निर्णय नं. ९१७१ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१७१ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०१/३० ३२१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की आदेश मिति : २०७१।१।३०।३ ०७०-WO-०३४४ विषय : उत्प्रेषण/परमादेश । निवेदक : साविक मोरङ जिल्ला, हरैचा गाउँ विकास समिति वडा नं. ८ हाल काठमाडौं जिल्ला, कपन गाउँ विकास समिति वडा नं. ३ घर भई परराष्ट्र मन्त्रालयको शाखा अधिकृत पदमा कार्यरत रहेका बखत नियुक्ति रद्द गरिएका लेखनाथ भट्टराई विरूद्ध विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर काठमाडौंसमेत § निवेदकलाई भएको भनिएको विभागीय सजाय अब कायम नरहेको र कानूनबमोजिम छनौट भई पदस्थापन पनि भै सकेको व्यक्तिलाई पूर्ववत्‍ अवस्थामा काम गर्न दिनुपर्नेमा उक्त विज्ञापित पदमा निज निवेदकको उम्मेद्‍वारी तत्काल कायम नरहेको अर्थ गरी निवेदकले पाइसकेको शाखा अधिकृत पदको नियुक्तिलाई नै बदर गर्ने गरेको लोक सेवा आयोगको मिति २०७०/६/१० को निर्णय र सामान्य प्रशासन मन्त्रालयको मिति २०७०/६/१४ को निर्णय निजामती सेवा ऐनको दफा २२ र २२क को अनुकूल नरहेकाले उक्त निर्णयहरू कानूनसङ्गत नदेखिने । (प्रकरण नं. ८) § विभागीय सजाय हुने निर्णय भएको व्यक्तिलाई सो सजाय अन्तिम हुन नदिई सोअघि नै लोक सेवा आयोगले वैकल्पिक सूचीका व्यक्तिलाई नियुक्ति गर्दछ र विभागीय सजाय बदर हुन्छ भने त्यस्तो जटिलताको लागि वैकल्पिक उम्मेद्‍वारलाई नियुक्ति दिने निकाय लोक सेवा आयोग नै जिम्मेवार हुनपर्ने अवस्था आउँने । (प्रकरण नं. १०) निवेदकका तर्फबाट : विद्वान्‍ वरिष्ठ अधिवक्ता हरि उप्रेती र विद्वान्‍ अधिवक्ता महेशकुमार नेपाल विपक्षीका तर्फबाट : विद्वान्‍ सहन्यायाधिवक्ता महेश शर्मा पौडेल र विद्वान्‍ उपन्यायाधिवक्ता मदनबहादुर धामी, विद्वान्‍ अधिवक्ता खगेन्द्र अधिकारी अवलम्बित नजिर : सम्बद्ध कानून : लोक सेवा आयोग ऐन, २०६६ को दफा १४ निजामती सेवा ऐनको दफा २२ आदेश न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम्‍ आदेश निम्नबमोजिम छ : म निवेदक मिति २०५९/४/५ मा राजपत्र अनङ्कित प्रथम श्रेणीमा नियुक्त भएको र लोक सेवा आयोगबाट प्रकाशित सूचना नं. ६२१/०६९/७०, विज्ञापन नं. ३०४२/०६९/७० अनुरूप सामान्य प्रशासन समूहको शाखा अधिकृत पदमा लिखित परीक्षा र अन्तर्वार्तासमेतबाट छनौट भई नियुक्तिका लागि मिति २०७०/४/३१ मा सिफारिस भयो । सामान्य प्रशासन मन्त्रालयबाट मिति २०७०/४/३२ मा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, शाखा अधिकृत पदमा परराष्ट्र मन्त्रालयमा मेरो नियुक्ति तथा पदस्थापन भएको हो । जिल्ला विकास समितिको कार्यालय, काठमाडौंको च.नं. ४२०, मिति २०७०/५/१६ को रवानापत्र अनुरूप परराष्ट्र मन्त्रालयमा म हाजिर भई कार्यरत्‍ रहेकोमा निजामती सेवा ऐन, २०४९ को दफा २२बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेद्‍वार कायम रहेको नदेखिँदा मिति २०७०/४/३१ मा प्रकाशित नतिजाबमोजिम गरिएको बढुवा सिफारिस रद्द गर्ने र नियुक्ति पाइसकेको भए नियुक्ति रद्द गर्न सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउने गरी मिति २०७०/६/१० मा निर्णय भएको भनी लोक सेवा आयोगबाट मेरो नियुक्ति रद्द गरिएको छ । सामान्य प्रशासन मन्त्रालयबाट च.नं.७७, मिति २०७०/६/१५ को पत्रबाट जानकारी गराइयो । म निवेदक इचङ्गुनारायण गा.वि.स. मा कार्य