निर्णय नं. ६३६ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३६ - जालसाजी भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०३/३२ २९३२ निर्णय नं. ६३६ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२६ सालको फौ.फु. नम्बर ३४ फैसला भएको मिति : २०२८।३।३२।६ निवेदक : भ.पु. यालाछे ब्यासी बस्ने बुद्धिकुमार सुवाल विरूद्ध विपक्षी : ऐ बस्ने गोपाल सुवाल समेत मुद्दा : जालसाजी (१) पहिलेको भोग तिरोसमेत टुटिसकेमा–तिरो तिर्न पाउने हकको अभावमा–तिरो तिरेको रसिदलाई कानूनी मान्यता दिन नमिल्ने । ०९ सालमा खान्गी खारेज भई माल दर्ता भएपछिको हकमा पुरै जग्गाको तिरो दर्तावाला बुद्धिकुमारले नै बुझाइराखेकोमा आधी जग्गाको तिरो प्रतिवादी गोपाल सुवालले पनि दोहरा पारी बुझाई रसिद लिएको रहेछ । मैयाँ भिमा दिव्येश्वरीलाई भत्ता थामी खान्गीमा भर्ना हुन गएको ९३ सालदेखि सो खान्गीमा कायम रहेको ०८ सालसम्म वादी बुद्धिकुमारले एकलौटी बाली बुझाई तिर्जा लिएको र खान्गी खारेज भई ०९ सालमा माल दर्ता हुँदा पनि निज बुद्धिकुमारकै नाममा मात्र दर्ता हुनगएको यसस्थितिमा पहिलेको भोग तिरोसमेत टुटिसकेको प्रतिवादी गोपालले सो जग्गाको आधी तिरो तिर्न पाउने कानूनी हक नरहेको समेत हुँदा ०९ साल पछिको दोहरा पारी तिरो तिरेको रसिदलाई कानूनी मान्यता दिन मिल्ने देखिन आउँदैन । (प्रकरण नं. १५) निवेदक तर्फबाट : वरिष्ट अधिवत्ता श्रीकृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : अधिवक्ता श्रीनारायणप्रसाद श्रेष्ठ उल्लेखित मुद्दा :  फैसला प्रधान न्यायाधीश श्री रत्नबहादुर १. मेरो भागवण्डामा परी मोहिया दर्ता भएको भएको साल १ को धान ६।९।६।३ गहुँ १।३।२।९ घ्यू ।९३।१ बुझाउनु पर्नेमा दुर्गा ४ सु. खान्गीको ३९ नं.लुकुंडोल सिं नं.६५ को खेत ५ रोपनी ३ आना १ पैसा जग्गा ०८ सम्म खान्गीमा र ०९ सालदेखि माल नम्बरी हुन आएदेखि ०१४ सालसम्म अवछिन्न मैले तिरो गरी आएको सो जग्गामध्ये आधी जग्गा फोरी १३।१४ सालको रसिद जि.दिपबहादुरले दिने, गोपाल सुवालले लिने गरेका रहेछन । बिना निस्सा प्रमाणले खला तिरो फोरी जालसाजबाट तिरो रसिद लेनदेन गरेमा सजाय गरी पाँउ भन्नेसमेत वादी । २. ८० सालको नापीभन्दा अगाडि दावीको माटो मुरी ।२० मध्ये ।५ मेरा बाबु जितबहादुरका नाउँमा र ।५ माइला बाबु रत्नबहादुरका नाउँमा ।१० वादीका नाउँमा दर्ता भई तिरो छुट्टाछुट्टै बुझाई रसिद दिने लिने गरी आएको ०९ सालमा खान्गी खारेज भई मालमा लगत आएपछि बाबु जितबहादुरका नाउँको ।५ र माइला बाबु रत्नबहादुरका नाउँको ।५ समेत गरी ।१० बाबुहरू मरी मेरो हक हुनआएको मेरा नाममा दर्ता गरी देउ भनी वादीलाई भन्दा आलटाल गरी रहेका थिए । आधी जग्गा मैले भोगचलन गरी ०१५ सालको नापीमा समेत मैले नापजाँच गराइसकेको छु । ८० सालअघिदेखि लगत छुट्टाछुट्टै दर्ता भई ९२ सालको बालीसम्म पनि भ.पु.मालमा तिरो बुझाई आएको थिएँ र खान्गीमा लगत गएपछि पनि खान्गीदारलाई अघि आधी तिरो बुझाई तिर्जाको मोठमा जनाइ लिई राखेकोछु । वादीसँग रसिद तिर्जा होला सद्दे कुरा लुकाई झुठ्ठा उजुर गरेको हो भन्नेसमेत गोपाल सुवालको प्रतिवादी । ३. जि.दिपबहादुरले प्रतिवादी नदिई म्याद गुजारी बसेको । ४. भ.पु.माल बुझेमा बुद्धिकुमार सुवाल लेखिएको देखिएको प्र.को जिकिर बमोजिम रीत पुगी तिरो फोरीएको भए मालले त्यस्तो जवाफ दिनु नपर्ने र प्र.गोपालले निजको हक भएबाट तिरो फोरीएको सबूद गुजार्न नसकेकोले रसिद जालसाज गरेको ठहर्छ भन्नेसमेत भक्तपुर इलाका अदालतको ०