निर्णय नं. ६३४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३४ - लेनदेन भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०२/११ २१९७ निर्णय नं. ६३४ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री झपट सिंह रावल न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२६ सालको देवानी फुल नम्बर ८३ फैसला भएको मिति : २०२८।२।११।३ निवेदक : डोटी गडसीरा आलीपाटा गाउँ बस्ने नरबहादुरको मु.स.गर्ने पूर्ण सिं देउवा विरूद्ध विपक्षी : डोटी निरौला गाउँ बस्ने डिल्लीराज भण्डारी मुद्दा : लेनदेन (१) तत्काल प्रचलित रजिष्ट्रेशनको ७ नं. : धितो लेखिएको घर जग्गा साहुले नै भोग गरी आएमा–निजले ७ नं.अन्तर्गत व्याज नपाउने । व्याजसमेत भराई पाउँ भन्ने दावीको हकमा यस्तो ऐनले रजिष्ट्रेशन पास गर्नुपर्ने लिखत पास नभई कपालीसरह हुन आएकोमा साहुले भोग नपाएको जतिमा मात्र ऐनबमोजिमको व्याज पाउने उपरोक्त रजिष्ट्रेशनको ७ नं.मा व्यवस्था छ, जग्गा मैले भोग गरेकै छैन भन्ने वादी, वादीले नै भोग गरेको छ भन्ने प्रतिवादी भइ भोगको सम्बन्धमा विवाद उठेकोले त्यसको निराकरणका लागि हेर्दा जग्गा आफूले भोग गरेकै छैन भन्ने कुराको साक्षी सबूद वादीले गुर्जान नसकेका र प्रतिवादी साक्षी राम सिं, कालु बोहरा २ जनाले १८ सालसम्म वादीले चलन गरेको ०१९ सालदेखि वादीले नै चलन गरी बाँझो राखेको भनी बकेकोबाट भोग लेखिएको जग्गा वादीकै चलन कब्जामा रही ०१८ सालसम्म वादीले नै भोगी आयस्ता खाएको सिद्द हुन्छ । ०१९ सालदेखि बाँझो रहेको भन्ने हकमा ०१८ सालसम्म आफ्नो भोग कब्जामा रहेको जग्गा सो पछि प्रतिवादीले भोग कब्जा छुटाई लिई आवाद नगरी बाँझो राखेको भन्ने वादीका जिकिर र सबूत नभएकोले प्रतिवादीले आवाद नगरी बाँझो राखेको भन्न नमिल्ने र वादीकै कब्जामा रहेको जग्गा बाँझो राखेमा प्रतिवादीको गल्ती नदेखिएकोले भोग धितो लेखिएको जग्गा साहुकै भोग कब्जामा रहेको छँदाछदै उक्त रजिष्ट्रेशनको ७ नं.ले व्याज पाउँछ भन्न मिल्ने देखिदैन । (प्रकरण नं. १३) (२) अदालतमा प्रवेश गरेको अवस्थालाई ध्यानमा राखी हक दावीको निर्णय दिनपर्ने । भरी पाउने अंक भारु.को सटही दर कुन कायम हुने हो भन्नेतर्फ हेर्दा वादीले अदालतमा प्रवेश गरी नालिस गर्दा तत्काल प्रचलित सटही दर भा.रु.१०० को ने.रु.१६०। भई सोही दरले दावी गरेको देखिन्छ । वादीले जुन कुराको हक दावी लिई अदालतमा प्रवेश गरेको छ सोही अवस्थालाई लिएर निजको हक दावी ठीक बेठीक के हो भन्ने निर्णय गर्नुपर्ने हुन आउँछ । (प्रकरण नं. १४) निवेदक तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट विपक्षी तर्फबाट : अधिवक्ता श्री मधुप्रसाद शर्मा उल्लेखित मुद्दा :  फैसला न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह १. नरबहादुरले ०१७।६।२५।३ मा मबाट घर खर्च गर्न भनी भा.रु.९००० नौं हजार लिई बन्धकी तमसुक गरी दिएको पास गरी नदिएकोले कपाली भई रूपैया माग्दा नदिएकोले भा.रु.९००० को ने.रु.१४४००। को फैसला भएको अन्तिम मितिसम्मको व्याज र सावा भराई दिलाई पाउँ भन्नेसमेत ०१९।११।१६ को डिल्लीराज भण्डारीको फिरादपत्र । २. विपक्षीबाट १७।६।२५ मा भा.रु.९००० कर्जा लिई जग्गा भोगबन्धकी लेखी दिएको हुँ, जग्गा विपक्षीकै चलन भोगमा छ, पास गरी दिन मैले तारवार गरेको छैन, भोगबन्धकी कागज पास नभए पनि भोगबन्धकी जग्गा चलन गरी खाई आएपछि सावामा समेत पक्राउ गर्न नमिल्ने भन्नेसमेत ०२०।१।२ को नरबहादुर देउवाको प्रतिउत्तरपत्र । ३. लेखन पास नभएकोले जग्गा भोग चलन गर्नु भन्न मिल्दैन, व्यक्तिलाई पत्यार गरी कर्जा लिएको भए कपाली लिखत गराए पुग्नेमा जग्गा डि