निर्णय नं. ६३५ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३५ - अंश दपोट भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०३/१५ ३५२५ निर्णय नं. ६३५ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२६ सालको देवानी फुल नम्बर १०१ फैसला भएको मिति : २०२८।३।१५।३ निवेदक : ओखलढुड्डा ज्यामिरे गा.पं. बुगनाम ज्यामिरे बस्ने खड्गबहादुर बानिया क्षेत्री विरूद्ध विपक्षी : ऐ ऐ बस्ने चन्द्रबहादुर वानिया क्षेत्री मुद्दा : अंश दपोट (१) तत्काल प्रचलित अंशबण्डाको ४६ नं.र हालको अंशबण्डाको २७ नं. : भाग बण्डा (अंशबण्डा) भएको नदेखिएमा–अंश दपोट गर्यो भन्ने उजुर नलाग्ने । तत्सम्बन्धमा हेर्दा तत्काल प्रचलित साविक मुलुकी ऐन अंश बण्डाको ४६ नं.मा दवाएको छपाएको छैन भनी धर्म गरेपछि दवाए छपाएको ठहर्यो भने त्यो धनमाल दवाई धर्म गर्ने चाहिंले पाउँदैन, नदवाउने अरू अंशियारले ऐनबमोजिम अंशबण्डा गरी खानु भन्ने र नयाँ मुलुकी ऐन अंशबण्डाको २७ नं.मा दवाए छपाएको छैन भनी कागज गरी सकेपछि दवाए छपाएको ठहर्यो भने त्यो धनमाल दवाउनेले पाउँदैन, नदवाउने अरू अंशियारले ऐनबमोजिम अंश गरी खान पाउँछन्, दवाएवापतको सजाय हुदैन भन्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दाको फिरादपत्रमा अंश मुद्दा परी मिलापत्र भई बण्डा उठी सकेपछि दवाए छपाएको देखिन आएको भन्ने मुख्य दावी भएकोले त्यसतर्फ हेर्दा यो मुद्दाको वादी खड्गबहादुर समेतको र प्रतिवादी चन्द्रबहादुरसमेतको अंश मुद्दा परेकोमा आ–आफ्नो बाँड फाँडसमेत खुलाई ऐन सवालबमोजिम पास गर्नेसमेत गरी २००१।६।२८ गते घरसारमा बण्डा भई सकेबाट मिलापत्र गर्नमा दुवै थरको चित्त बुझेको भनी घरसारको बण्डापत्रलाई शिरान हाली २००१।७।२२।३ मा पूर्व ३ नं.अदालतमा मिलापत्र गरेको रहेछ, सो मिलापत्र भनेको कागज अदालतमा परेको मुद्दामा रेख रूप गर्ने कामसम्म छाड्ने गरी भएको देखिन्छ । उक्त मिलापत्रबाटै भागबण्डा छुट्याइ भागबण्डा भए गरेको देखिन आएन घर सारको भनेको २००१।६।२८ को बण्डापत्रको हकमा पास नभएको भन्नेसमेत वादीको लेखाई भएको सो बण्डापत्र सदर बदरबारे परी आएको यो मुद्दा नहुनाले त्यसतर्फ अहिले यस मुद्दाबाट निर्णय दिन मिल्ने नदेखिएकोले उक्त बण्डापत्रको सम्बन्धमा कुनै कुरा बोली रहन मिलेन । यस स्थितिमा उपरोक्त ऐनबमोजिम अंश दपोटमा वादीको उजुर लाग्न सक्ने अवस्था नदेखिएको समेत हुँदा वादीको नालेस खारेज गर्ने गरी ०२६।१।१२।५ को डिभिजन बेञ्चले छिनेको मुनासिव ठर्हछ । (प्रकरण नं. १०) वादी तर्फबाट : प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा : फैसला प्रधान न्यायाधीश श्री रत्नबहादुर १. पिता मानबहादुरको २ पत्नीमा जेठीतर्फका जेठा अजयबहादुर, माहिला वीरबहादुर, साहिला दीपबहादुर, कान्छा अन्याय चन्द्रबहादुर र कान्छीतर्फका जेठो म र कान्छा हेमबहादुर हुनाले मेरी सौतेनी आमा परलोक हुनु भएपछि मेरी आमालाई विवाह गरी ल्याएपछि सँगोल छदै जेठा दाजु अजयबहादुर साहिला दीपबहादुर समेत परलोक भएबाट घरको सम्पूर्ण दामकाम पिताजीबाटै भैइरहेको १९९७ सालमा पिताको देहान्त भएको घरको सम्पूर्ण दामकाम महिला दाजु वीरबहादुरले र कान्छा विपक्षी चन्द्रबहादुरबाट चलाई आएको सँगोलमा मिल्न नसकी १९६६ सालमा हाम्रो मानो छुट्टिएको बखत म नावालख हुँदा व्यवहार सबै एकै ठाउँबाट चलेको थियो, रीतपूर्वक अंश गरौं भन्दा दाजुहरूले नमानेकोले ९९ सालमा यसै अदालतमा अंश मुद्दा दिए बाबा छँदै ८४ सालमा छुट्टि सकेकोले अंश दिन बाँकी