निर्णय नं. ४८३३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८३३ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: चैत्र अंक: १२ फैसला मिति :२०५०/०९/०४ २९३६ निर्णय नं. ४८३३ ने.का.प. २०५० (ग) अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्बत् २०४७ सालको रिट नं.– ८९५ आदेश मिति: २०५०।०९।०४।१ निवेदक : का.प.जि.चौवास गा.वि.स.वडा नं. ८ बस्ने राम बहादुर तामाङ । विरुद्ध विपक्षी : ऐ ऐ वस्ने वखत बहादुर तामाङ समेत । विषयः उत्प्रेषण । (१) अंश मुद्दामा निबेदकको बाबु ज्ञान बहादुर नै वादीको मुख्य अंशियार भएकोमा विवाद देखिदैन । निवेदक ज्ञान बहादुर को माइलो छोरा भएकोमा पनि कुनै विवाद उठाएको पाइदैन । निवेदक राम बहादुर नाम भएकोमा माइलो भनी म्याद तामेल भै अंश मुद्दा फैसला भएको कुरा ०४७।४।१० मा थाहा पाए भन्ने भनाइ पाइन्छ । यसरी थाहा पाएपछि यदि रीत पूर्वक म्याद तामेल नभएको भए उपर्युक्त कानूनी व्यवस्था बमोजिमको प्रकृया अबलम्बन गरी म्याद भित्र प्रतिवाद गर्न पाउने हक कानूनले प्रदान गरेको देखिन्छ । यसरी निवेदकले ०४७।४।१० मा थाहा पाएको भनी ०४७।७।२६ मा रिट निवेदन दिन आएको छ । उक्त कानूनले निर्दिष्ट गरेको म्यादै भित्र थाहा पाएपछि जिल्ला अदालतमा प्रतिउत्तर लिई गै प्रतिवाद गर्न पाउने अवस्था छदै नियमित मार्ग अवलम्बन नगरी निवेदक रिट क्षेत्रमा प्रवेश गरेको पाइन्छ । तसर्थ बैकल्पिक उपचारको बाटो हुँदा हुँदै रिट क्षेत्रमा प्रवेश गरेकोले असाधारण अधिकार क्षेत्रको प्रयोग गरी निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं.८) विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलि अकबर मिकरानी । : विद्वान अधिवक्ता श्री यज्ञमूर्ति वन्जाडे । आदेश न्या. रुद्र बहादुर सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत र्पन आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार रहेछ । २. बाजे वम बहादुरका २ छोरामा बिपक्षीका बाबु कटक बहादुर र मेरा बाबु ज्ञान बहादुरहरु २००१ सालमा नै छुट्टी भिन्न भै बसेको र विपक्षी कटक बहादुर र बखत बहादुरको नाउँका जग्गाहरु बेच विखन समेत गरी सकेका छन् । यसरी भिन्न भै सकेका व्यक्तिहरुले मेरा बाबुका नाउँमा भएको सम्पत्ति समेत वण्डा छुट्याई खाने मनसायले मेरो नाम राम बहादुर भन्ने थाहा हुँदा हु“दै मलाई माइला भनी लेखी अंशबण्डाको नालेस दिई १०।१२ वर्ष देखि भिन्नै बसेकोलाई एकाघरको भनी विपक्षी ज्ञान बहादुरले बुझ्नु भएछ । मेरो नम फरक पारी म्याद तमिल गरी एक तर्फि फैसला गराएको रहेछ । यसै वीच बाबुको नामको जग्गाहरु ०४६।११।१० मा वण्डापत्र पास गरी लिएको छु । सो वण्डा उपर विपक्षीको फिराद परेको म्याद ०४७।४।१० मा तामेल भएपछि मात्र थाहा पाएँ । अदालत बुझ्दा तायदाती दिने म्याद सम्म ज्ञान बहादुरले बुझी म्याद समेत गुज्री सकेको रहेछ । यसरी मेरो राम बहादुर नाम थाहा हुँदा हुँदै माइला भनी लेखी झुठा नाम उल्लेख गरी फिराद गरी सो को आधारमा फैसला हुनु नपर्ने हो । यसरी मेरो नाम फरक पारी फिराद गरी म्याद तमिल गरी गराई भएकोले फैसलाबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७ लगायतको मेरो सम्पत्ति सम्बन्धी हकमा असर गरेकाले उक्त फसला वदर गरी मेरो समेत सुनुवाई गरी पुनः फैसला गर्नु भन्ने समेतको आदेश जारी गरी पाउँ भन्ने समेतको रिट निवेदन । ३. यसमा विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासको आदेश। ४. कटक बहादुरका छोरा बखत बहादुर, रामजीत तामाङ, धन बहादुर समेत जवान ३ ले यी निबेदक समतेल