निर्णय नं. ६३९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३९ - अंश भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/१२/०३ २६०९ निर्णय नं. ६३९ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री राजा इश्वरीजङ्गबहादुर सिंह न्यायाधीश श्री झपट सिं रावल सम्वत २०२५ सालको देवानी फु.नं. ९२ फैसला भएको मिति : ०२७।१२।३।३ निवेदक : ल.पु.ई. विसंखु डाँडाथोक बस्ने गणेशबहादुर खड्का क्षेत्री विरूद्ध विपक्षी : ऐ.बस्ने अक्कलबहादुर खड्का क्षेत्री मुद्दा : अंश (१) अंश बण्डाको लिखतलाई स्वीकार गरी आफ्नो भागमा धेरै परेकोले नालेस गरेको भनेमा–उक्त लिखत नीतिपूर्वक नभएको भन्ने भनाई समर्थित नहुने । वादीले नालेस गर्दा बाबा छँंदै ९५ बैशाखमा भिन्न हुँदा नीतिपूर्वक अंशबण्डा नगरी खाई जिवीकाको लागि केही जग्गा र कच्ची घर १ सम्म दिई लिई बेगलमा बसेको भन्ने उल्लेखगरेको हकमा २००४ सालमा बाबु पर्लोक भएपछि बावुको ज्यूनीमध्ये थप दिई ०९।८।१३।६ मा भए गरेको भन्ने गणेशबहादुर आगे भएको बण्डापत्र लिखतमा ९५ सालमा बाबाले नै भिन्न गराई म बाबासँगै बसेको र निज भाइ बाबाले दिएको अंश लिई बसेको भन्ने र भाइ अक्कलबहादुरलाई ज्यूनीमध्ये डाँडाथोक पाखो माटो मुरी ।३ थप गरी अघि बाबाले दिनुभएको दुवै भाइले अंश सदर गरी भन्नेसमेत बोली परेको र सो कागज वादीलाई देखाई सुनाई बयान गराउँदा उक्त कागज भएको हो र मेरो भागमा थोरै परेकोले चित्तनबुझी नालेस गरेको हुँ भनी बयान गरेकोसमेतबाट ९५ सालमा भिन्न हुँदा नीतिपूर्वक अंशवण्डा नगरी खाई जीविकासम्म लिई बेगल बसेको हुँ भन्ने वादीको भनाई समर्थित हुन आएन । (प्रकरण नं. १४) (२) दुबै पक्षको मन्जुरीले बण्डा गरी आ–आफ्नो भाग नामसारी दर्ता भोगचलन र बिक्री बन्धक लिनु दिनुसमेत गरी सकेमा–आफ्नो भागमा थोरै परेको भन्ने कारणले लामो समय पछि (जस्तै २२।२३ वर्ष पछि) उजुरी गरेमा– बण्डापत्र लिखत नभएको भनी पुनः बण्डा गरी दिन नमिल्ने । वादी अक्कलबहादुर बाबु दाजुहरूसँग ९५ सालमा भिन्न हुँदा बण्डापत्र लिखत भएगरेको भन्ने देखिन नआएको र ९५ सालमा अंश लिइबसेको सदर गरी भन्नेसमेत युक्ति परेको ०९।८।१३।६ को बण्डापत्र लिखत पनि ऐनबमोजिम रजिष्ट्रेशन पास नभएकोले बण्डा भई सकेको कायम मान्न मिल्ने नमिल्ने के हो भन्ने हकमा ९५ सालमा भिन्न हुँदा बण्डापत्र लिखत भए गरेको नभए पनि बण्डा भए गरेकोलाई मञ्जुरै गरी दुवैपक्षले आ–आफ्नो भाग बण्डामा परेको जग्गा आ–आफ्नो नामसारी दर्तासमेत गराई भोगचलन गरी आएको र वादी अक्कलबहादुरले आफ्नो भागबण्डामा परेमध्ये खेत मुरी ।१० रामकृष्ण पाध्यालाई रु. ३९९ मा ०४।१२।१९।४ मा भोगबन्धकी रजिष्ट्रेशन पास गरिदिएकोसमेत देखिनआउँछ । यसस्थितिमा बाबुको ज्यूनीमा आफूलाई थोरै परेको भन्नेसम्म कुराले २२।२३ बर्षपछि विवाद उठाई गरेको उजुरीबाट बण्डापत्र लिखत नभएको भनी पुनः बण्डा गरी दिने गर्दा पैले दुवैपक्षको मञ्जुरीले बण्डा गरी आ–आफ्नो भाग नामसारी दर्ता भोगचलन र बिक्री बन्धक लिनुदिनुसमेत भएगरेको व्यवहारमा असर पुग्नजाने र वादी इन्द्रगोपाल श्रेष्ठ विरूद्ध कैलास श्रेष्ठसमेतको अंशमुद्दामा २०१०।११।२७।४ मा प्रधान न्यायालय फुल बेञ्चबाट घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता तिरो भोग बिक्री व्यवहारसमेत गरिसकेको अब पास गर्नालाई ऐनको म्याद पनि नाघिसकेको हुँदा पास गर्न पनि नमिल्ने देखिएकोबाट बण्डा गरी सकेको व्यवहार बदर गर्नु मुनासिव नपर्ने भन्ने ठहर निर्णय भइराखेको समेत हुँदा वादी दावीबमोजिम बण्डा गरी दिनु पर्ने भन्न मिल्ने देखिदैन । (प्रकरण नं. १५) निवेदक तर्फबाट : अधिवक्ता श्