निर्णय नं. ६५१ - उत्प्रेषणको आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५१ - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०८/०६ २५२७ निर्णय नं. ६५१ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत २०२८ सालको रिट नम्बर ७४७ आदेश भएको मिति : २०२८।८।६।२ निवेदक : पुजाहारी कृष्णधरानन्द राजोपाध्याय विरुद्ध विपक्षी : संचालक समिति गुठी संस्थान सिंहदरवारसमेत विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ (१) उत्तराधिकारीबाट प्राप्त हुने पुजारीको पदमा कुनै सम्पत्ति भोग गर्ने वा कुनै सम्पत्तिबाट कुनै प्रकारको लाभ प्राप्त गर्ने हक गाँसिएको छ भने त्यस्तो पदमा सम्पत्तिसम्बन्धी अधिकार प्राप्त हुने । अब माथि लेखिएबमोजिम निवेदकले पाएको पुजारीको पद निवेदकको सम्पत्तिसम्बन्धी अधिकार हो वा होइन भन्ने प्रश्न छ । यस सम्बन्धमा यो कुरा पहिले नै स्पष्ट गर्नु आवश्यक छ कि कुनै व्यक्तिको सम्पत्ति भन्नाले केवल निजको स्वामित्व भएको भौतिक पदार्थ मात्र होइन, त्यस्तो कुनै पदार्थ भोग गर्ने वा नियन्त्रण गर्ने वा त्यसबाट अरू कुनै प्रकारको लाभ प्राप्त गर्ने हक पनि निजको सम्पत्ति नै हुन्छ । यसै गरी कुनै व्यक्ति विशेषलाई उत्तराधिकारको प्राप्त हुने पद पनि अवस्थानुसार निजको सम्पत्ति हुन सक्तछ । खास गरी यदि कुनै व्यक्तिको पद वा हैसियत अर्को व्यक्तिको स्वेच्छामा निर्भर नभई कुनै व्यक्तिलाई आफ्नो बाबु बाजेको उत्तराधिकारको रूपमा प्राप्त हुने पदमा हैसियत हो र सो पद वा हैसियतसँग कुनै सम्पत्ति भोग गर्ने वा कुनै सम्पत्तिबाट कुनै प्रकारको लाभ प्राप्त गर्ने हक पनि गाँसिएकोछ भने सो पद वा हैसियत निजको सम्पत्ति नै सम्झनु पर्ने हुन्छ । माथि उल्लेखित श्री ५ को सरकार, गुठी बन्दोवस्त अड्डा र अपील तेस्राका फैसलाहरू लाई हेर्दा श्री चाँगुनारायण भगवानको पुजारीको काम गर्न समर्थ भएमा सो पद बाबु पछि छोराले नै पाउने देखिएको र सो काम गरेबापत जग्गाको आयस्ता खान्गी बाली पनि खान पाउने भएकोले सो पदमा निवेदकको अधिकार सम्पत्तिसम्बन्धी अधिकार हो भन्ने कुरा प्रष्ट हुन्छ । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : अधिवक्ता होराप्रसाद जोशी उल्लेखित मुद्दा :  आदेश न्यायाधीश श्री विश्वनाथ उपाध्याय १. भक्तपुर जिल्ला श्री चाँगुनारायणका नित्य पर्व पूजासमेत गर्ने पुजारी सनातनदेखि गर्दै आएनुसार बुवा विष्णु धरानन्द र बंसी धरानन्दले पुजारी भई १।१ महिनामा आलोपालो गरी नित्य पर्वपूजासमेत गरी आएकोमा बुवा विष्णु धरानन्दको १९९७ साल श्रावणमा मृत्यु हुँदा म नाबालक भएकोले विपक्षी वंसी धरानन्दले १९९८ सालमा कवुलियत गरेअनुसार आधा भाग म निवेदकले पाउने गरी बुबाको १।१ महिना पछि पर्ने आलोपालो पनि निजैले नै नित्य पूजाआजा गरी आउनु भएको थियो । म नाबालक भएपछि रीतिथिति अनुसार तथे आदि गरी श्री ५ को सरकार गुठी बन्दोवस्त किताबमा पुजारीमा म निवेदकको नाम दर्ता रहि आफ्नो १।१ महिना पछिको पालोमा पुजारीले गर्नुपर्ने नित्य पूजा पर्व इत्यादि आफ्नो पालोमा गर्न जाँदा विपक्षी वंसी धरानन्दले अड्चन गर्दा मेरो उजुर परी २००९।६।२ गते श्री ५ को सरकार गुठी बन्दोवस्तले आफ्नो निर्णयद्वारा म निवेदकलाई पुजारीमा मान्यता दिएको थियो, जसउपर पुनरावेदन पर्दा अपील तेस्रा फाँटले उक्त निर्णयलाई सदर गरी निर्णय गरिएको थियो । यसरी परम्परादेखि १।१ महिनाको आलोपालो गरी नित्य पूजाआजा गरी आएकोमा सो १।१ महीनामा पर्न आउने मेरो पालो चलाउन विपक्षी वंसी धरानन्दले नदिए