निर्णय नं. ६३७ - उत्प्रेषणको आदेश जारी गरीपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३७ - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०५/११ २४९४ निर्णय नं. ६३७ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत २०२६ सालको रिट नम्बर ७९३ आदेश मिति : २०२७।५।११।५ निवेदक : ताप्लेजुंग जिल्ला खोक्लिङ्ग गा.पं.वडा नं.६ बस्ने विष्णुभक्त थापा क्षेत्रीसमेत विरुद्ध विपक्षी : जि.भू.सु. का. ताप्लेजुङ्गका भूमिसुधार अधिकारी श्रीमानबहादुर जवेगुसमेत विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ (१) भू.सं.ऐन,२०२१ को दफा ४५ (घ) : ऋण साधन गर्दा मोही बोटी छुटाई तलसिं बोटीलाई मात्र आयस्ता खाएको मान्नु पर्ने समुच्चै (दुवै) लाई आयस्ता कायम गर्न नहुने । प्रस्तुत केशमा पनि भूमिसुधार अधिकारीको निर्णयमा जम्मा ५९ मुरी मध्ये वनिवुटि ज्याला मजुरीवापत मुरी ९ परसारी भन्ने उल्लेख भएबाट मोहिया बोटी नकटाई समुच्चै आयस्ता को हिसाब गरी ऋणसाधन गरेको देखिन आयो । यसरी मोही बोटी छुटाई तलसिं बोटीलाई नै आयस्ता खाएको मानी भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ (घ) बमोजिम ऋण साधन गर्नुपर्नेमा सो नगरी समुच्चैलाई आयस्ता कायम गरेको कानूनअनुरूप भएको देखिएन । तसर्थ भूमिसुधार अधिकारीको ०२६।१०।२० को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट उल्लेखित मुद्दा : आदेश न्यायाधीश श्री वासुदेव १. विपक्षी मध्येका सलबहादुर थापा तथा अर्जुन थापाको २०१५ सालमा भा. रू ७८६० र पछि २०२२ सालमा थप रु.१२०० लिई ५० मुरी उब्जा हुने एक कित्ता तथा १० मुरी उब्जा हुने एक कित्तासमेत गरी दुई कित्ता जग्गा भोगबन्धकी पास गरी दिएकोमा साहूले खान पाउने भन्दा बढी आयस्ता खाई भोगी आएकोले ऋण रकम निश्चित गरि जग्गा निखनाई पाउँ भन्ने विपक्षी भूमिसुधार अधिकारी समक्ष उजूरी परेकोमा २०१५ सालमा भा.रू ७८६०। र पछि २०२२ सालमा थप रु.१२०० लिई ३५ मुरी उब्जा हुने १ कित्ता ९ मुरी उब्जनी हुने १ कित्तासमेत गरी २ कित्ता रैकर जग्गा २०२३ सालमा भोगबन्धकी पास गरी भोगी आएका छौं र साहुले खान पाउने भन्दा बढी आयस्ता खाएको छैन भन्ने प्रतिवाद बयान भइसकेपछि कुनै कुरा नबुझी विपक्षी भूमिसुधार अधिकारीले एक कित्ता जग्गाको उब्जा ५० मूरी तथा अर्को कित्ता जग्गाको ९ मुरी उब्जा कायम गरी बनी बुटि ज्याला मजुरी वापत ९ मुरी पर सारी सालको ५० मुरी आयस्ता खाएको भनी भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ (घ) बमोजिम रु.११९७१ बढी खाएको देखिंदा सावा साधन भइसकेको ठहर्छ भनी २०२६।१०।२० मा निर्णय गरिदिनुभयो । सो निर्णयबाट नै सबै कुरा स्पष्ट हुने हुँदा सो निर्णयको एक प्रति प्रतिलिपी यसै निवेदनपत्रको अभिन्न अंगको रूपमा यसै साथ पेश गरेको छु । जग्गाको उब्जनी वादीले ६० मुरी हुन्छ भनी दावी लिएको प्रतिवादीले ४४ मुरी हुन्छ भनी बयान गरेकोले जग्गाको उब्जनीलाई लिएर वादी प्रतिवादीको मुख नमिलेको प्रष्ट छ । यसरी वादी प्रतिवादीको जग्गाको उब्जनीका सम्बन्धमा मुख नमिलेमा यसो गर्न गराउन पर्दछ भन्ने स्पष्ट भूमिसम्बन्धी ऐन, २०२१ मा उल्लेख भए गरेको छैन तापनि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ६३ मा यो ऐन र यस अन्तर्गत बनेको नियममा लेखिएकोमा सोहीबमोजिम र अरूमा प्रचलित नेपाल कानूनबमोजिम हुने व्यवस्था भए गरेको र मुलुकी ऐन जग्गा मिच्नेको १३ नम्बरमा स्थानीय भलादमी र संधियार बुझी मुचुल्का लिई जग्गाको उब्जनी बाँध्नु पर्ने किटानी व्यवस्था