निर्णय नं. ४८३२ - दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८३२ - दर्ता बदर भाग: ३५ साल: २०५० महिना: चैत्र अंक: १२ फैसला मिति :२०५०/०९/०५ २४३६ निर्णय नं. ४८३२ ने.का.प. २०५० (ग) अङ्क १२ संयूक्त इजलास माननीय न्यायधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्बत २०४७ सालको दे.पु.नं. – ३६४ फैसला मितिः– २०५०।९।५।२ मुद्दा : दर्ता बदर । पुनराबेदक/प्रतिबादी: का.जि.का.न.पा.वडा नं. २८ न्ह्रयोखा बहाल बस्ने भक्तमान श्रेष्ठको मु.स. गर्ने प्रेमकृष्ण श्रेष्ठ । विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने काशीलाल श्रेष्ठ । (१) नक्सा ट्रेस लिंदा थाहा भयो भनी ज.प.को १७ नं.बमोजिम थाहा पाएको मितिले ६ महिना भित्र बादीले फिराद दिएकोलाई हदम्याद नघाई परेको भन्न नमिल्ने भई म्याद भित्र नै फिराद परेको देखिने । (प्र.नं.१४) विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रेम बहादुर खड्का फैसला न्या. उदयराज उपाध्याय १. मध्यमाञ्चल श्रेत्रीय अदालतको इन्साफ उपर पुनरावेदलनको अनुमति प्रदान भइ आएको मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. काकी हेरामायाले मिति २००५।३।१६ गतेमा शेषपछिको बक्सपत्र गरी दिएको काकीको शेषपछी मैले भोग गरी आएको स्ववासी घर जग्गा सर्भे हुँदा का.न.पं.वडा नं.२८ कि.नं.६९८, ६९७ कायम भई सर्भे भएकोमा कि.नं. ६९८ को घरको लिग लगापात मध्येको घरबाहेकको उत्तरतर्फ अं.०–०–०–२ जति मेरो जग्गामा विपक्षीको कि.नं. ६९९ को क्षेत्रफल ०–०–१–२ जति मेरो जग्गामा घुसाई सर्भेमा लेखाई विपक्षीको नाममा दर्ता गरिएको रहेछन् आफ्नो हक दावी नै नपुग्ने मेरो हकको ०–०–०–२ मेरो फार्छे भित्रको जग्गा आफ्नो नाममा दर्ता गराएको विपक्षी भक्तमानको नामको दर्ताबाट ज. प.को १७ नं. अनुसार दर्ता वदर गरी मेरो कि नं. ६९८ को जग्गा घरमा समावेश गराई ज.प.को २ नं. अनुसार मेरो नाममा दर्ता समेत गरी पाउँ भन्ने समेत ब्यहोराको मिति २०४१।७।२८ गतेको बादी काशी लालको फिरादपत्र । ३. फिराद दावा झुट्ठा हो । मैले कुनै जग्गा दर्तागरेको छैन । मेरो भोग चलनको जग्गा २०३४ सालमा सर्भे नापी भै कि.नं.६९९ भै नापजाँच भएकोछ । २०६४ सालको सर्भे मापीबाट दर्ता भएको कुरामा मिति २०४१।७।२८ गतेमा दायर भएको फिराद हद म्याद भित्र नपरेकोले खारेजभागी छ कि नं. ६९९ को घर जग्गामा प्रवेश गर्ने बिपक्षीको कुनै बाटो छैन भन्ने समेत ब्यहोराको मिति २०४१।९।३० गतेको भक्तमान श्रेष्ठको प्रतिउत्तर–पत्र । ४. वादी दावी मुलुकी ऐन ज.मि.को १८ मं.को म्याद नाघी मिति ०४१।७।२८ गतेमा बादीको फिराद परेको देखिदा वादी दावा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४३।११।५ गतेको काठमाडौ जिल्ला अदालतको फैसला । ५. काठमाडौं जिल्ला अदालतको फैसलामा चित्र बुझेन उक्त फैसला वदर गरी मेरो फिराद–पत्र र पुनरावेदन जिकिर बमोजिम गरी न्याय पाउँ भन्ने समेत व्यहोराको वादीको वागमती अंचल अदालतमा परेको पुनरावेदन पत्र । ६. शुरु काठमाडौं जिल्ला अदालतले हदम्यादको अभावमा खारेज गरेको निर्णय मिलेकै देखिन्छ । अतः वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मिति २०४६।३।१८।१ को बागमती अंचल अदालतको फैसला । ७. काठमाडौं जिल्ला अदालतको फैसलाई सदर गर्ने गरी गरेको वागमती अंचल अदालतको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ४ को खण्ड (ख) (ग) समेतको अबस्था विद्यमान भएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको बादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको मिति २०३६।४।२३ गतेको निवेदन पत्र । ८. बागमती अंचल अदालतको इन्साफमा न्याय