निर्णय नं. ६४८ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४८ - जालसाजी भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०८/०७ २७७५ निर्णय नं. ६४८ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री ब्रह्मदत्त तिवारी सम्वत २०२५ सालको फौ.फुल बेञ्च नम्बर २५ फैसला भएको मिति : २०२८।८।७।३ निवेदक : दिनानाथ उपाध्याय पू.३ नं.खामटोल मैसङपुर विरुद्ध विपक्षी : रा. नारानप्रसाद उपाध्याय ए राधा खापा कल्लेरीडाँडा मुद्दा : जालसाजी (१) अ.बं. ८२ नं. : प्रमाणिक अड्डाको छाप र दस्तखत भएको नक्कल पेश नआएमा–उजुर गर्ने हकदावी नपुग्ने । त्यस सन्दर्भमा विचार गर्दा उक्त ९२ सालको नापी मुचुल्का भनेको कागजको शिरमा गोश्वाराबाट भन्ने लेखियो नक्कल बिर्तावार लक्ष्मीप्रसादले गोश्वारबाट सारी लगेको भनी लेखेको, त्यसको नक्कल अर्थात गोश्वाराबाट सारी ल्याएको अड्डाको छाप दस्तखत भएको नक्कल पेश गर्न नसकेको त्यस्तो प्रमाणिक नक्कल दाखिल हुन नसकेको नक्कलको प्रमाणमा कुनै मूल्याड्ढनको औचित्य नदेखिंदा यस्तो प्रयोजनरहितको मुचुल्का कागजलाई वादी दावीअनुसार जालसाजी भन्ने मुद्दा चलाई इन्साफ गर्न नमिल्ने । प्रमाणिक अड्डाको छाप र दस्तखत भएको नक्कल पेश हुन बेगर अ.बं.८२ ले उजुर गर्न हक दावी नपुग्ने हुँदा खारेज हुने र जालसाजी ठहराई ऐसेलुखर्क अदालत सगरमाथा अञ्चल अदालत भोजपुरबेञ्चले गरेको इन्साफ मनासिव ठहराएको सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । (प्रकरण नं. १४) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी उल्लेखित मुद्दा : फैसला न्यायाधीश श्री ब्रह्मदत्त तिवारी १. उच्च अदालतबाट छलफलको म्याद गएकोछ भन्ने कुरा ज्ञान भइ हाजिरभै छलफलमा झिकाउने आदेश सारी हेर्दा दुवै जग्गा कित्ता जग्गा ९२ सालको दिनानाथका नाउँमा बिर्ता थामिएको मुचुल्काको किल्लाभित्र देखिएकोले हाल आवादी दर्ता गराएको कायम गर्न मिल्ने भनी आदेशमा उल्लेख भएको १७।१०।२६।४ मा मुचुल्का सारी हेर्दा बनौटी चथा छलपूर्ण व्यहोरा स्वेच्छाबाट घुसाइ हुलकद्वारा दाखिल गरेको जालसाजी गरेछ, सक्कल दाखिल गरे देखिएको कैफियत विवरण खोली बयान गर्नेछु सो कुरा नठहरे ऐन सवालबमोजिम बुझाउँला भन्नेसमेत रा. नारानप्रसादको वादी । २. पूर्वाञ्चल उच्च अदालतबाट वादीले हार्र्नेे आदेश गरेपछि झुट्टै बुँदा खडा गरी ९२ सालको बिर्ता नापी जालसाजि गरे भनी मेरा नाउँमा नालेस गरेमा जालसाजी गरे गराएको छैन, गोश्वाराबाट मेरो बाबु लक्ष्मीप्रसादले लिएको वादीउपर जालसाजीमा प्रमाण दिएको भाइ बं.प्रसाद जिम्मा रहेको भन्नेसमेत जगैप्रसादको प्रतिवादी । ३. पूर्वाञ्चल उच्च अदालतबाट वादीलाई छलफलको म्याद आएपछि बिर्ता नापी वाशुदेव जिम्मा भएको निज र कृष्णप्रसाद गई जाल परिपञ्च मिलाई ९२ सालको विर्ता नापी मुचुल्का २६ वर्ष पछि जालसाजी भनी दायर हुनै नसक्ने दायर गराई दुःख दिन पाउने होइन । पू.३ नं.गोश्वारबाट सारी लिएको सो अड्डाको छाप दस्तखत भएको सक्कल नक्कल अपील अड्डामा लगेको अड्डाले रूजु गरी सकल मलाई दिई नक्कल बुझी मिसिल सामेल राखी सो नक्सा हुँदा वादीले सहीछाप गरेकोछ । वादीले अघिनै सुने थाहा पाएको हुँदा खारेज गरिपाउँ भन्नेसमेत दिनानाथको प्रतिवादी । ४. नापी मुचुल्काको नक्कलको सक्कलै झिकी सद्दे कीर्तेमा सुनाउने आदेशानुसार जज्ञप्रसादलाई सोधनी हुँदा भाइ बमप्रसादसँग छ निजैबाट बुझी पाउँ भनी जज्ञप्रसादको दर्खास्त परी म्यादजारी गरिएमा म्यादै निज बमप्रसादले गुजारेकोले