निर्णय नं. ८६३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०४/३१ २४८४ निर्णय नं. ८६३ ने.का.प. ३०३१ फुलबेन्च सम्माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री नयनबहादुर खत्री सम्वत् ०२५ सालको रि.फु.नं. १८ आदेश भएको मिति : ०२६।४।३१।६ मा निवेदक : जि. रौतहट प्र. झाझ दक्षिण मौजे ब्रम्हपुरी बस्ने भरतसिं राजपुत विरूद्ध विपक्षी : ऐ.ऐ. सेदवा बस्ने अमृतनाथ मिश्र बिषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (क) मरी सकेको आसामीको हकमा अपुताली खाने हकदारले र एकाघर सगोलको छोरा आसामी भएकोमा घरको मुख्य बाबुले वारिसनामा बेगर पनि ऋण निश्चित गराउन पाउने । (प्रकरण नं. १०) (ख) पहिले भूमिसुधार अधिकारीकहाँ जिकिर नलिएको कुरा पछि रिट निवेदनमा लेखे पनि अदालबाट विचार गर्न नमिल्ने । (प्रकरण नं. १२) (ग) पञ्चायतबाट उब्जनीको रिपोर्ट लिई ऋण साधन गरेकोसमेत देखिएकोमा रिट निवेदनलाई पुनरावेदनको रूप दिई हिसाब घटिबढी जाँच गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल उल्लिखित मुद्दा : आदेश न्या. नयनबहादुर खत्री १. आसामी सोनफीकुमार र सुरेन्द्रकुमारको हकमा भरतसिं राजपुतसँग गरेको भोगबन्धकी गराई फछर्यौट पाउँ भनी दिएकोमा विचार गर्दा ०३ सालदेखि ०२१ सालसम्म सावा रू.९९५। र ब्याज २८२। जम्मा १२७५। खानु पर्नेमा साहूले ०३ सालदेखि ०२१ सालसम्म कठ्ठा १० मा १।। मनका हिसाबले जम्मा उब्जनी १५ मनको आधि ७।। मनको प्रति मनको रू.२० का दरले सालको रू.१५०। का हिसावले ०३ सालदेखि ०२१ सालसम्मको २८५०। खाइसकेकोले ०१५ सालमा २ वटा लिखतमा भोगबन्धकी जग्गा विगाहा ३ कठ्ठा १० धुरमा १।। को कठ्ठाले हिसाब गर्दा सालमा ९५ मन हुने साहूको भने ४७ मन २५ शेरको प्रतिमनको रू.२०। का दरले सालको ९५०। का दरले खाएको दुबै लिखतको थैली ४८१५। को ०१५ सालदेखि ०२१ साल सम्मको ब्याज रू.९७८।७५ जम्मा सावा र ब्याज रू.५७९३।७५ खानु पर्नेमा ०१५ सालदेखि ०२१ सालसम्म जग्गाको आयस्ता ६६६७।५० साहूले खाइसकेकोले तिनै लिखतको थैली जग्गाको आयस्ताबाट नै साधन भएको ठहराई भू.सु.ऐन दफा ४५ को उपदफा १ बमोजिम निर्णय गरी दियौं भनी विपक्षी भूमिसुधार अफिसले २०२४।३।२७ गतेमा निर्णय दिएको छ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५० मा किसानले साहूबाट लिई राखेको भनी सम्म निश्चित गर्न पाउने, विपक्षी भरतसिंह राजपुत किसान हो भनी निजले र किसान देखिएको भनी विपक्षी अधिकारीज्यूको फैसलामा नलेखिएकाले किसान बेगर अरू व्यक्तिलाई ऋण साधन गरिपाउँ भन्ने दरखास्त लिने विपक्षी अधिकारीज्यूलाई अधिकार नै छैन । यसरी माथि लेखिए बमोजिम मेरो कानूनी हक हनन गरी र मैले हर साल मालपोत बुझाई आएको समेत नकटाई अनाधिकार गैरकानूनी तरिकाबाट फैसलाको बदर वातिल गर्न कानूनमा अन्य उपचार नभएकोले नेपालको संविधान धारा ७१ बमोजिम सम्माननीय सर्वोच्च अदालतमा निवेदन गर्न आएको छु । उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदेश जारी गरी नेपालको संविधानको धारा १५ को प्रतिकूल पर्ने गरी निर्णय गरेको विपक्ष जिल्ला भूमिसुधार अफिसको ०२४।३।२७ गतेको निर्णय बदर वातिल गरिपाउँ भन्ने अमृतनाथ मिश्र साहूको निवेदन । २. विपक्षीहरूबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने ०२४।५।१३।३ को डिभिजन बेञ्चको आदेश । ३. कानून बमोजिम नै भए गरेको कुरामा अधिकारको हनन भएको भन्न नमिल्ने र निवेदन अस्पष्ट भएको हुनाले सम