निर्णय नं. ४८३४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८३४ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: चैत्र अंक: १२ फैसला मिति :२०५०/०९/०६ २६०० निर्णय नं. ४८३४ ने.का.प. २०५० (ग) अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री उदयराज उपाध्याय २०४६ सालको रिट नं. १०८६ आदेश मिति: २०५०।९।६।३ निवेदक : जि. संखुवासभा सिद्धकाली वडा नं. ४ अवस्थित शारदा मा. वि. पोखरी एवं सञ्चालक समितिको तर्फबाट अख्तियार प्राप्त इन्द्र प्रसाद खरेल विरुद्ध विपक्षी : जिल्ला वन कार्यालय, संखुवासभा इलाका वन कार्यालय चैनपुर ऐ । विषय : उत्प्रेषण । (१) निबेदकले वन सिमाना भित्र पारी वन कायम गरियो भनेको जग्गा तत्कालीन सिद्ध पोखरी गा. पं. अन्तर्गत रहेकोमा विबाद देखिदैन । कानूनी व्यवस्था अनुसार जग्गा रहेको पञ्चायत र सम्बन्धित वन क्षेत्रमा सूचना टा“स गर्नु पर्ने वाध्यात्मक कानूनी व्यवस्था भएकोमा सो बमोजिम सूचना टा“स भएको फाइलबाट देखिन आएन । अतः वन सिमाना छुट्याई चिन्हो लगाउने कार्य उक्त कानूनी व्यवस्था अनुरुपको प्रकृया पूरा गरी भए गरेको नदेखिएकोले उक्त वन सिमाना छुट्याई सिमाँकल गर्ने कार्यले कानूनी मान्यता पाउन सक्ने अवस्था भएन । तसर्थ वन ऐन, २०१८ को दफा ३ को उप दफा (क) को खण्ड (१) बमोजिमको कानूनी प्रकृया पूरा गरी सिमा“कन गर्ने कार्य गर्नु गराउनु भनी बिपक्षीहरुका नाममा परमादेश जारी हुने । (प्र.नं.७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भू थापा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री अलि अकवर भिकरानी । आदेश न्या. रुद्र बहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अनतर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. यस विद्यालयको आफ्नो श्रोतबाट सिद्धपोखरी गा. पं. वडा नं. ९ बस्ने इन्दिरा अधिकारी समेतसंग ०४६।४।२९ मा र नं ९५ बाट ऐ वडा नं. ८ को ठाडो वाटो पूर्व लपसीबोटे छेउको ढुंगा ठाडो वारपार पश्चिम भनेको हाला मेरौ घरवारी पशिचम, मूलबाटो उत्तर पोखरी जाने तर्सो बाटो र क्षेत्र बहादुरको पाखो दक्षिण यति ४ किल्ला भित्रको बिउ माना ।२ तिरो रु ।०५ को किपट जग्गा रु.२०,०००।– मा राजीनामा गरी लिएको कित्ता १ ऐ ऐ धुप् गा. पं. वडा नं. ४ बस्ने धर्मराज कोइराला संग ०४६।४।२९ मा र.नं. ९४ बाट ऐ गा. पं. वडा नं. ८ चन्द्र बहादुरको चउर पाखा वारी पूर्व ज्ञान बहादुरको पाखा वारी पश्चिम पूर्ववाटो तेर्सो बाटो समेतको उत्तर सुवेदी समेतको वारी तेस्र्रो बाटो सम्म दक्षिण यति ४ किल्ला भित्रको विउ पाथी १ तिरो रु. ।०५ लाग्ने किवट जग्गा रु।१५,०००।– मा राजीनामा री लिएको कित्ता १, ऐ सिद्धपोखरी गा. पं. वडा नं. ९ बस्ने सैसमाया कार्की संग ०४६।४।२९ मा र.नं.९७ मा ऐ सिद्धपाखरु वडा नं. ८ राम पसादको पाखोवारी, पश्चिम क्षेत्र बहादुरको पाखोवारी, ठाडो बाटो पूर्व राम प्रसादको वारौं, दक्षिण मूलबाटो, उत्तर यति ४ किल्ला भित्रको लोसेवारी विउमाना ४ तिरो रु ।०५ पैसा लाग्ने किपट जग्गा रु २०,०००।– मा राजीनामा गरी लिएको कित्ता १ समेत ३ कित्ता जग्गा स्कूलले निर्विवाद रुपमा भोग चलन गर्ने पाउने हो । ३. वस्तैमा यस विद्यालयको उक्त जग्गा देखि पश्चिम पट्टी पर्ने शुत्रवारे जंगलमा हलाका बन कार्यालयबाट खटिई आएका कर्मचारीले ०४६।६।७ गते वन सीमांकन गर्दा यस विद्यालयको जग्गा समेत वन सिमाना भित्र पारी डिमार्केणन गरेबाट विद्यालयको सम्पत्तिमा आधात पुर्याएको छ । यसरी विभिन्न व्यक्तिहरुसंग विद्यालयले खरीद गरी लिएको जग्गा वाध्यात्मक रुपमा पालना गर्न पर्ने कानूनी प्रकृय