिको बिक्री दरले रू.१०००। मोल जाने भनी खुलाएको र शुरूमा नालेस गर्दा र शूरु उपर पुनरावेदन दिंदा समेत सोही विगोलाई कायम मानी लाग्ने कोर्टफी दाखिल गरे गराएको पाइन्छ । सेती अञ्चल अदालतको फैसलाको १ दफामा ०२६।४।२० मा छुट भनी दाखिल गरेको कोर्टफी रू.१०३।७५ भन्ने उल्लेख गरेको हकमा सो ०२६।४।२० मै उक्त अञ्चल अदालतले फैसला गरेको उक्त फैसलामा उल्लेख गरे अनुसार छुट भनी कोर्टफी रू.२०३।७५ दाखिल गरे गराएको कुनै आधार र आम्दानी बाँधेको निस्सा समेत मिसिलमा पाउन सकिएन । यदि पछि बढी मोल विगो खुलाई छुट्टै कोर्टफी भनी दाखिला गरे गराएकै भए पनि मुद्दा हदमाथि या मुनिको छुट्याउँदा वादीले नालेसमा खुलाई कोर्टफी दाखिल समेत गरेको विगोलाई नै कायम मान्नु पर्ने यसरी पहिले नै कोर्टफी रहेकोमा पछि खुलाएको विगोबाट हदमाथि गर्न नमिल्ने समेत हुँदा वादीले नालेसमा रू.१०००। मात्र मोल विगो खुलाई कोर्टफी दाखिल गरेको यो मुद्दा तत्काल प्रचलित न्याय प्रशासन विविध व्यवस्था ऐन, ०१८ को संशोधित दफा ८ को उपदफा २ को खण्ड (क) अनुसार हद मुनिको हुने भई सेती अञ्चल अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने देखिएन तसर्थ सेती अञ्चल अदालतको फैसला उपर वादी पक्षले सर्वोच्च अदालतमा दिएको पुनरावेदन खारेज हुने ठहर्छ पुनरावेदन खारेज हुने ठहरेकोले अरू कुरा विचार गरिरहनु परेन, वादी पक्षको पुनरावेदन कायम मानी ०२८।२।२६।४ को डिभिजन बेञ्चले फैसला गरेको मिलेको देखिएन, अरू तपसील बमोजिम गर्नु । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विपक्षी तर्फवाट : उल्लिखित मुद्दा : फैसला न्या. ईश्वरीराज मिश्र १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजधिाराजबाट हुकुम प्रमांगी बक्स भई आए बमोजिम मुद्दा दोहरिएबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यस प्रकार छ : हामीहरूका पुर्खाका दिनदेखि खर्क खरबारी समेतको माझ थलो भन्ने जग्गा चलन भोग गरिआएको जग्गा मध्ये फलानो भन्ने आवादी पाखो जग्गा समेतलाई हाल आवादी दर्ता गराई पाउँ भनी ०१ सालमा डोटी मालमा दर्खास्त गरेको सो जग्गा हामीहरूको भोग चलनको हुँदा जग्गा थामिपाउँ दरखास्त बदर गरिपाउँ भनी फिराद गर्दा फलानो गडो जग्गा सरकारको नाउँमा दर्तासम्म