निर्णय नं. ६३८ - उत्प्रेषणको आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३८ - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/११/१४ २७५७ निर्णय नं. ६३८ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत २०२६ सालको रिट फुल नम्बर १९ निवेदक : का.जि. स्वयम्भू बस्ने सानुकाजी बुद्धाचार्यको वा.बाबुकाजी तामाकार विरुद्ध विपक्षी : श्री मुख्य न्यायाधीश आय र कर अदालत, जमलसमेत विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ (१) नेपालको संविधानको धारा ७१ : संवैधानिक वा कानूनी हकको हनन नभइ असाधारण अधिकारको प्रयोग हुन नसक्ने । प्रस्तुत निवेदनपत्रमा निवेदकको संवैधानिक वा कानूनी हक देखिने कुनै प्रमाण वा व्यहोरा देखाउन सकेको पाइएन । गुठी जाँच अड्डाको पर्चाबाट मेरो हक हुनआएको पूजा पालो हो भन्ने निवेदन जिकिर भएकोमा त्यस्तो पर्चाबाट नयाँ प्रदान गरेको देखिन नआउने र पर्चाद्वारा केही निर्णय गर्दैमा यस्तो हकलाई कानूनी हक भनी सम्झन मिल्दैन । गुठी पालो चलाई आएकोमा निवेदनपत्र परी आय र कर अदालतबाट भएको आदेशले मेरो हक हनन भएको भन्ने जिकिरलाई सम्पत्ति सम्बन्धी हक अधिकार देखिन नआएको र कुनै कानूनले कायम गरेको अधिकार भन्न पनि नमिल्ने हुनाले निवेदन जिकिरबमोजिम यस अदालतको असाधारण अधिकार प्रयोग हुनसक्ने अवस्था नभएको हुँदा प्रस्तुत रिटको निवेदनपत्र खारेज गर्ने गरी २०२५।३।७।५ को डिभिजन बेञ्चबाट छिनेको मुनासिवै ठहर्छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता श्रीप्रसाद चापागाई र अधिवक्ता श्री सर्वज्ञरत्न उल्लेखित मुद्दा :  आदेश न्यायाधीश श्री हेरम्बराज १. आय र कर अदालतको गठन आय र कर न्याय व्यवस्था ऐन, २०१७ को दफा ३ बमोजिम भएको र मुख्य न्यायाधीशसमेत २ न्यायाधीश उपस्थित नरही कुनै मामिला फैसला आदेश हुन नसक्ने गरी प्रतिबन्ध लगाएको छ । आय र कर अदालतको अधिकार मेजिष्ट्रेट वा वडाहाकिमले छिनेको मुद्दामा पुनरावेदन लिई फैसला गर्ने अधिकार छ । कुनै कानूनी त्रुटि हुन गएमा अपील सुनी फैसला वा आदेश दिने अधिकार सर्वोच्च अदालतलाई पनि रहेको अधिकारदेखि वाहिर गई गरेको निर्णय कसैको हक अधिकार वन्चित गरेको छ भन्ने प्रचलनका लागि स.अ.मा असाधारण अधिकार प्रयोग गराई माग्न निवेदकलाई संविधानले अधिकार दिएको छ । गुठी संस्थान अधीनस्थ र संचालित स्वयंभू तथा हारती अजिमाई गुठी पूजा मेरो पालो थियो । आफ्नो व्यक्तिगत सम्पत्ति समानको दावी गरी कयोनानीले हस्तक्षेप गरेमा गुठीमा गुठी जाँच अड्डामा चलाएको कारवाईमा एक जना न्यायाधीशले गुठी जाँच अड्डामा विचारधीन भइरहेको मिसिल खिची निर्णयलाई नै असर पर्ने गरी स्वास्नी मानिसले आफ्नो पालामा पूजा गर्न हुनेलाई राखी निजद्वारा पूजा–आजा चलाउन पाउँदछ भन्ने अदालतबाट फैसला भइसकेको देखिनाले कयोनानीले नपाउने भन्ने भन्न नमिल्ने हुँदा फैसला बमोजिम गर्नु गराउनु भनी त्यस किसिमको आय र कर अदालतबाट आदेश जारी गरेपनि कयोनानीले पूजाको पालो पाउने नठहरी अन्तिम आदेश भएको थियो । त्यसउपर पुनरावेदन परे अन्तिम हुने यस्तो आदेशलाई अमान्य तुल्याउन पुनः फैसलाबमोजिम गर्नु गर्न लगाउनु भनी ०२२।६।६।४ मा आदेश भइसकेको हुँदा कयोनानी स्वास्नी मानिस भए पनि पर्चाले मान्यता नपाउने हुँदा तुरून्त गुठीको पूजा पालो चलाउन लगाउनु, सो नगरे कडासे कडा कानूनी कारवाई चल्नेसमेत यसै पत्रद्वारा सूचित गरिन्छ इत्यादि स्वशासित तथा संगठित संस्थाले कानून प्रदत्त अधिकार