निर्णय नं. ८६० - चोरी विजन दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६० - चोरी विजन दर्ता बदर भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२२/०६/०१ २६५७ निर्णय नं. ८६० ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत सम्वत् ०२१ साल दे.फु.नं. २९० फैसला भएको मिति : २०२२।६।१।६ मा अपीलाट : पूर्व २ नं.वेताली मध्ये दारखा देउराली बस्ने जंगध्वज कार्की विरुद्ध विपक्षी : ऐ.ऐ. सुर्के गैरी बस्ने बखतबहादुर कार्की समेत मुद्दा : चोरी विजन दर्ता बदर (१) कुनै एक डिभिजन बेञ्चबाट भएको अन्तिम निर्णयबाट एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित भएको छ र त्यस्तै मुद्दामा कुनै अर्को डिभिजन बेञ्चबाट अर्कै सिद्धान्त प्रतिपादित हुने गरी निर्णय हुन्छ भने यस्तो अवस्थामा मात्र रुलिङ नमिली वा बाझिएको मान्नु पर्ने हुन्छ । (प्रकरण नं. १८) (२) यो कारण र यो कानूनले प्रस्तुत उजूर हदम्याद नाघेको भन्ने नमिल्ने समेत कुनै कानूनी सिद्धान्त कायम गरी निर्णय नदिएमा रुलिङ मान्न नमिल्ने । (प्रकरण नं. १९) अपीलाट तर्फबाट : प्लिडर खगराज रेस्पोण्डेण्ट तर्फबाट : एडभोकेट कृष्णप्रसाद पन्त उल्लिखित मुद्दा : अपीलाट वादी रामवर्ण कुर्मी, विपक्षी प्रतिवादी भिखी अहिर वालीको फुल बेञ्च फैसला १. ७५ साल र त्यस अघिदेखि अंश र किनुवा समेत गरी भोगेको घरबारी गल्ली मुनि १ ज्यामिरे घरबारीको पुछार ज्यामिरेबाटै १ विमिरे बारी १ पेधेँरेबारी पल्लो कुलल नुनथला समेत १ फेडवीबारी १ तर्फ पुछारको खर्क १ पाखोला बागिसिङ्गेका स्वारो १ रमिते गैरी खर्क १ सुर्केको गैरी बहार १ तल्लो माथिल्लो पाखोका र कोलापानी पातल खर्क समेतमा धर्मपुत्र बस्न गएको साहिँलो भाइ शेरबहादुरलाई निकाली दिँदा सबै भाइका अंशबाट झिकी पुर्याउँदा मेरो भागको सुर्केको गैरी टाहार दिई भरपाई भएको सो बाहेक अरू उक्त लेखिएको खर्क जग्गा समेत अरू कसैको दावी खिचोला नपरी विजन जाँच समेत मेरै भई भोगी आएको थिएँ । ०१५।११।१ गते श्रीपञ्चमीका दिन अन्याय मध्ये तालुकदार बाहेक अरू ५ जना प्रतिवादीहरू आई ज्यामिरे बोटको कुडलपारी १ विमिरेको छेउ नूनथला १ ज्यामिरे बोटे १ समेत ३ ठाउँको बारी बखतबहादुरको बाबु शेरबहादुरका नाउँमा विजन दर्ता भएको रहेछ जग्गा छाडी दे भनेबाट उसै दिन तालुकदारकहाँ गई सो घडा हामी समेतलाई थाहा नदिई दर्ता गरी पठाई दिएछन् भनेकाले चोरी विजन दर्ता गराएको थाहा पाएका ३५ दिनभित्र नालेश गर्न आएको छु सजाय गरी सो चोरी विजन दर्ता गराएको लगत कट्टा गराई जग्गाको दावीसमेत मेटाई पाउँ । मेरो हक जाने कागज गराएको भए देख्न पाएका बखत उजूर गर्नेछु भन्ने समेत वादी । २. वादीको अंशमा ६ कित्तामा वादीको नाममा विजन दर्ता छ । गल्ली पुछार डिल पश्चिम ज्यामिरे बोटे काउले कुनै विमिरे छेउ नूनथला ज्यामिरे बोटे मुनि कुदुल बारी समेत ४ कित्ता जग्गा हाम्रा बाबु शेरबहादुरका नाउँमा विजन माना ।४।४ दर्ता भई बाबा मरी हामीले भोगचलन गरी खाएको देखिएको जग्गा बाहेक वादीको जग्गा छैन वादीको विमिरे भन्ने ।।२ मानाको जग्गा विजन खोल्सा पारी उत्तरपट्टि छुट्टै छ मेरो तल्लो माथिल्लो पाटा खोला कालापानी खर्क रमिते गैरी धारी वादीको हकको होइन भन्ने समेत प्रतिवादी । ३. प्रतिवादीबाट दाखिला भएको विजन पुर्जाहरूबाट सो विजन जाँच भएको ०३ सालमा देखिएको र जग्गा सदाई पाउँ भन्ने उजूरी लेखमा पनि यो मिति यो किल्ला भित्रको जग्गामा खिचोला गरे भन्ने वादीले नै लेखेको नहुँदा यो मुद्दा खारेज हुने ठहर्छ भन्ने पूर