निर्णय नं. ६४६ - परमादेशको आदेश जारी गरीपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४६ - परमादेशको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०५/२३ २८४२ निर्णय नं. ६४६ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री रंगनाथ उप्रेती न्यायाधीश श्री प्रकाशबहादुर के.सी. न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत २०२७ सालको रिट फु. नम्बर २७ आदेश भएको मिति : २०२७।५।२३।३ निवेदक : नवलपरासी जिल्ला वेल्डिहा गा.पं. वडा नं. ४ हर्कपुरबस्ने ऋषि कोइराला विरुद्ध विपक्षी : श्री निर्वाचन अधिकृतको कार्यालय नवलपरासी जिल्ला अदालत, परासी समेत विषय : परमादेशको आदेश जारी गरीपाउँ (१) जिल्ला पञ्चायत निर्वाचन निर्देशिका, २०२६ को पहिलो खण्ड : निर्वाचन अधिकृतले मतदाताको नामावली जिल्ला पञ्चायतबाट उपलब्ध नगरी अन्य कार्यालय (जस्तो : प्रमुख जिल्ला अधिकारीको कार्यालय) बाट अधुरो मतदाताको नामावली प्राप्त गरी जिल्ला पञ्चायतको रिक्त स्थानको निर्वाचन गराएमा उक्त निर्वाचन बदर हुने । तसर्थ, माथिका प्रकरणहरूमा उल्लेख भएबमोजिम निर्देशिकाअनुसार मतदाताको नामावली जिल्लापञ्चायतबाट उपलब्ध गराउनु पर्ने बाध्यता भएकोमा विपक्षी निर्वाचन अधिकृतले सो पालना नगरी तत्सम्बन्धमा कानूनी जवाफदेही नभएको जिल्ला प्रमुख अधिकारीको कार्यालयबाट उपलब्ध गरेको अधुरो मतदाताको नामावली प्रकाश गरी अनियमित तरिकाले भए गरेको नवलपरासी जिल्लापञ्चायतको रिक्त स्थानको निर्वाचन कायम राख्न नमिल्ने देखिएकोले सो जिल्लापञ्चायतको निर्वाचन बदर हुन्छ र कानूनबमोजिम अर्को निर्वाचन गर्नु भनी परमादेशको आदेश जारी गर्नुपर्ने ठर्हछ । ०२७।३।३१।४ को डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री ईश्वरी जङ्गबहादुर सिंहले परमादेशको आदेश जारी गरेकोमा सहमत छु । (प्रकरण नं. १३) निवेदक तर्फबाट : वरिष्ट अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी निर्वाचन अधिकृततर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल र का.मु. सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे अन्य विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा : आदेश न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह १. निर्वाचन कार्यक्रमअनुसार जिल्ला पञ्चायतको सभापति तथा सदस्यहरूको निर्वाचन यही ०२६ साल चैत्र २७ गतेदेखि सुरु गरियो र निर्वाचनको नातिजामा सदस्यहरूको निर्वाचन नतिजा ०२६।१२।३० र सभापति र उपसभापत्तिको निर्वाचन नतिजा ०२७ साल बैशाख ६ गतेमा घोषित गरियो । म निवेदक बेल्डिहा गा.पं.बाट ०२६।१२।२७ गतेको निर्वाचनमा जिल्ला सभासद्को पदमा निर्वाचित भएर जिल्ला सभासद्को नामावली प्रकाशित गरी दिनु हुन पत्रसमेत लेखौट गरी पठाएको थियो र म निवेदकले सो पत्र लिई जाँदा १२ बजेपछि दाखिल हुन आएको हुनाले मतदाता लगतमा नाम दर्ता हुन सकेन । यसप्रकार निर्वाचन स्थल परासीदेखि बेल्डिहा गा.पं. चानचुन २० कोस टाढा भई चैत्र २८ गतेको दिन सो लिई आउँदा १२ बजे अगावै मेरो नाउँमा समावेश गर्नेबारेको पत्र दाखिल हुन सकेन । यसप्रकार मतदाता लगतमा नाम दाखिल हुन सकेन । निर्वाचन भएको र मतदाता लगतमा नाम समावेश गरिदिनेबारेको पत्र प्रमाण स्वरुप दाखिल गरेको छु । जि.पं.ऐनको दफा ३ (२) र १४ अनुसार बेल्डिहा गा.पं.ले आफ्नो सदस्यहरूमध्येबाट छानेका एक जना व्यक्ति प्रतिनिधि हुने र जिल्ला सभा सदस्य हुने हुँदा सो हक निर्वाचित भएको नाताले प्राप्त छ । सभासद्को हैसियतले सोही पदमा रही रहने हक प्राप्त छ । स्थानीय पञ्चायत ऐनको दफा (ग) को ६ र २(घ) अनुसार गरिएको परिभाषा