निर्णय नं. ८५६ - बन्धकी थैली बुझाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५६ - बन्धकी थैली बुझाई पाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०९/०२ २१९१ निर्णय नं. ८५६ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश रत्नबहादुर विष्ट माननीय न्यायाधीश धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको दे.फु.नं. १२० फैसला भएको मिति : २०३१।९।२।३ मा निवेदक : ऐ.ऐ. सांगे डाडा पयर बस्ने रेबलाल माध्या विरूद्ध विपक्षी : ऐ.ऐ. सांगे फाँट बस्ने केशवराज वाग्ले मुद्दा : बन्धकी थैली बुझाई पाउँ (१) तत्काल प्रचलित साहू आसामीको १ नं. अनुसार गरी अर्को गराई लिन नसकी बन्धकीको दोहरी हराएकोले दर्खास्त दिएको भन्ने सम्मले हराएको कायम मान्न मिल्ने नदेखिने । यसमा वादी दावीको कदमे खेत बन्धकी थैली बुझी लिई वादीहरूले छाडी दिनु पर्ने ठहराई शुरू तनहु जिल्ला अदालतले छिनेको इन्साफ उल्टाई बन्धकी थैली बुझी कदमे खेत छाडी दिनु नपर्ने ठहराई गण्डकी अञ्चल अदालतले छिनेको र ०३०।५।२४।१ को डिभिजन बेञ्चले गण्डकी अञ्चल अदालतको इन्साफ सदर गरेकोमा वादीको निवेदन परी बक्स भएका हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरिई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ उक्त कदमे खेत बन्धकी दिएको निखनाई पाउँ भन्ने वादीको दावी भएकोमा राजीनामा र मिलापत्र समेतबाट मेरो हक भएको भन्ने प्रतिवादी केशवराजको जिकिर भएको पाइयो, यस्तो बन्धकी निखनाई पाउँ भन्ने कुरामा बन्धकी भन्ने आफ्नो दावीलाई समर्थन सबूत प्रमाण गुजार्नु पर्ने दायित्व वादी माथि निर्भर रहने हो वादीले तत्काल प्रचलित साहू आसामीको ३४ नं. अनुसारको दोहरी समेत बन्धकीको लिखित सबूत कुनै पनि दिन, गुजार्न नसकेको मात्र होइन यो यस महिना मितिमा बन्धकी दिएको भन्ने सम्म पनि किटान गर्न सकेको पाइएन, बन्धकीको दोहरी हराएकोले दर्खास्त दिएको भन्ने भनाई भएको हकमा तत्काल प्रचलित साहू आसामीको १ नं. अनुसार गरी अर्को गराई लिन नसकेकोमा दर्खास्त दिएको भन्ने सम्म कुराले हराएको कायम मान्न मिल्ने देखिँदैन, सो कदमे खेत वादी समेतका नाममा दर्ता भएको प्रतिवादीबाट पेश भएको गंगीले गरी दिएकी भनेको राजीनामा लिखतमा सासु रुक्मीणाका नाउँमा दर्ता भई मेरो हक हुन आएको भनी उल्लेख गरेकोबाट प्रतिवादी केशवराजले गंगीबाट राजीनामा लिएको जमीन रुक्मीणा दर्ताको मात्र देखिने भन्ने तर्क उठाइएको हकमा सो अनुसार रुक्मीणा दर्ताको मात्र गंगीबाट राजीनामा गराई लिएकोमा वादी समेतको दर्ता हकको जग्गा दावी गर्न आएको समेत भए त्यसतर्फ हक बेहकको तेरो मेरोमा कानून बमोजिम नालेस गरी आफ्नो हक सदाई लिनु पर्ने कुरा हो यो मुद्दामा बन्धकी निखनाई पाउँ भन्ने वादीको मुख्य दावी भएकोमा बन्धकी स्वीकार नगरी राजीनामा मिलापत्रबाट मेरो हक भएको भन्ने प्रतिवादी केशवराजको जिकिर भएको वादीले बन्धकीको सबूत प्रमाण कुनै पनि गुजार्न नसकेको यस स्थितिमा सबूत प्रमाणको अभावमा बन्धकी कायम गरी निखनाई दिन नमिल्ने समेत हुँदा बन्धकी निखनाई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने ठहराएकोसम्म इन्साफ गण्डकी अञ्चल अदालतको सदर गरी ०३०।५।२४।१ को डिभिजन बेञ्चले छिनेको मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्याएमा अरू सजाय गर्नु परेन नियम बमोजिम मिसिल बुझाइ दिनु। (प्रकरण नं. १२) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : अधिवक्ता लक्ष्मणप्रसाद अर्याल उल्लिखित मुद्दा : फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु