निर्णय नं. ६४९ - जग्गा दोहरा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४९ - जग्गा दोहरा दर्ता भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०८/०७ २६१२ निर्णय नं. ६४९ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान न्यायाधीश श्री जयदेव भट्ट सम्वत २०२६ सालको देवानी फुल बेञ्च नम्बर १०१ फैसला भएको मिति : २०२८।८।७।३ निवेदक : विराटनगर घर भई हाल काठमाडौं ओमबहाल ५।१३९ को घरमा बस्ने डा.पिनाकीप्रसाद उपाध्याय विरुद्ध विपक्षी : मोरङ बनीगाउँ दुलारी बस्ने प.ननीलाल थारूसमेत मुद्दा : जग्गा दोहरा दर्ता (१) अधिकार क्षेत्रको अभावमा–मुद्दा हेर्न छिन्न नमिल्ने । अञ्चलाधीश कार्यालयबाट हेरेतर्फ तेरो मेरो पर्नआएको मुद्दामा कार्यपालिकातर्फका अञ्चलाधीशले हेर्न छिन्न पाउने अधिकार क्षेत्र नभएकाले निजले हेरी छिनेको कायम रहन नसकी बदर गरी खारेज गर्ने गरी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०२५।७।१९।२ मा भएको निर्णयउपर यस कानूनका आधारले अञ्चलाधीशले हेर्न छिन्न मिल्ने भनी कानून समेत उल्लेख गरी जिकिर लिन निवेदकले नसकेको र ऐनले अञ्चलाधीशले हेर्न नमिल्ने हुँदा अधिकार क्षेत्र बाहिर गई छिनेको बदर गर्ने गरी खारेज गरेको ०२५।७।१९।२ को डिभिजन बेञ्चको निर्णय मुनासिव ठहर्छ । (प्रकरण नं. १५) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी ननीलाल तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसादवर्मा विपक्षी नेत्रकुमारी तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी दुर्गाप्रसाद समेत तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट उल्लेखित मुद्दा : फैसला न्यायाधीश श्री जयदेव भट्ट १. मेरो भोग तिरोको जग्गा सर्भे नापी भई पूर्जा पाई चलन गरी आएको जग्गामा विपक्षीहरूले खिचोला गरेकाले खिचोला मेटाई मेरो पट्टि बमोजिमको जग्गा छुट्याई पाउँ भन्नेसमेत डा.पिनाकीप्रसादको उजुरी । २. निजको जग्गा छुट्टै छ हामीले दोहरा दर्ता गरेको छैन भन्नेसमेत विपक्षीहरूको बयान । ३. ननीलाल, कृष्ण कुमारहरूको र दोहरा हाल अवादी गराए भनेको समेत इलाका अदालतबाट हक बेहक गराउनु पर्ने भन्नेसमेत कोशी अञ्चालाधीशको कार्यालयबाट ०२०।३।७ मा खारेज फैसला भएको रहेछ । ४. को.अं.बाट खारेजी फैसला गरेमा चित्त बुझेन भन्नेसमेत दुर्गाप्रसाद समेतको पुनरावेदन । ५. आय र कर न्याय व्यवस्था ऐन दफा ४ अन्तर्गतको दफा ७ मा सुरु कारवाई गर्न अरू सुरु अदालतलाई भए सरह सबै अधिकार बडाहाकिमले समेत गर्न सक्नेछ भन्ने स्पष्ट छ । दफा ११ ले अन्य अदालतमा दायर भएको पनि अवस्था अनुसार बडाहाकिममा सर्ने व्यवस्था भएकोले उक्त ऐन अन्तर्गतको मुद्दा अन्य अदालतमा पठाई रहन दरकार नदेखिंदा नेपाल कानूनबमोजिम खारेज जगाई निर्णय गर्नु भन्ने श्री आय र कर अदालतको ०२१।१०।१।५ को फैसला । ६. बलिया सुन्दरपुरको जग्गा बिगाह १४.३।। र बलीको जग्गा बिगाह १।।२।३ समेत जम्मा जग्गा बिगाह १५।।.।।।३ कायम गरी अरूको हकमा डिमार्केशनभित्रको जति झोरा वितरण डोरबाट वितरण भएकालाई र निस्सा प्रमाणले पाएका जति सर्भेले ज–जसका नाउँमा दर्ता गरी दिएको छ, उसै उसैलाई कायम गर्ने र वेनिस्साले चलन गरेको जतिको हकमा कानूनी कारवाई गर्ने दोहरा परेको लगत कट्टा गर्ने भन्नेसमेत कोशी अञ्चलाधीश शाखा नं.२ विराटनगरको ०२३।२।१४।६ को जाहेरी फैसला । ७. चित्त बुझेन भन्ने प्रतिवादीहरूको पृथक–पृथक पुनरावेदन परेको रहेछ । ८. प्रस्तुत मुद्दा हाल अवादीसम्बन्धी नभई दर्ता तिरोको जग्गा तेरो मेरोमा खिचोला गरे भन्ने दावी जिकिर भएकोले आय र कर न्याय व्यवस्था ऐन दफा