निर्णय नं. ८१७२ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१७२ - उत्प्रेषण समेत भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०२/३१ ३५९९ निर्णय नं. ८१७२ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल सवंत् २०६५ सालको रिट नं. ०६५–WO––०२०२ आदेश मितिः २०६६।२।३१।१ मुद्दा :– उत्प्रेषण समेत । निवेदकः रामबहादुर पाण्डेको छोरी, सुर्खेत जिल्ला, पाटगाउँ गा.वि.स.६ घर भै हाल कालिकोट जिल्ला लालु गा.वि.सं.४ बस्ने ममता पाण्डे विरुद्ध विपक्षीः– पदपूर्ति समिति, राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय समेत § सामाजिक न्यायको हक एवं समानताको हकमा प्रतिकूल प्रभाव पर्ने गरी विपक्षी वैंकले छनौट प्रक्रिया सम्पन्न गरेको नभई आफ्नो विनियमावलीले तोकेको प्रक्रिया पूरा गरी छनौट सम्पन्न गरेको तथा विज्ञापन गर्दा समेत महिलाको लागि आरक्षण गरी महिलाहरूबाट मात्र निवेदन नमागी योग्यता पुगेका सवै नेपाली नागरिकलाई दरखास्त हाल्न आह्वान गरेको अवस्थामा उक्त विज्ञापित पद महिलाको लागि मात्र आरक्षित पद हो भनी मान्न नमिल्ने । § निवेदिकाले प्रतिस्पर्धात्मक आधारमा लिईने छनौटको प्रक्रियालाई मञ्जूर गरेर परीक्षामा सहभागी हुने तर अर्न्तवार्तामा असफल भए पछि मात्र समावेशी सिद्धान्तको आधारमा छनौट हुनपर्ने माग गर्दा प्रष्ट कानूनी व्यवस्थाको आधार लिन सकेको नदेखिँदा राष्ट्रिय वाणिज्य वैंकले कानूनबमोजिम गरेको पदपूर्तिसम्बन्धी कार्यलाई बिना कानूनी आधार त्रुटिपूर्ण मान्न नमिल्ने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री वद्रीप्रसाद शर्मा विपक्षी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री भोलानाथ ढुंगाना र नरहरी आचार्य अवलम्वित नजीरः सम्बद्ध कानूनः § वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ९२(१) § कर्मचारी सेवा नियमावली, २०६१ को विनियम ५ आदेश न्या. कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२,१०७(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण र आदेश यसप्रकार छः– राष्ट्रिय वाणिज्य वैंकले मध्यपश्चिम तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अर्न्तगत विभिन्न ११ जिल्लामा अवस्थित आफ्ना शाखा कार्यालयहरूमा रिक्त सहायक चौथो पदको विज्ञापन गरेकोमा मैले पनि विज्ञापन नं. २६/०६३/०६४ कालिकोटको कोटाको लागि दरखास्त फारम भरी दर्ता नं. ७४ कायम भएको तथा मिति २०६४।३।९ गते सञ्चालित लिखित परीक्षामा उपस्थित भई मिति २०६५।३।१४ गते प्रकाशित भएको नतिजामा म समेत उतिर्ण भएको तथा मिति २०६५।४।१८ गते भएको अर्न्तवार्तामा उपस्थित भई राम्रोसंग प्रस्तुती गरेकोमा मिति २०६५।५।११ मा गोरखापत्रमा सूचना प्रकाशित गर्दा मलाई अनुत्तीर्ण गराई नतिजा प्रकाशित गरिएको रहेछ । विपक्षी वैकले विज्ञापन गर्दा विज्ञापनको सूचनाको पुनश्चको (घ) मा महिला ,दलित, जनजाति र आदिवासीहरूलाई दरखास्त दिन उत्प्रेरित गरिएको छ भनी उल्लेख गरिएको तथा नेपालको अन्तरिम संविधानले समेत महिला वर्गको हकहितलाई ध्यानमा राखी समानुपातिक समावेशीको सिद्धान्तलाई स्वीकार गरिसकेको तथा सोहीबमोजिमको समावेशीकरणको सिद्धान्तलाई निजामती सेवा ऐनले पनि अंगालिसकेको अवस्थामा म लगायत धेरै परीक्षार्थीले परीक्षा दिएकोमा ९जना लिखित परीक्षामा उत्तीर्ण हुँदा म केवल एकजना महिला मात्र उत्तीर्ण भएको अवस्थामा मलाई अर्न्तवार्तामा असफल बनाई प्रकाशित गरेको नतिजा संवैधानिक प्रावधान एवं कानूनी प्रावधान विपरीत रहेको छ । विपक्षी राष्ट्रिय वाणिज्य वैंक नेपाल सरकारको स्