निर्णय नं. ६४७ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४७ - जग्गा खिचोला भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०३/२९ २५९३ निर्णय नं. ६४७ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री व्रह्मदत्त तिवारी न्यायाधीश श्री झपट सिं रावल सम्वत २०२७ सालको देवानी फुल बेञ्च नम्बर १४१ फैसला भएको मिति : २०२८।३।२९।३ निवेदक : बझाङ पंध्रबीस दरा ठकुरी थानाखारतडा बस्ने जया बोहरा विरुद्ध विपक्षी : ऐ. आगर गाउँ बस्ने वीजै कडायत मुद्दा : जग्गा खिचोला (१) न्याय प्रशासन (बिविध व्यवस्था) ऐन, २०१८ को दफा ८ को उपदफा (१) खण्ड (क) दावीमा खुलाएको मोल बिगोबमोजिम हद मुनि वा माथिको मुद्दा भन्ने छुट्याउनु पर्ने । हद मुनि वा माथि छुट्याउने सम्बन्धमा वादीले अदालतमा प्रवेश गरी नालेस गर्दा खुलाएको झगडा परेको वा दावा गरेको मोल बिगोलाई नै कायम मानि दे.फु.नं.२२७ निवेदक प्रतिवादी लाले अहिर विरूद्ध अब्दुल मालिकसमेतको उखडाजग्गा मुद्दामा ०२०।१।२४।३ मा फुल बेञ्चबाट निर्णय भइराखेको समेत छ । पछि प्रतिवादी वा पुनरावेदनमा खुलाएको मोल बिगोलाई कायम मानी त्यसबाट हद माथिको गर्न उक्त न्याय प्रशासन (विविध व्यवस्था) ऐन, दफा ८ को उपदफा (१) खण्ड (क) को मनसाय समेतबाट मिल्ने देखिन आउँदैन । (प्रकरण नं. २३) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा :  फैसला न्यायाधीश श्री झपट सिंह १. बझाङ पन्ध्रबीसदरा आगर मौजामा ९० सालको मोठमा रणवीर कठायतका नाउँमा कि.नं.११७ कृष्णे देखि उत्तर, गंगादेखि पूर्व, मूल बाटो पश्चिम, गंगादेखि दक्षिण, यति ४ किल्लाभित्रको माटो मुरी ।९७।१७।४ मा दर्ता भएको निज रणवीर मरी अपुताली पर्दा मेरो हक हुन आएको जग्गामध्ये गंगादेखि दक्षिण पूर्व जयमानका हिस्साको खेतदेखि उत्तर रूपसिँगेका हिस्साको खेतदेखि पश्चिम यति ४ किल्ला भित्रको माटो मुरी ।१० के तिरो रु.९६ को जग्गामा ०२३।३।५ गते खिचोला गरेकाले सजाय गरी खिचोला मेटाई पाउँ भन्नेसमेत वादी । २. गंगाजीदेखि पूर्व कुला पश्चिम, खोला दक्षिण सिर घर डाँडा उत्तरको तल्लो मल्लो खारतडो भन्ने जग्गा मैले आवाद गरी गोठ छानो समेत लगाई तालुकदार मार्फत दर्खास्त दिई ०३।३।२८।६ को नापि मुचुल्का बमोजिम बिज पाथी ।६ के तिरो रु.।९७।२ लागि मेरा नाममा दर्ता भएकोछ, सो मध्ये तल्लो पश्चिमतर्फको बगरलाई नाम किल्ला फरक पारी तलीचौर खेत आगर गाउँलेको सल्लाहाले कृष्णे कडायतले दर्खास्त दिई दोहरा नापजाँच गराएकोमा उजुर दिई सो बदर भई बझाङ राज्य अदालत डोटी अपील समेतबाट जिती पाएको र रा.कु.केशरबहादुरले दावी गर्दा पश्चिम दौडाहाबाट जिती पाई घर गोठ छानो लगाई कुलो झिकी पाखाबाट खेतमा नापजाँच गरिपाउँ भनी डोटी मालमा दर्खास्त दिई उक्त जग्गामध्ये पाथी ।२।४ के रु.१।४४ गोरे, रंसिँगे फकिरेबाट रु.२००० खाई ०२२।७।१४।७ मा राजिनामा दिएकोछु, मेरो खरतडोजग्गा घुसाई खान झुठ्ठाउजुर गरेको हो भन्नेसमेत प्रतिवादी । ३. जया बोहोराबाट रु.२००० मा एउटै लिखत गराई राजिनामा लिएका थियौं, पास नहुँदै भूमिसुधार लागू भएकोले आफ्नु–आफ्नु जग्गा भूमिसुधारमा लगत दिएका छौं, अब पास गरिरहनु पर्दैन भनी लिखतपास भएको छैन भन्नेसमेत गोरे रंसीगे फकिरेको छुट्टा–छुट्टै बयान । ४. झगडा परेको जग्गामा प्र.ले घर बनाई बसी आएको र प्र.जयाको नामको मोठ कित्ता नं.१ गंगाजी पूर्व न.नं.८ कुला पश्चिम नं नं.खोला दक्षिण नं नं.३० श्री घर डाँडा उत्तर देखिएकोले वादीको उजुर झुठ्ठा ठहर्छ भन्ने बझाङ जि.अ.को ०२४।१