निर्णय नं. ९१०६ - रैकर लगत कट्टाको निर्णय बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१०६ - रैकर लगत कट्टाको निर्णय बदर भाग: ५६ साल: २०७१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७०/१०/०५ ३७९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय आदेश मिति M २०७०।१०।५।१ ०६९–CI–०९६३ र ९६४ मुद्दाः रैकर लगत कट्टाको निर्णय बदर । निवेदक M ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ७१ को सुशीला श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी M गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाडौंसमेत § गुठी वा रैकर जग्गाको यकीन नै नगरी जग्गाको लगत नभिडेको अवस्थामा अनुमानको भरमा १५ बर्ष भन्दा अघिदेखि तहतह हक हस्तान्तरण भई आएको एकाको नाममा दर्ता भईसकेको जग्गालाई बिनाआधार बिनाप्रमाण लगत भिडेको भनी रैकर जग्गालाई गुठी कायम गर्ने अधिकार गुठी संस्थान ऐन, २०३३ को दफा ३९ ले गुठी संस्थानलाई दिएको नदेखिँने । (प्रकरण नं.६) निवेदकका तर्फबाट M विद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान अधिवक्ता श्री खगेन्द्र अधिकारी प्रत्यर्थीका तर्फबाट M विद्वान अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरल अवलम्बित नजीर M सम्बद्ध कानून M § गुठी संस्थान ऐन, २०३३ को दफा ३९-१_ शुरू निर्णय गर्ने M– श्री विष्णुप्रसाद सिग्देल गुठी संस्थान केन्द्रीय कार्यालय । पुनरावेदनमा फैसला गर्ने M– माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल फैसला न्या.बैद्यनाथ उपाध्याय M पुनरावेदन अदालत, पाटनको मिति २०६८।६।३ को फैसला यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर देहायबमोजिम छ M– विश्वरूप गुठीको लगत नं.४६ मा भिड्ने ल.पु.न.पा.वडा नं.५(झ) कि.नं.७० क्षेत्रफल १–२–० जग्गा गुठी लगतमा मेरो नाममा दर्ता भएको जोताहा कृष्णकुमारी भन्ने नैनकुमारी भएकोमा नैनकुमारीको अघि नै मृत्यु भएको र फिल्डबुकको किसानको व्यहोरामा उल्लेख मेरा दाजु न्हुच्छेलालसमेत परलोक भै उक्त जग्गा मैले नै जोती कमाई हालसम्म भोगचलन गरी आएको हुँदा तिरो तिरान गरी मेरो नाममा जग्गाधनी प्रमाण प"र्जा पाऊँ भनी ललितपुर टंगालको हाल ल.पु.न.पा.१९ बस्ने धनकृष्ण महर्जन ज्यापुको मिति २०४६।३।९ मा परेको निवेदन । उक्त जग्गाको फिल्डबुक उतार हेर्दा ललितपुर नगर वडा नं.५(झ) कि.नं.७० को क्षेत्रफल १–२–० जग्गाको जोताहाको नाम थर वतनमा कृष्णकुमारी भन्ने नैनकुमारी किसानको व्यहोरामा यो जग्गा ललितपुर टंगालटोल बस्ने न्हुच्छेलालको हो मैले अधियामा जोती खाएको छु भन्ने उल्लेख भएको, निवेदकले माग गरेको जग्गा मालपोत कार्यालयको मिति २०३५ असारको निर्णयले शिवलाल ताम्राकारले रैकर दर्ता गरेको साविक पा मंगल, ५९।१५२८ नं.को दर्ता भएको खेत सपाजछु ।।२ थसीखेल ।– जग्गामा भिडाएको देखिन्छ । शिवलाल ताम्राकारले उक्त जग्गा मेरो रैकर जग्गा हो गुठी होइन भनी मिति २०४६।८।१८ मा बयान कागज गरेको देखिन्छ भने सुशीला श्रेष्ठले मिति २०४३।२।२९ मा खरीद गरी लिएको छु आफैँ कमाई आएको छु भनी मिति २०४६।१२।१६ मा बयान गरेको कागजबाट देखिन्छ । फिल्डबुकमा उल्लेखित न्हुच्छेलाललाई म्याद पठाउँदा निजको मृत्यु भै सकेको निजको छोरा सानुकाजीले उक्त जग्गा विश्वरूप गुठीको लगत नं.४६ मा मेरो जिजुबाजे धनकृष्णको नाममा दर्ता भएको गुठी जग्गा हो । शिवलाल ताम्राकार ।५९।१५२८ सपाज खेत भनेको जग्गा चापागाउँ जाने बाटोमा पर्दछ र थसीखेलको जग्गा साविक