निर्णय नं. ८६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०८/०४ २५९५ निर्णय नं. ८६१ ने.का.प. २०३१ फुल बेञ्च माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री राजा इश्वरीजंगबहादुर सिंह सम्वत् ०२५ सालको रि.फु.नं. ९ आदेश भएको मिति : ०२५।८।४।३ मा निवेदक : का.जि. लाजिम्पाट बस्ने ले.ज.केन्द्रशमशेर ज.ब.रा.को वा.का.जि. लाजिम्पाट बस्ने भोलाप्रसाद शर्मा विरुद्ध विपक्षी : काठमाडौं नगरपञ्चायत मुद्दा फाँट समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (क) नगरपञ्चायत ऐन, २०१९ को दफा २८ (३) बमोजिम सुम्पेको अधिकार प्रयोग गरी गरेको कामकारवाई उपर ३५ दिन भित्र नगरपञ्चायतमा अपील लाग्ने । (प्रकरण नं. ८) (ख) ऐ.ऐनको दफा २८ (१) अनुसार पुनरावेदन सुन्ने अधिकार सुम्पन नमिल्ने । (प्रकरण नं. १०) (ग) गणपुरक संख्या नपुगी भएको सभाबाट भएको निर्णयलाई कानून बमोजिम भएको मान्न नमिल्ने । (प्रकरण नं. ११) (घ) कानूनको अधिकार क्षेत्र नाघी गरेको फैसला बदर हुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता दिनेशमान प्रधान, अधिवक्ता झुलेन्द्रप्रसाद छत्कुली, उल्लिखित मुद्दा : मोतिमाया विरुद्ध न.पा.वार्ड अपील कमिटिका सदस्य गोपालदास रिट नं.१।२ फुल बेञ्च आदेश मिति ०२२।१२।२६ आदेश १. मेरो हकको जग्गामा घर बनाउन नक्सा पास भएको जमीनमा पारी पर्खाल फोडी ढोका राखेको हुँदा सो ढोका बन्द गराई पाउँ भन्ने विपक्ष बालकुमारीले विपक्षी नगरपञ्चायत मुद्दा फाँटमा उजूरी दिनुभएछ, विपक्षी बालकुमारीले पहिलो नक्सा पास गर्न दर्खास्त दिएकोमा दक्षिण म केन्द्रशमशेरको पर्खाल भनी साँध राखेकोमा सो पर्खालदेखि उत्तरतर्फसमेत मेरो जग्गा भएकोले मेरो उजूर परेकोमा विपक्षी बालकुमारीले नक्सा पास गर्ने दर्खास्तलाई आफैंले नै बदर गर्नुभयो । विपक्ष नगरपञ्चायतबाट मलाई बुझिएकोमा जुन बखतमा पर्खाल थियो सोही बखतको ढोका हो । यो ढोकादेखि पश्चिमतर्फ मेरो जमीन भई सो जमीनदेखि पर्खाल र पर्खालदेखि पश्चिम मूल सडक भएको र नगरपञ्चायतको ऐनको दफा ४६ ले नक्सा पास बेगर ढोका राख्ने अवस्थामा पनि कारवाई गर्न सोही दफा ४६ ले अधिकार छैन भन्ने समेत व्यहोराको मेरो बयान भएको थियो । त्यसमा विपक्षी नगरपञ्चायत मुद्दा फाँटबाट सदस्य श्री निरदत्त पाण्डेले नयाँ नै बनाएको देखिँदा नयाँ बनाएको ढोका ३५ दिन भित्र बन्द गर्नु भनी सुनाउने र बन्द नगरेमा स्यानीटेशन फाँट मार्फत बन्द गर्न लगाउने भनी ०२३ साल माघ ७ गते फैसला गरी दिनुभयो । त्यसपछि मेरो परेको पुनरावेदनमा काठमाडौं नगरपञ्चायत सभाबाट पनि सदस्य श्री जीवनप्रसाद श्रेष्ठ १ सदस्य श्री पन्नालाल सिंह मल्ल १ सदस्य श्री बाबुज्यान मानन्धर १ सदस्य श्री रामकृष्ण पाण्डे १ समेत ४ जनाले ०२४।९।११ गते फैसला गर्नुभयो, त्यसमा सदस्य श्री रामकृष्ण बाहेक अन्य ३ जनाले ओभरसियर इन्जिनियरको जाँच र आफैं गई हेर्दा पर्खाल बनेको अवस्था देखिएको ढोका बनेको नभई नयाँ बनेको देखिएकोले न.पं.ऐन, ०१९ को दफा ४६ बमोजिम नक्सा पास गरी बनाउनु पर्ने देखिँदा ढोका बन्द गर्ने गरेको इन्साफ शुरू मुद्दा फाँटको मनासिव ठहर्छ भनी र सदस्य रामकृष्ण पाण्डेले ढोका पुरानै देखिएकोले नगरपञ्चायत ऐन, ०१९ को दफा ५४ (क) बमोजिम १५ बर्ष अघि बनेको भए पनि नक्सा पास हुनु पर्ने नगरेतर्फ ले.ज.क