निर्णय नं. ६४१ - हकदार कायम गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४१ - हकदार कायम गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०३/०४ ३०४७ निर्णय नं. ६४१ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री झपट सिं रावल न्यायाधीश श्री विश्वनाथ उपाध्याय न्यायाधीश श्री जयदेव भट्ट न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत २०२६ सालको फौ.फु. नं.२४ फैसला भएको मिति : ०२८।३।४।६ निवेदक : काठमाडौं इलाका फोहरा दरवार बस्ने ले.ज.माधव सम्शेर ज.वा.रा. विरूद्ध विपक्षी : ऐ. त्यौड बस्ने कुन्जबहादुर राणा समेत मुद्दा : हकदार कायम गरीपाउँ (१) स्वास्नी छोरा कायम गरी दिंदा पुनरावेदन नगरी चित्त बुझाई बसेमा–स्वास्नी छोरा होइनन् भन्नेतर्फ कुनै जिकिर आउन नसकेमा–स्वास्नी छोरा हो भन्ने सिद्ध हुने । सर्वप्रथम वादीहरू स्वास्नी छोरा हुन होइनन् भन्नेतर्फ हेर्दा वादीहरू ९३ सालसम्म कैले काँही आफ्नो दरवारमा बस्ने गरी आएको भन्ने कुरा प्रतिवादी माधव सम्शेर गोविन्द सम्शेरहरूले स्वीकारै गरेका छन् । नोकरको रूपमा आइबस्ने गरेको भन्ने निजहरूको जिकिर भए पनि त्यस कुराको सबुद प्रमाण दिन गुजार्न सकेको पाइदैन । यिनीहरूकै पहिले परेको अशं मुद्दामा सुरु रा.का.दे.पै.बाट जाहेर प्रकाश नभएका स्वास्नी छोरा हुँदा अंशमा दावी नलाग्ने भनी खारेज गरेको रहेछ । त्यसबाट श्री ज.प्रताप सम्शेरको स्वास्नी छोरा त कायमै गरी दिएकोमा प्रतिवादीहरूले पुनरावेदन नगरी चित्तबुझाई बसेका देखिन्छ । प्रतिवादीहरूतर्फबाट हाल बहससमेतमा वादीहरू श्री ज.प्रताप सम्शेरका स्वास्नी छोरा होइनन् भन्नेतर्फ कुनै जिकिर आउन पनि सकेन । अतः उपरोक्त कारणहरूबाट वादीहरू श्री ज.प्रताप सम्शेरकै स्वास्नी छोरा रहेछन् भन्ने कुरा सिद्ध भएकै छ । (प्रकरण नं. २६) (२) तत्काल प्रचलित लोग्ने स्वास्नीको ५ नं. : स्वास्नीले कसैलाई आफ्नो पतिको स्वास्नी छोरा हुन् भनी–साक्षीहरू मध्ये कसैले भनेर थाहा पाएको भनी–कसैले स्वास्नी छोरा हो भनी किटेर बकपत्र गरी दिएमा–निजहरू घरमा राखेको स्वास्नी छोरा देखिन आउने । वादी सितावदन फुलनाना उक्त लोग्ने स्वास्नीको ५ नं.अनुसार बाहिर राखेकी स्वास्नी वा घरमै राखेको के हो र वादीहरू प्रकाश भएका स्वास्नी छोरा हुन होइन भन्नेतर्फ हेर्दा प्रतिवादी माधव सम्शेर गोविन्द सम्शेर सरहकै अंशियार निजहरूकै मुमा नारायण लिंकुमारीले फुलनाना सितावदन हाम्रो दरवारमा सानै उमेरदेखि ल्याइराखेका थिए, पछि उनीहरूसँग पति ज.प्रताप सम्शेर फँस्नु भई छोरा कुन्जबहादुर, चलाकबहादुर, छोरी पुतली जन्मेको हुँदा वादीहरू प्रकाश गरी राखेका स्वास्नी छोरा हुन् भन्ने बयान गरेकी र वादीको साक्षी आफू रानी साहेब प्रतिवादीहरूकै जेठा बुवा श्री ज.चक्र सम्शेरकी पत्नीले श्री ज.प्रताप सम्शेर पाल्पाको बडाहाकिम हुँदा म पनि पाल्पा गई उहाँको दरवारमा २ वर्ष सँगै साथ बसेको बखत सिताबदन फुलनाना प्रताप सम्शेरको स्वास्नी हुन् र छोरा कुन्जबहादुर चलाकबहादुर, छोरी पुतलीसमेत साथै थिए, ती सबै एउटै भान्छामा खाने हुँदा यिनीको हुन् भनी सोद्धा सीतावदन, फुलनाना प्रताप सम्शेरका रानी हुन र निजबाट जन्मेका छोरा छोरी कुन्जबहादुर चलाकबहादुर पुतली हुन् भनी भन्थे, त्यसै बेलादेखि थाहा पाएकी हुँ भन्ने र वादीको साक्षी श्री ज.राम सम्शेर प्रतिवादीहरूकै भैयादले ८८ सालमा बुवा श्री ३ महाराज भिम सम्शेर कहाँ राणाहरूको थमौती हुँदा सो थमौतीको दाम राख्न भनी दाज्यू श्री ज.प्रताप सम्शेरकहाँ म रूपैयाँ राख्न भनी जाँदा दाज्यूबाट भाइ मेरो छड्के पट्टिका स्वास्नी सितावदन फु