निर्णय नं. ६५० - जग्गा दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५० - जग्गा दर्ता भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/१०/०४ २४०८ निर्णय नं. ६५० ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेद्रबहादुर सिंह न्यायाधीश श्री प्रकाशबहादुर के.सी. न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत २०२८ सालको देवानी फुल बेञ्च नम्बर ११३ फैसला भएको मिति : २०२८।१०।४।२ निवेदक : जिल्ला धनुषा जनकपुर विसहरा सहोद्रापट्टी बस्ने रामरत्न माडवारी विरुद्ध विपक्षी : ऐ. मौजे जनकपुर मै वेल्ही बस्ने जिवछ साहु रौनियार मुद्दा : जग्गा दर्ता (१) आय र कर अदालतमा पुनरावेदन दर्ता हुन गई उक्त अदालतको अधिकार क्षेत्रभित्र नपर्ने भनी अदालतमा सरी आएमा सर्वोच्च अदालतले दर्ता गरी निर्णय दिन मिल्ने । कानूनले आय र कर अदालतले पुनरावेदन सुन्न पाउने गरी तोकिएको बाहेक अन्य मुद्दाहरूमा आय र कर अदालतमा पुनरावेदन दर्ता हुन गएकोमा आय र कर अदालतबाटै पुनरावेदन सुनी निर्णय गर्दा अधिकार क्षेत्रको उल्लंघन गरेको हुनजान्छ र साथै ऐनले सर्वोच्च अदालतमा लाग्ने पुनरावेदन आय र कर अदालतमा दर्ता हुन गएको नाताले पक्षले आफूले पाएको कानूनी सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था पनि पर्नआउँछ । यस्तो देख्दा देख्दै आय र कर न्यायव्यवस्था ऐनअन्तर्गत नपर्ने मुद्दाको पुनरावेदन आय र कर अदालत बाटै हेरी निर्णय हुनुपर्छ भनी फिर्ता पठाउन मिल्दैन । आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भनी आय र कर अदालतले सारी पठाएकोमा आय र कर अदालतको अधिकार क्षेत्रभित्रको नदेखिएकोमा त्यस्तो पुनरावेदन सर्वोच्च अदालतले बुझी दर्ता गरी निर्णय दिन कानूनले मिल्ने नै देखिन्छ । (प्रकरण नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ विपक्षी वादी तर्फबाट : अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दा :  फैसला प्रधान न्यान्याधीश श्री रत्नबहादुर विष्ट १. बावुराम कृपाल साहुले खरीद गरी लिएको जग्गा विगाह ।३ आठधुरमा घरबनाई बसोवास गरिआएको ०६ सालमा बाबु आमा परलोक भएको हुनाले मेरो नाउँमा दर्तागरी दिनुहोस् भन्दा सो जग्गामध्ये चारधुर जग्गा सीतारामका नाउँमा दर्ता छ भनी प्रतिवादी जिमिदार पटवारीहरूले मेरो नाउँमा जग्गा दर्ता गरी नदिएकोले सो जग्गा मेरो नाउँमा दर्ता गराई पाउँ भन्नेसमेत वादी । २. सीताराम रौनियारले मसँग भा.रु.४८७१। लिई सो रूपैयाँमा आफ्नो हकभोगको चार धुर नम्बरी जग्गा र पक्की घर घडेरीसमेत दश धुर जग्गा ०१६।५।८ गतेमा रजिष्ट्रेशन पास गरी दिएबमोजिम तिरो भरो गरी भोग गरी आएकोछु भन्नेसमेत प्रतिवादी । ३. मर्का पर्नेले हक बेहक तेरो मेरोमा ऐनका म्याद भित्र नालेस गरी निर्णय गराई ल्याएका अवस्था मालबाट दर्ता गरी दिन वा सदर थाम्न मिल्ने गरीयो मुद्दा खारेज हुन्छ भन्ने धनुषा मालको ०२३।८।२८।३ को फैसला । ४. धनुषा मालको फैसला चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन । ५. बुझिएसम्मका प्रमाणबाट सीतारामले रामरतन माडवारीका हात सुक्री बिक्री राजिनामा लेखी दिएकोबाट हाल रामरतन माडवारीका नाउँमा दाखेल खारेज हुन आएको बदर हुन्छ उक्त जग्गा वादी जिवछका नाउँमा दाखेल खारेज गरी दिनुपर्ने ठर्हछ भन्नेसमेत प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषा जनकपुरधामको ०२४।११।२५।६ को फैसला । ६. प्रमुख जिल्ला अधिकारीले गर्नुभएको फैसला इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको धरौटी पुनरावेदन । ७. दर्ता जग्गामा तेरो मेरो भई हक वेहक देखिन आएकोले प्रस्तुत मुद्दा आय र कर न्