निर्णय नं. ८५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०८/२५ १९६८ निर्णय नं. ८५७ ने.का.प. २०३१ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् ०३१ सालको रिट नम्बर ९८७ आदेश भएको मिति : ०३१।८।२५।५ मा निवेदक : का.जि. न.पं. वडा नं. २७ कमलादी बस्ने मोहनराम भण्डारी विरुद्ध विपक्षी : भूमिप्रशासक, भूमिप्रशासन कार्यालय काठमाडौं विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कानूनी व्यवस्थाको विपरीत निवेदकको घर जग्गाको बहाल खान नपाउने गरी कारवाईको सिलसिलामा रोक्का गर्ने अधिकार भूमिसम्बन्धी ऐनमा व्यवस्था भएको नपाइने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : आदेश न्या. हेरम्बराज १. विपक्षी भूमिप्रशासन कार्यालयको ०३१।४।३१ को आदेश बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. तथ्य यस प्रकार छ : श्री ५ शाहज्यादी शाहन शाहको अधिकतम् हदभन्दा बढी देखी कारवाई चलेको पूर्व मूल सडक पश्चिम लिलाशमशेरको ढोका उत्तर लिलाशमशेरकै जग्गा दक्षिण बाटो यति ४ किल्ला भित्रको २ रोपनी ८ आना जग्गा छाड्न भनी कागज गरेको र उक्त ४ किल्ला भित्र बनेको घर जग्गाहरू घरमा राखेको भाडा समेत पछि मुद्दा किनारा हुँदा ठहरे बमोजिम हुने गरी हाललाई यस कार्यालयको धरौटी खातामा जम्मा गर्नु भनी निवेदकको वारेसले देखाएको, बहालमा बसेको होण्डा कम्पनी १ हिमालय ट्राभल्स १, गोर्खा ट्राभल्स १ र होटेल स्न्याक्स समेतलाई लेखिपठाएको हुँदा निजहरूले बुझाउनु पर्ने बहालमा नपक्रनु भनी ०३१।४।३१।५ मा आदेश भएकोले जानकारी गराएको छु भनी निवेदकलाई भूमिप्रशासन कार्यालय काठमाडौंबाट ०३१।५।३ मा पत्र लेखी पठाएको रहेछ । ३. उक्त निर्णय बदर गराई पाउँ भनी यस निवेदनमा लिएको जिकिर यस प्रकार छ : श्री ५ शाहाज्यादी शाहान शाहको आफ्नो क्याम्पमा मौसूफहरूको भागमा जग्गा रोपनी ६४ थियो सो मध्ये श्री ५ को सरकार सडक विभागले रानीपोखरीको उत्तर पूर्वमा रहेको तीनधारा पाठशालाको उत्तरपट्टिबाट नक्साल जाने पूर्व पश्चिम बाटो चौडा गर्दा जग्गा रोपनी १–४–० परेको छ र राजदरबारको दक्षिण ढोकाबाट अन्नपुर्ण होटल हुँदै रानीपोखरीको उत्तरपूर्व छेउ तिनधारा पाठशालासम्म १००। फुट चैडाईको दरबार मार्ग बनाउँदा जग्गा रोपनी ८–८–० परेको छ यस कुराको प्रमाणमा विपक्षी भूमिप्रशासन कार्यालयले ०३०।७।१६ मा निमार्ण सञ्चार तथा यातायात मन्त्रालयमा लेखी दिई पठाएको, भूमिसम्बन्धी ऐन, ०२१ को दफा ७ ले घरबारीको लागि समेत ५५ रोपनी जग्गा राख्न पाउने कानूनी व्यवस्था छ । सो भन्दा बढी भएमा मात्र ऐनले प्राप्त गर्न पाइने हो । श्री ५ को सरकारले भू.सं.ऐन बमोजिम जग्गा प्राप्त नगर्दै श्री ५ को सरकारबाटै राजमार्ग बनाउँदा जग्गा रोपनी ६४ मध्येतिर गरी जग्गा रोपनी ९–१२–० परिसकेको प्रमाणित कुरा छ । निवेदक जग्गावाला पनि होइन मौसुफ श्री ५ शाहाज्यादीको हक हुन आएको जग्गा घर बनाउन समेत पाउने गरी मेहियानीमा लिई घर बनाई भोग चलन गर्ने व्यक्ति हो, श्री ५ शाहज्यादी शाहन शाहका पति ज.सुरशमशेर र उहाँका अंशियार ज.लिलाशमशेर समेतबाट आजको २० बर्ष अगाडि निवेदकले घर समेत बनाउन पाउने गरी २०१० सालमा जग्गा रोपनी ६४ मध्येबाट मूल ढोका पर्खाल पश्चिम मूल सडक उत्तर मे.ज.लिलाशमशेर ज.ब.रा.को क्याम्प पूर्व पश्चिम लम्बाई फुट १७५ उत्